बोगटान राज्य
बोगटान सुदूर पश्चिमको डोटी जिल्ला र कैलाली जिल्लाको ठूलो भौगोलिक क्षेत्रमा फैलिएको छ । यसको क्षेत्र वर्तमान कैलालीको पूर्बीभूमि र डोटी जिल्लाको दक्षिण पूर्वको सम्पूर्ण भूभाग हो । बोगटान कत्युरी नरेश (कत्युरी राजवंश )को बाइसे र चौबीसे राज्यकालमा डोटी रैका अधिनस्त बि.स. १४५२ मा रतन पालको समयमा स्थापित राजा कल्याण पालको समयमा रैका राजाको अधीनता स्वीकार गरेको राज्य थियो । यो क्षेत्र भौगोलिक हिसाबले डोटी जिल्लाको दक्षिण पूर्वको उपल्लो बोगटान र तल्लो बोगटान गरेर महाभारत पर्वत श्रृङ्खला, चुरे क्षेत्र सहित तराईको अधिकाँश मैदानी भू–भाग सम्म २२ सय वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको मानिन्छ । बर्तमानमा बोगटान अन्तर्गत डोटी र कैलाली जिल्लाका पहाडी भुमिमा फैलिएका १९ गाउँ विकास समितिहरु पर्दछन ।
डोटी बोगटान संछिप्त जानकारी | |
---|---|
विवरण | काल /समय/विविध |
बोगटानका प्रथम राजा | रतन पाल (बि.स.१४५२) |
बोगटानका अन्तिम राजा | नागी बोगटी रजवार (बि.स. १८५५) |
राजाको गोत्र | शौनक |
राजाको वंश | रघुवंश (सूर्यवंशी रघुकुल तथा रघुवंशी) |
राजाको कुलदेवता | स्वामी कार्तिकेय (केदारपुत्र"मोहन्याल") |
बैबाहिक सम्बन्ध | शाही, चन्द, मल्ल, देउवा, सिंह, शाह |
बर्तमानमा लेखने गरेको थर | बम / रजवार /बोगटी रजवार |
राज्यक्षेत्र फैलिएको | २२ सय वर्ग कि. मि. क्षेत्रफल |
आगमन | कार्तिकेयपुरबाट डोटी |
बोगटान अन्तर्गतका गाउँ विकास समितिहरु
सम्पादन गर्नुहोस्डोटी अन्तर्गतमा पर्ने गाउँ विकास समिति
सम्पादन गर्नुहोस्- १) बर्छैन,
- २) निरोली ,
- ३) गड्सेरा,
- ४) मन्नाकापडी,
- ५) घांगल,
- ६) सिमचौर,
- ७) केदारअखडा,
- ८) कानाचौर,
- ९) लानाकेदारेश्वर,
- १०) चमाराचौतारा,
- ११) सातफरी,
- १२) गगुडा ,
- १३) धिर्कमान्डू,
- १४) तिखातर र
कैलालीका पहाडी भूमिमा पर्ने गाउँ विकास समिति
सम्पादन गर्नुहोस्- १) निगाली,
- २) खैराला,
- ३) मोहन्याल ,
- ४) पनडौंन,
- ५) सुगुरखाल र कैलालीका तराई भूमि पश्चिम मोहना नदी देखि पुर्व कर्णाली नदी र दक्षिण मोहना, भारतको सिंगाही सम्मको क्षेत्र कुनै समय बोगटान अन्तर्गत पर्दथ्यो तर हाल नयाँ मुलुक भनिने गरेको कैलाली शिवगंगा नदी पूर्व, दक्षिण मोहना नदी, पूर्व कर्णाली नदी सम्मानको मोहन्याल देवताको क्षेत्रलाई मात्र बोगटानको रूपमा लिने गरिन्छ । अहिले आएर कैलालीको तराई क्षेत्रलाई बोगटान भन्न छुटेको छ भने पूर्व दक्षिण क्षेत्रमा रहेका डोटी जिल्लाका १४ गाउँ विकास समिति र कैलाली जिल्लाको पहाडी ५ गाउँ विकास समिति गरेर १९ गाउँ विकास समितिको क्षेत्रलाई मात्र बोगटान भन्ने गरिन्छ । राज्यको २०७४ को स्थानीय निकायको पुनरसंरचना पछि माथि उल्लेखित १९ गाउँ विकास समिति अन्तर्गत रहेको बोगटान क्षेत्र नयाँसंरचना अनुसार
