नवलपरासी जिल्ला
नवलपरासी वि.सं २०७२ अगाडि सम्म अस्तित्वमा रहेको नेपालको एक जिल्ला थियो। यस जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा विभाजित भएको थियो।[४] पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर वि.सं २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्लालाई रूपन्देही जिल्लाको 'पाल्ही माझखण्ड' भनिन्थ्यो।[३]
नवलपरासी जिल्ला | |
---|---|
देश | नेपाल |
सदरमुकाम | परासी |
सरकार | |
• प्रकार | समन्वय समिति |
• अङ्ग | जिविस नवलपरासी जिल्ला[१][२] |
क्षेत्रफल | |
• जम्मा | २,१६२ किमी२ (८३५ वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
टेलिफोन कोड | ०७८ |
मुख्य भाषाह(हरू)[३] | नेपाली, थारू, भोजपुरी, उर्दू |
परिचय
सम्पादन गर्नुहोस्साविकको नवलपरासी जिल्लाको पूर्वी भाग गण्डकी प्रदेशमा पर्छ भने पश्चिमी भाग लुम्बिनी प्रदेशमा पर्दछ। यो जिल्लाको सदरमुकाम परासी बजार हो। मुख्य व्यापारीक केन्द्रहरू मा परासी,भुमही सुनवल, कावासोती, गैडाकोट आदी पर्दछन्। मुख्य आय स्रोत कृषी, उधोग, व्यापार, पर्यटन आदि हुन। यहाँ नेपालको धेरै ठाउँबाट बसाइ सरेर आएका बासिन्दा छन। तर स्याङ्जा, पाल्पा, अर्घाखाँची, तनहुँ, गुल्मी, प्युठान जस्ता जिल्लाबाट आउनेहरूको सङ्ख्या तुलनात्मक रूपमा धेरै पाइन्छ। नवलपरासी भौगोलिक हिसाबले पहाड, भित्री मधेश र मधेश गरी तीन भागमा विभाजित थियो। यसको भित्रि मधेश क्षेत्रलाई नवलपुर पनि भनिन्छ। यो जिल्लाको उत्तरमा पाल्पा र तनहुँ, पश्चिममा रूपन्देही, पूर्व र दक्षिणमा चितवन र दक्षिणको केही भाग भारतसँग जोडिएको छ। चितवन राष्ट्रिय निकुन्जमा नवलपरासीको ठूलो जंगल पर्दछ। घोरल हेर्नको लागि जिल्लाको उतरी भेगको देउराली गाविसबाट सकिन्छ। कुनै जमानामा एक सिङ्गे गैँडाको बासस्थान भएको गैडाकोट (कोट = वासस्थान) यहीँ पर्दछ। नवलपरासीको गैडाकोट र चितवनको नारायणगढलाई नारायणी नदीले छुट्ट्याएको छ भने तनहुँको देवघाटसँग नवलपरासीको गैडाकोटलाई गण्डकी नदीले छुट्ट्याएको छ। पूर्व-पश्चिम राजमार्गको मध्यभाग भनेर राजा महेन्द्र वीर विक्रम शाहले शिलान्यास गरी राजमार्ग निर्माण सुरू गरेको स्थान शिलान्यासमा शिलालेख हेर्न पाइन्छ।[३]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०६८ अनुसार नवलपरासी जिल्लाको कूल जनसङ्ख्या ६,४३,५०८ जना मध्ये पुरुष ३,०३,६७५ जना र महिला ३,३९,८३३ मध्ये १,२८,७९३ व्यक्तिगत घरधुरिमा बसोबास गर्दछन।[१][२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्- अक्षांश:- २७.२१" — २७.४७" उत्तर
- देशान्तर:- ८३.३६" — ८४.२५" पूर्व
- सिमाना:- पूर्व-चितवना, पश्चिम-रूपन्देही, उत्तर-पाल्पा र तनहुँ , दक्षिण-भारतको उत्तर प्रदेश र बिहार[३]
- क्षेत्रफल:- २,१६२ वर्ग किलोमिटर
- अधिकतम उचाई:- १९३६ मिटर
- न्युनतम उचाई:- ९१ मिटर
समुन्द्री सतहबाट करिब ९१ मि देखि १,९३६ मिटरसम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व-दक्षिण भागमा नवलपुर पश्चिम-दक्षिण भागमा तराई उत्तर-पूर्व र उत्तर-पश्चिम भागमा महाभारत पर्वत श्रृङ्खलाको चुरे पहाडी क्षेत्र पाइन्छ।[३]
नवलपरासी जिल्ला भौगोलिक रूपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रूपमा सुपरिचित रहेको छ। यहाँ पहाडी प्रदेश, भित्री मधेश र तराई प्रदेश रहेका छन। यसै भौगोलिक विविधताका कारण नेपाल भरिकै हावापानी वातावरण र संस्कृति यहाँ पाइन्छ। यहाँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४४ डिग्री सेल्सियससम्म रहेको पाइन्छ।[३]
कालीगण्डकी करिडोर अन्तर्गत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि सिंचित यस जिल्लामा विविध जातजाति भाषाभाषी धर्म संस्कृतिको सम्श्रिण पाइन्छ। यहाँ जनगणना २०५८ अनुसार ५,६२,८७० जनसङ्ख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ।[३]
वातावरण
सम्पादन गर्नुहोस्नवलपरासीमा सिखर तथा चुचुराहरु जस्तै चुरिया, देवचुली अवस्थित छन्। नवलपरासीलाइ तीन वोटा भागमा विभाजित गरिएको छ, जसमा उच्च, मध्य र तल्लो भाग पर्दछ। उच्च भागले ३४.९%, मध्य भागले ५.७% र तल्लो भागले ५६.२% छेत्र ओगटेको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html।
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ "जिल्ला विकास समिति, नवलपरासी (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, नवलपरासी, http://ddcnawalparasi.gov.np/index.php/content_pages/view/2164।
- ↑ "नवलपरासी जिल्ला अन्ततः टुक्रियो, नवलपरासी र बागलुङ बाहेकका अन्य जिल्ला टुक्रिएनन् (नक्सा सहित)"। साझा सवाल ((नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।