टिमुर नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।

टिमुर
मुट्ठी भरको टिमुर
मुट्ठी भरको टिमुर
टिमुरको अर्कों नाम
बैज्ञानिक नामजान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC)
वनस्पति परिवाररुटेसी (Rutaceae)
संस्कृत नामतुम्वरु, तीक्ष्णफल , तीक्ष्ण पत्र र तीक्ष्णवल्क
अन्य नेपाली नाम :तामाङ्गमा “प्रुमो” , नेवारीमा “टेबू”
चाइनीज़ नामस्चीवन पेपर (Sichuan pepper)
जापानी नामकिनोमे (Kinome)
टिमुर
सुकाईएको टिमुर
हरियो टिमुर

परिचय सम्पादन गर्नुहोस्

यो काँढै काँढा भएको बोट नेपालको महाभारत पर्वत श्रृंखलाको १२०० देखि २,५०० मि. सम्मको उचाईका खुला पाखोमा पाइन्छ।

अण्डवृत्त आकार भएका स–साना २ देखि ६ जोडीसम्म ( टुप्पोको पालबाहेक ) पातहरू एउटै डाँठमा दुवैतिर पल्हाएका हुन्छन्। पातहरूमा टुप्पा तिखा हुन्छन्। यसको बोटमा हरिया र केही पहेंला स–साना फूलहरू हुन्छन्। प्राय ःएक विरुवामा भाले तथा पोथी दुवै फुल पाईदैन। झुप्पाका फूलहरू फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन्।

यसका फलहरू स–साना , राता , ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन्। फलको स्वाद तीतो , पिरो र जिब्रो पर्पराउने हुन्छ। यी फलहरूबाट वासना पनि आउँदछ। बीउ गोलो र सानो हुन्छ।

खेती सम्पादन गर्नुहोस्

टिमुरको विरुवा बीउबाट उमारिन्छ। बोट ठूलो नै हुने भएकाले करीब १ देखि ३ मिटरको दुरीमा ठाउँ अनुसार लाईन मिलाएर ३० सेन्टिमिटरको खाल्डोमा गाई वस्तुको मल हाली यसलाई रोपिन्छ।

सङ्कलन सम्पादन गर्नुहोस्

यसको गेडा अर्थात् फलहरू पाक्ने समयभन्दा केही अघि नै बोटबाट सङ्कलन गरिन्छ।

सुकाउने र संरक्षण सम्पादन गर्नुहोस्

सङ्कलन गरिएका गेडाहरूलाई राम्ररी सुकाई बोरामा कसेर ओवानो गोदाममा राखिन्छ।

उपयोगिता सम्पादन गर्नुहोस्

आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्