देवघाट धाम आदिप्रयाग नेपालको गण्डकी अञ्चल मा रहेको तनहुँ जिल्लाको देवघाट, लुम्बिनी अञ्चलको नवलपरासीमा रहेको गैंडाकोटनारायणी अञ्चलको चितवनमा रहेको भरतपुरको संगम स्थल हो जुन कालीगण्डकीत्रिशुलीको संगम स्थल मा पर्दछ ।[१][२][३]

समस्त हिन्दू धर्मावलम्वी हरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग देवघाट धाम भएको विद्वानहरूले बताएका छन । यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिरहरू र चक्रवर्त्तिशीला हो|सिद्धबाबा गलेश्वर ब्रह्मचारिद्वरा स्थापित आश्रम र वेदवेदांग विद्यालय हो |अन्य आश्रमहरूमा महेश आश्रम, हरिहर आश्रम आदि रहेकाछन् |नवलपरासीतर्फ मौलाकालिका माईको मन्दिरका साथै थुप्रै मन्दिरहरू रहेका छन्| ।[४] हालै मात्र गैर आवासीय नेपाली सँघले एक ठूलो वृद्धाश्रम बनाइदिएको छ, त्यस्तै अन्य वृद्धाश्रम पनि याँहा रहेका छन।[५]

धार्मिक मेला

सम्पादन गर्नुहोस्

चितवन र तनहुँको संगमस्थल देवघाटमा विभिन्न चाड पर्वहरूमा ठूलो मेला लग्दछ । माघे सक्रातिको दिन त्रिवेणी नुहाउनेको घुइँचो लाग्छ ।[६][७][८] यहाँका मानीसहरूको जीवनको अन्त्यतिर धर्म प्राप्तीका लागि जान लालायीत हुने गर्दछन ।[९][१०] नारायणी र काली गण्डकी नदीहरूको मनोरम प्रकृतीक जलधारा र सफा कन्चन जल अन्य पर्यटक का आकर्षण हुन । पोखरा बसपार्कबाट बस मार्फत तथा ट्याक्सी माफर्त देवघाट सजीलै जान सकिन्छ ।[११]

आद्य जगद्गुरु आचार्य शंकरको स्मृतिमा स्वामी रामानन्द सरस्वतीद्वारा २०३८मा स्थापित आश्रम

[["वेदो नित्यमधीयताम् तदुदितं कर्म स्वनुष्ठीयताम् "वेदहरूको नित्य अध्ययन गर्नुहोस् र वेदोक्त कर्महरूको अनुष्ठानगर्नुहोस्|"वेदो नित्यमधीयताम् तदुदितं कर्म स्वनुष्ठीयताम् "वेदहरूको नित्य अध्ययन गर्नुहोस् र वेदोक्त कर्महरूको अनुष्ठानगर्नुहोस्]]-आचार्य शंकर

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "देवघाटधाम", चितवन पर्यटन विकास समिति 
  2. "देवघाट धाम नै आदिप्रयाग भएको पुष्टी", इमेज खबर, इमेज खबर, २० जेष्ठ, २०७०, अन्तिम पहुँच जेष्ठ १९ [स्थायी मृत कडी]
  3. "देवघाट क्षेत्र विकास समिति (गठन) आदेश, २०५०" 
  4. "मौलाकालिका माई", नागरिक न्युज, नागरिक न्युज, ३ असार, २०७०, अन्तिम पहुँच ३ असार, २०७० 
  5. अर्याल, कमलप्रसाद (२०७० पौष १७), "हाम्रो गौरव हाम्रो शान हामी सबैको देवघाट धाम", हेल्लो नेपाल कोरिया, दक्षिण कोरिया, अन्तिम पहुँच २०७० पौष १७ 
  6. "देवघाट, धनुषा धाम र बराह क्षेत्रमा मेला", नेपलीज, नेपालीज, माघ १, २०७१, अन्तिम पहुँच माघ १  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०७ मिति
  7. "देवघाटमा श्रद्धालुको घुइँचो", कान्तिपुर, कान्तिपुर, २०७१ माघ २, अन्तिम पहुँच माघ २ [स्थायी मृत कडी]
  8. "देवघाट धाममा बोलबम मेला सुरु", हाम्रा कुरा, हाम्रा कुरा, साउन १, २०६९, अन्तिम पहुँच १ साउन [स्थायी मृत कडी]
  9. "लोकप्रिय देवघाट र नेपाल भिडियो प्लेलिस्ट" 
  10. हमाल, चाँदनी (१२ बैशाख, २०७२), "चमक गुमाउँदै देवघाट", नागरिक न्युज, अन्तिम पहुँच १२ बैशाख 
  11. "देवघाट रामनगर पर्यटन मार्गको निर्माण प्रक्रिया शुरु" (४ पुस, २०७०), कालिका एफ एम, कालिका एफ एम, अन्तिम पहुँच ४ पुस [स्थायी मृत कडी]
  12. "अनाथ बालबालिका संरक्षणमा बालिका आश्रम", अनलाईन खबर, अनलाईन खबर, बैशाख ६, २०७२, अन्तिम पहुँच बैशाख ६  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२३ मिति
  13. श्रेष्ठ, शिवराज (२०७२), "वैदिक युगको धार्मिक पर्यटन क्षेत्र 'देवघाट’", आर्थिक राष्ट्रिय दैनिक, आर्थिक राष्ट्रिय दैनिक, अन्तिम पहुँच २०७२ [स्थायी मृत कडी]