वर्तमानमा बोगटानको भौगोलिक क्षेत्र
सम्पादन गर्नुहोस्उपल्लो बोगटानक्षेत्र
सम्पादन गर्नुहोस्- बोगटान गाउँपालिका
तल्लो बोगटानक्षेत्र
सम्पादन गर्नुहोस्- बड्डीकेदार गाउँपालिका ,
कैलाली जिल्लाकोक्षेत्र
सम्पादन गर्नुहोस्- चुरे गाउँपालिका ,
- मोहन्याल गाउँपालिकामा विभाजित गरिएको छ । बोगटानको केहि छेत्र जोरायल गाउँपालिका र कैलाली जिल्लाका विभिन्न नगर र गाउँपालिकामा बाडिएको छ ।
मध्यकालमा भौगोलिक क्षेत्र र थप जानकारी
सम्पादन गर्नुहोस्- बोगटानको भौगोलिक क्षेत्र सम्बन्धमा जानकार हुनेहरूका अनुसार मध्यकालमा यो क्षेत्र डोटी देखि भारतको सिगाही, लखनउ सम्म १० हजार वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको थियो । समुद्री सतहबाट १२४ देखि २८९१ मिटर सम्मको उचाईमा रहेको वोगटानमा लेकालीदेखि उष्ण, अर्धउष्ण हावापानी पाईन्छ । न्युनतम ०.२ डिग्रीदेखि अधिकतम ५५ डिग्री सेल्सीयसको तापक्रम रहेको वोगटान प्राकृतिकरूपमा निकै मनमोहक छ । वैदिक देवी– देवताहरूका तमामौ स्थापनाहरू यहाँ छन् । हिउँ पर्ने तेले र ठूला केदार (बड्डाकेदारेश्वर)को लेकदेखि तराईका फाँटसम्ममा फैलिएको वोगटान खोला नाला, खेतका सेराहरू नेटा परेका डाँडापाखा घना वनजंगल यस भेगमा प्राकृतिक रूपमा रहेका विषेशता हुन् ।
- मान्नाकापडी र बर्छैन गाउँ विकास समिति क्षेत्र हुँदै बग्ने कापडीगाड ।
- गडसेरा र निरोली हुँदै बग्ने गडसेरीगाड ।
- मालिकाको लेक मूलश्रोत भएको वगडीगाड ।
- सहजपुरको मस्सै हुँदै बग्ने मस्सेईगाड ।
- यी सबै गाडहरू र साना–साना खोलानाला मिलेर बनेको ठूलीगाड ।
- उप्पलो वोगटान अन्तरगतको सातफेरी र चमाराचौतारा गाउँ विकास समितिको बीचवाट बग्ने टुँडागाड र
- सातफेरी गाउँ विकास समितिको सिमाना हुँदै वग्ने पतलगाड ।
- यी दुवै मिलेर केही अगाडि पुगेपछि बनेको आमतोडागाड ।
- चमाराचौतारा र कानाचौर गाउँ विकास समितिको सिमाना हुँदै बग्ने पालातोडागाड ।
- माल क्षेत्रमा राजघाट(कान्द्रानदी), शिवगंगा, खुटिया र मोहनानदी वोगटान क्षेत्रका ठूला पानीका स्रोत मानिन्छन् । यस भेगको जँगलमा पाईने फलहरूमा काफल, किनभडा, ऐँसेलु, सिउता, जँगलीआँप, टाँटा, अमला, वर्रो, हर्रो, टिमुर, कटुँज प्रयाप्त रूपमा पाईन्छन् भने जनावर र पन्क्षीहरूमा बाघ, भालु, काकड (मृग), घोरल, जरायो, थार, बनेल, चित्तल, दुम्सी, कालीज, मयूर, डाँफे, मुनाल र मधेसमा हात्ती पाईन्छन् । वोगटान क्षेत्रको पहाडी भूभागमा प्राय पक्की ढुङ्गाले चिनेका पत्थरले छाएका तीन तले घर बनाईएका हुन्छन् । यहाँका घरहरूको