देवघाट गाउँपालिका
(देवघाटबाट अनुप्रेषित)
देवघाट गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटा, छिपछिपे, देवघाट र बैदी (४-९) गाविसहरू यसमा गाभिएका थिए।
देवघाट गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°Eनिर्देशाङ्कहरू: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | तनहुँ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | तिलबहादुर थापा (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | भुवन सिं गुरुङग (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १५९ किमी२ (६१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,५८४ |
• घनत्व | ९२/किमी२ (२४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको देवघाट गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवघाट गाउँपालिकाको कुल जनसङ्ख्या १४,५८४ रहेको छ भने यहाँ ३,६७० घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्देवघाट गाउँपालिकामा ५ वडाहरू रहेका छन्। देवघाटको कुल क्षेत्रफल १५९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा आँबुखैरेनी गाउँपालिका र चितवन जिल्ला पर्दछ भने पश्चिममा ऋषिङ गाउँपालिका र नवलपरासी जिल्ला छ। यसको उत्तरी भागमा आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चितवन जिल्ला र नवलपरासी जिल्ला पर्दछ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति