ठुलो केदार नेपालको डोटी जिल्ला बडीकेदार गाउँपालिका वडा नं मा अवस्थित एक पबित्र धार्मिक स्थल हो । यसलाई सुदूर पश्चिम प्रदेशकै प्रख्यात धार्मिक स्थलका रूपमा मानिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रूपमा पूजा गर्दछन् । यो मन्दिर डोटी बोगटान मान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखर गरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेका छन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर (माडौं) पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरूले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय (मोहन्याल) मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ । []

  • “जान दैत्य वडातोडा मालथलि जान,
  • मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान ।
  • गयो दैत्य वडातोडो, वतासैको स्वर
  • आयोदलु मोहन्यालकी वादलकी ढिक,
  • मिल्ल छौ त खपरे हामु सित मिल,
  • नै त मिल्ला खपरेकी लाउत तेरी ठिक ,
  • केदारका दाईने तिर तुडया तुडया पानी ,
  • मिल्ला छौ त खपरे हमु सित मिल
  • नई त मिल्ला खपरेकी समाई ल्याए रानी
  • केदारैका गाथ मुनी थुम थुम केला
  • मिल्ला छौत खपरे हमु सीत मिल
  • नईमिल्ला खपरेका समाई ल्याय चेला–
  • गयोदलु खपरेको रुनु–रुनु गयो ।
  • भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”
  • यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँबाट खप्तडमा गई माडौसजायर बस्यो ।
डोटी बोगटानका श्री ठूलाकेदार यहाँ गौतम गोत्रीय चन्द्रवंशी चन्दको महत्त्व ठूलो हुन्छ, चन्दका कुलसंग सम्बन्धित देवता हुन्

यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध (मथाउत) चढाउने परम्परा रहेको छ । पूजाको दिनमा साजी (विहान दुहेको दूध) मथाउतका रूपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रूपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।

  • चाकाकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत (जात्रा) र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ ।
  • यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ ।
  • यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ ।
  • पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् ।
  • यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् ।
  • यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरूको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ ।

केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरूमा बैतडीबाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरूले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ । तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी (नायाँ व्यक्ति) ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरूलाई नुहाउ“न र खान पुग्छ । यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।

डोटी बोगटानका श्री ठूलाकेदार बाबाको  जात्रा/जांतको दृश्य 

चित्र:केदार.gpg

ठूला केदार र मोहन्यालको सम्बन्ध

सम्पादन गर्नुहोस्

मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु

  • धिरगाँणी (गणेश),
  • मोहन्याल,
  • अलडो,
  • वडातडो,
  • नवा,
  • विगरगाँणी,
  • मेलघट्टी,
  • जैनाडी,
  • कैलपाल,
  • भैंसीखर्के,
  • ब्रह्मवेताल,
  • मसानी,
  • साङौडी,सौडी/सौटी देवता

सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् । तल्लो बोगटान(कत्युरी नरेश )को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।

ठूला केदारको दर्शन र अन्य जानकारी सम्बन्ध

सम्पादन गर्नुहोस्

राजादिलिप र रामचन्द्रले पनि यस क्षेत्रमा घुमफेर गरेका थिए । केदारमा कुन्ती महारानी ५ दिनसम्म बसिन त्यहाँ पानी देखिनन् । त्यसैले केदारनाथबाट पानी मागेर छोडी गईन् । आज यो पानी केदारको जाँतमा देवता पूज्ने र खाने भएको छ । भगवान रामचन्द्रले यस केदारका ज्योतिलिङ्गको दर्शन गरेका थिए । यहाँबाट रामचन्द्र रामेश्वर गएका हुन् । यी केदारका ११ औ ज्योतिलिङ्ग मानिन्छन् । हामीले यसको विकास जुनरूपमा गर्नु पर्नेहो त्यो रूपमा गर्न सकेकाछैनौ ।

  • यो स्थान केदारनाथको खुट्टा रहेको स्थान हो । यहाँ केदारका पाउ (खुट्टा) को पूजा गर्ने गरिन्छ ।
  • काठमाण्डौको पशुपति शिवको “टाउको” हुन् ।
  • कुमाऊँ गढवालका केदारनाथ शिवको “ढाँड” हुन् ।

ठूला केदारमा केदारपक्ष र खापरेपक्षकाहरूको युद्ध गर्दाको रमिता

सम्पादन गर्नुहोस्

लानाकेदारेश्वरको “गाथ” रहेको स्थानदेखि माथि उत्तर तर्फ केही समथर ठाउँ छ । यस समथर ठाउँमा केदारको जाँत भएको राती डेउडा खेल्छन् । देवताहरूको वयाँल(देउरो) यसै स्थानको उत्तरपूर्व र पश्चिम दक्षिण तिर रहेको बाटोबाट आउने गर्दछ । यहाँ खापरेपक्ष मानिने उपल्लो पूmर्सिल गर्खाकाहरूले आप्mनो ठाउँबाट काठ ल्याएर खापरे (मुसे) को माडौ बनाउने र तल्लो पूmर्सिल गर्षाको “दवातल सौडी” ले देख्ने वितिकै भत्काई फालिदिने प्रचलन रहेको छ । यदि दवातल सौडी आएन भने त्यो खापरे माडौ केदार अन्तरगतका अन्य देवताले भत्काई फाल्नु पर्ने हुन्छ । यस अवस्थामा यस स्थानमा युद्ध भएको भान पारि केही समय अनौठो दृश्य देखिन्छ । पहिलेका दिनमा बनाउने र भत्काउनेका बीचमा लठ्ठी हाना–हान कट्याङ्ग, कुटुङ्ग गर्ने गरिन्थ्यो । खापरेपक्ष आउँदा एक छिन् जोरतोड हुने गर्दथ्यो भने आजभोलि त्यस्तो गरिदैन । तर खापरमाडौ जसलाई स्थानिय स्तरमा मुसे(खापरे) माडौ भनिन्छ त्यो बनाउने फुर्सिलाहरूले खापरेको माडौ त्यहाँ बनाए पछि तिनीहरूलाई सुःख शान्ति र राम्रो हुने भएका कारण त्यस्तो गर्दछन् भने केदारको स्थानमा खापरेको स्थापना गरिए वैदिक देवगणकाहरूलाई नराम्रो हुने भएका कारण केदार पक्षकाहरु भत्काउने र फालिदिन्छन् । []

अछाम जिल्लाको विनायक गाउँ विकास समिति वार्ड नम्बर २ मा मुसे माडौ छ । त्यहाँ मुसेलाई मष्टो भनिन्छ । जनैपूर्णिमा, अनन्तचर्तुदशी वा मंसिर शुक्ल चर्तुदशीका दिन मुसेमाडौंमा धुमधामसँग मेला लाग्छ । वलि पनि गर्ने गर्दछन् । अनन्ते चर्तुदशी भनेको दाडेमष्टोको तिथि हो । दाडेमष्टोलाई डोटी भेगमा खापरेको नामले पनि सम्वोधन गरिन थालियो । यसैलाई मसे÷मुसे देवता भनियो । तान्त्रीक विधिको मष्टो परम्परा कर्णाली प्रदेशमा प्रसस्त भेटिन्छ ।

कहाँ कहाँबाट आउँछन यहाँ मेला भर्न

यस केदारको मेलामा लानाकेदारेश्वर तथा धिर्कामाण्डौ गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने विशेष गरी यी दुई गा०वि०स०बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स०हरू क्रमश सिमचौर केदारअखडा कानाचौर चवाराचौतारा सातफरी मान्नाकापडी बर्छैन निरौली गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन । श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढाबाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न आउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढाबाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरूको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।त्यही वास्तबिकतमाको कारण हो कि कैलाली जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क वर्ष आउने गर्छन । त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्ग छ ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. केदारका उपमन्यु गोत्रीय पुजारी र करवाला गौतम गोत्रीय ,चन्द्रवंशी बोगटानका चन्द ठकुरी /स्थानीय जानकारहरुका अनुसार ।
  2. बोधनारायण विनाडी वर्षः७१, लानाकेदारेश्वर ४ वस्तोला नजिक रहेको डमसिल्ला, धनगढी नगरपालीका ५ तारानगर र चौमाला गप्का