एक वा दुई तलासम्म रातो माटो र माथिको भाग सेतो कमेरोले लिपपोत गरेका र झ्यालहरू कालो रंगले पोतेको हुन्छ । यहाँ गाउँका गाउँ यस्तै आकार प्रकारका घर बनेको देख्न् सकिन्छ । गरिब र दलितहरूका घरहरू खरले छाएका एक र दुई तले पनि पाईन्छन् । [१] डोटी क्षेत्रमा उत्तरको ससुराली मालो(तल्लो बोगटान क्षेत्र)को चिनजान एकै हुन्छ भन्ने आख्यान छ । चिनजान छ भने मालो भनिने तल्लो बोगटानमा ससुरालीमा जस्तो खाने बस्ने सुबिधा र सम्मान हुने गर्दछ । यसैकारण उत्तरको ससुराली मालोको चिनजान भन्ने आख्यान बसेको हो । कुनै समय दूध, दही तथा गोरस पातको लागि बोगटान चर्चित क्षेत्र थियो । अहिले आएर धेरै कुरामा परिबर्तन भएको छ ।
वोगटान नामाकरण
सम्पादन गर्नुहोस्दक्षिण भारतमा छैठौं शताब्दीको मध्यसम्म चालुक्य वंशको उदय हुँदा वकाटक राज्यका राजाहरू सबैभन्दा महत्त्वपूर्ण शक्तिको रूपमा चिनिएका थिए । वकाटक शासन तेस्रो शताब्दीको अन्तमा सुरुवात भएर पाँचौ शताब्दीको अन्तसम्म चल्दै रह्यो । वकाटक राज्यमा हरितपुत्र प्रवरसेनले महाराजको उपाधि धारण गरेका थिए । यिनको पारिवारिक लेख प्रमाणको आधारमा उनी एउटा मात्र सम्राटको उपाधि धारण गर्ने “वकाटक” राजा थिए । यिनको पालामा वकाटक राज्य बुंदेल खण्डदेखि दक्षिणमा हैदराबादसम्म फैलिएको थियो । पौराणिक लेखहरूको आधारमा प्रवरसेनका चार पुत्रहरू राजा भएका थिए । चारै जना राजा भएका कारण राज्यको शक्ति विभाजित हुन् गयो । जसका कारण राज्य कमजोर हुन पुग्यो र कमजोर भएका राजाहरूले महाराज र सम्राटको उपाधि लेख्न सकेनन् । अभिलेख अनुसार प्रवरसेनको राज्य दुई भागमा विभाजन भयो । प्रवर सेनका दुई छोराहरूमध्ये एक छोरा सर्वसेन थिए भने अर्का रुद्रसेन थिए । रुद्रसेन द्वितीयले गुप्त सम्राट चन्द्रगुप्त द्वितीयकी पुत्री प्रभावती गुप्तसँग विवाह गरेका थिए । चन्द्रगुप्त द्वितीयले वकाटक राजाहरूसँग मित्रतापूर्ण सम्बन्ध स्थापना गरेका थिए । वैवाहिक सम्बन्ध गुप्तराजाहरू र वकाटक राजाहरूको लागि हितकर मानिएको थियो । वकाटक शासक रुद्रसेन द्वितीयको ३९० ई. मा मृत्यु भयो । तत्पश्चात उनकी पत्नी प्रभावती गुप्तले नावालक छोराको संरक्षक भएर वकाटक राज्यको वागडोर समालीन् । यस पश्चात उनी आफ्ना बाबुको सल्लाह अनुसार चल्न थालिन् । उनका बाबु चन्द्रगुप्त द्वितीयको प्रभाव वकाटक राज्यमा धेरै पर्न गयो, भने अर्कोतर्फ वकाटक राजाहरूको शक्ति कम्जोर हुदै गयो । छैटौ शताब्दीको उत्तराद्र्धमा चालुक्यहरूको मध्यप्रदेशमा नल, कोकर्णमा मौर्य र उत्तरी महाराष्ट्रमा कलचुरी वंशसँग सघर्ष गर्नु पर्यो । यसै कारण वकाटक साम्राज्यको अधिकांश भू–भाग नलवंशको नियन्त्रणमा पर्न गयो । यस क्षेत्रको भूभाग नल वंशको नियन्त्रणमा पर्न गए पश्चात भारतको मध्यप्रदेश र महाराष्ट्र प्रदेशका अधिकाँस भू–भागमा फैलिएको वकाटक राज्य सातौ शताब्दीतिर समाप्त भयो । वकाटक राज्यको समाप्ति भएपछि वकाटक राजवंश उत्तर पर्वतीय क्षेत्रमा प्रवेश गर्न पुग्यो । कुमाऊँ, जागेश्वरको एक ढुङ्गामा ”माधव सेन” नाम लेखिएको छ । सेन उल्लेख भएका आधारहरु आछाम भेगमा पनि भेटिएका छन् । डोटीको अधिकाँस भू–भागमा फैलिएको वोगटान क्षेत्रमा वकाटकी सेनहरु आई बसेका कारण वकाटकको वकटी र वकटीहरूको वाहुल्यता भएका कारण वकटान भनिन् थालियो । पछिका दिनहरूमा वोकटानको अपभ्रंश भई वोगटान रहन गएको हो ।
बोगटानका ठकुरी बम /बोगटी रजवार भनिनेहरूको बसोबास स्थलहरू
सम्पादन गर्नुहोस्बोगटानका ठकुरीहरू डोटीको तल्लो बोगटान र कैलाली क्षेत्रमा रहेका छन् ।
- रिसडयाल (बर्छैन गाउँ विकास समिति वार्डन-७, ठकुरी रिसेडी तल्लोगाउँ र जाडु), निगल्याल (निगालीगाउँ), बिठोड़ा क्षेत्रमाबस्ने बम /बम रजवारहरु (बोगटानको शासक वंशज)
- अलड़े (अलाड़ गाउँमा बस्ने बम र सिंह)
- पतले (पातल, सल्लेबसा, ओजेना क्षेत्रमा बस्ने
बम)
- डौडा (डौडा गाँउमा बस्ने सिंह)
- बर्छैनी (बर्छैन गाउँमा बस्ने बम) (सुर्खेत, दुल्लुबाट आएका पाल राजाका वंशज)
- बेरबाटी, (बेरबाटा गाउँमा बस्ने बम)
- धमकोटी, (धम्कोट गाउँमा बस्ने बम)
- रज्माली, (रज्मा/ राजीमा गाउँमा बस्ने बम)
- चैबाटी, (चैबाटा गाउँमा बस्ने बम)
- चौकीवाला,(गडसेरा चौकी गाउँमा बस्ने बम)
- गैराघरी, (गडसेरा चौकी गाउँमा बस्ने बम)
- जोत्तली (जोत्तली भनेका रिसेडी मल्लो गाउँ र मान्नाकापडीको जोत्तला बस्ने बम)
- पखिर गाउँ मा बस्ने बम
- कठिउर गाउँ का बम
- मेल्टा गाउँ का बम
- उपल्लो बोगटानको सुकाटी, उमड़ी, पोखरी जमार्सल्ली का बम
- अन्य -------
बोगटानका रैथाने
सम्पादन गर्नुहोस्कत्यूरी राज्यकालमा वोगटान (वकाटक)का सेनका वंशज कत्यूरी राजा (कत्युरी नरेश)का अधिनस्त थिए । कत्यूरी पाल राजाको डोटी वोगटान प्रवेश हुनु पूर्व नै यी वोगटानमा बसोबासगर्ने भएकोले यिनलाई समैजी कुलदेवता भएका वोगटानका शौनक गोत्रीय सूर्यवंशी भनिने रैथाने वकोटी/बोगटी बम /मल्ल र सिंह भन्ने गरिन्छ ।
बाहिरबाट बोगटानमा घुसपैठ भएका बोगटी/बम्म
सम्पादन गर्नुहोस्शाके १२३५ (बि.स १३७०) को दशकमा राजा जगती पाल(कत्युरी नरेश)का राजगुरु कार्तिकेय (मोहन्याल) देवताका पुजारी ज्योतिष गणपतिलाई गोठमा आउदा "गास-बास" नदिने जंगलमै भैंसी गोठमा बस्ने जंगली कन्दमुल खाने, जंगल-जंगल बिहार गर्ने, हलिया-करियाका रुपममा तत्कालिन अवस्थामा कुनै जाति नभएका मष्टो देवतासंग सम्बन्धित /मष्टो देवता अन्तर्गतपर्ने स्त्री तत्व देवी मालिका र कालिका पुज्नेहरु बाहिरबाट घुसपैठ भएका बोगटी / बम्म हुन् । यस मध्ये तल्लो बोगटान अन्तर्गतको भूमि वर्तमान कैलाली जिल्लामा बसोबास भएका रज्माली भनिने बोगटी /बम, चौकी वाला (बोगटी) रजवार, पतले भनिने बोगटी /बम उपल्लो बोगटान अन्तर्गत लफडाको बोगटी/बम/रजवार भनिनेहरु पर्दछन । बडातड़ो र दुधे मष्टो देवतासंग सम्बन्धित उनका शाखा सन्तान अन्तरगतका यसै कुलका हुन् भन्ने मान्यता छ। मालिका कुलदेवता भएका बोगटानबाट बैतडी गएका कारण बोगटी थर बनेका भारद्वाज गोत्रीय बोकटी ब्राह्मण यिनको कुलको ब्राह्मण हो । रैकासंगको युद्ध पछि यी पनि कत्युरी नरेशका दाजु - भाइ बन्न पुगे । कत्युरी वंशीय राजाका वंशजले स्थानीय स्तरमा यी लाई मुख्यली दिएर मुख्खे नियुक्त गरेका थिए । उचेपात्थर भन्ने स्थानबाट रज्मा भन्ने स्थानमा गई बसोबास गरेको कारण रज्माली भनिने बोगटी/बमहरु कालिका मालिकालाई कुलदेवता मान्दछन । यिनका घर भित्र मालिका र कालिकाको भाराण राखिएको पाईन्छ । यी मध्ये केही परिवार कार्तिकेय (मोहन्याल) देवतामा मिसिए पछिका दिनबाट मोहन्याल बेताललाई पनि कुलदेवता बताउछन ।
बसोबास
सम्पादन गर्नुहोस्वैदिक मानिएका देवताको प्रभाव रहेको यो भूमिमा कत्युरी वंशजका शौनक गोत्रीय, सूर्यवंश रघुवंशअवतारका रघुवंशी पाल राजखान्दानका वोगटी रजवार/बम रजवार, कत्यूरी राज्यकालमा वोगटानका रैथाने शौनक गोत्रीय, रघुवंशी वकोटी/बोगटी/रजवार, जोरायलवाट गएका समैजी कुलदेवता मान्ने शौनक गोत्रीय, सूर्यवंशका डोटी बोगटानका मल्ल कश्यप गोत्रीय, चन्द्रवंशी देउवा ठकुरी रजवार, गौतम गोत्रीय चन्द्रवंशी प्रतिहार चन्द ठकुरी सहित तीन खान्दानका राजपरिवार र यिनैका गणका ब्राह्मण, क्षेत्री, वैश्य, दलित सहित गुरुङ, लामा, मगरहरूको बोगटानमा बसोबास छ ।
उत्पादन
सम्पादन गर्नुहोस्यहाँका अन्नवालीहरूमा धान, गहुँ, मकै, जौ, कोदो, तोरी, मास, गहत, भटमास, गुराँउस, सोट्टा सहितका अन्न बाली उत्पादन हुन्छन् भने फलफूलमा सुन्तला, अमिला, बिही (अम्वा) ,जारिम, अनार, आलवखरा, आँप, आरु, केरा र नगदे बालीमा अदुवा, हल्दी, उःँखु, उत्पादन हुने गर्दछन् । यस भेगका मानिसहरू गाई, भैंसी, बाख्रा पनि प्रसस्त रूपमा पाल्दछन् ।
धार्मिक
सम्पादन गर्नुहोस्धार्मिकरूपमा हेर्ने हो भने प्राचीन इतिहास वोकेका शिव भगवानका फुटलिङ्ग मानिने वेहडावावा, शिवगंगानदी, श्रीवड्डाकेदारेश्वर, श्रीचाकाकेदार, शिवका पुत्र गणेश जसलाई धिरगाँडी र कार्तिकेय जसलाई मोहन्याल भन्ने गरिन्छ, यिनको ठूलो महिमा र स्थापना यहाँ पाईन्छन् । श्री कार्तिकेय (मोहन्याल)को सिंहासन (राजगद्दी), दुर्गा भगवतीका रुप मानिने कालिका, औखोरे भगवती यहाँ स्थापित छन् ।
- सिंहासन मोहन्याल जाँत,
- अलाडी मोहन्याल जाँत,
- मानिकोट मोहन्याल जाँत,
- डुगरी मोहन्याल जाँत,
- लोली मोहन्याल जाँत,
- कठीउर मोहन्याल जाँत,
- वड्डाकेदारेश्वर (ठूला केदार)की जाँत,
- चाकाकेदारकी जाँत,
- धिरगाँडी (गणेश)को दिउसडिजाँत,
- उपल्लोवोगटान अन्तरगत रहेका चमाराचौताराको सुकाटी गाउँमा हुने सौटी देवताकोजाँत,
- दाज्कामा हुने सानाकेदार की जाँत,
- बन्नाकेदारकी जाँत, कैलालीको घोडाघोडी ताल, सहित तमामौ पवित्र तीर्थस्थलका रूपमा यस क्षेत्रमा प्रख्यात रहेकाछन् यहाँको किवदन्ती अनुसार ऐतिहासिक कालखण्डमा एक समय मष्टोको उग्ररुप खापरे (तारकासुर) लाई कुलदेवता मान्नेहरू र शिवको रुप मानिने केदार, स्वामी कार्तिकेय (मोहन्याल)सहित शिवगणका सहयोगी देवताहरूलाई मूख्य रूपमा मान्ने कत्यूरी वंशजका पाल बीच युद्धसंग्राम मच्चीन गई यस क्षेत्रबाट मष्टाको उग्ररुप मानिने खापरेगणकाहरूलाई खेदिएको र कत्युरी नरेश (राजा) का वंशजको बिजय भएको भनाई बोगटानमा प्रख्यात रहेको छ । यस प्रकारका धार्मिक र राजनीतिक रूपमा रहेका विभिन्न घटनाक्रम ऐतिहासिक कालमा यस डोटी क्षेत्रमा घटेका थिए भन्ने लोक कथन यहाँ छन् ।[२]
सांस्कृतिक
सम्पादन गर्नुहोस्सांस्कृतिक रूपमा भन्ने हो भने, यस भेगमा मनाईने गौरापर्व, दशैं र ती दशैंमा हुने रमिता बाजाको तालमा खेलिने युद्ध कौशल झल्कने गरी तरवारको खेल जसलाई “पट्टाबाजी” र कवाजी भनिन्छ । यी यस क्षेत्रका निकै रमाईला पक्ष्यहरू हुन् । डोट्याली गीत फाग, वीरगाथा, चाँचरी, चैत, भारत, सगुन, देउडा, हुड्केली, धमारी, वातै जस्ता डोटेली परम्परागत लोक साहित्य र संस्कृतिहरु पनि यस क्षेत्रमा लोकप्रिय रहेकाछन्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- यूटुबमा/ कार्तिकेय (मोहन्याल)को जात्रा
- यूटुबमा /माल-पहाडको सुरक्षाकोलागि स्थापित सिंहासनभन्ने स्थानमा कार्तिकेय (मोहन्याल) जात्रा
- यूटुबमा/ श्री मोहन्याल (कार्तिकेय)को जांत डोटी तल्लो बोगटान, बर्छैन - ६, अलड़ी गाउँ , माल-पहाडका राजा देवता
- यूटुबमा /मोहन्यालका पुजारी भोजराज जोशी/ इतिहास ब्याख्या भाग १
- यूटुबमा /मोहन्यालका पुजारी भोजराज जोशी /इतिहास ब्याख्या भाग २
- यूटुबमा /विद्वान पण्डित शास्त्री हेमराज जोशी / चारवर्ण (ब्राहमण, क्षत्रिय, बैष्य र शुद्रको ब्याख्या यसरी गरिबक्सिन्छ
- यूटुबमा / नेपालको सुदूरपश्चिम क्षेत्रमा बसोबासगर्नेहरु खस र वैदिक आर्य गरी दुई समुहका छन् । खस र वैदिक आर्य भिन्न भिन्न इतिहास भएका समुदाय हुन् । १२ भाइ मस्टो पूज्ने तथा मस्टो कुलदेवता मान्नेहरु खस हुन् तर हिन्दु देवता पूज्नेहरु वैदिक आर्यहरु हुन् । सुनौ यी विद्वानको यस्तै विषयमा केन्द्रित भाषण