सहाना प्रधान
सहाना प्रधान (१९८४-२०७१) नेपालकी राजनीतिज्ञ तथा पूर्व मन्त्री थिइन्। उनले केटीले पनि केटा सरह शिक्षाको अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनीतिक यात्रा सुरू गरेकी थिइन्। विभिन्न समयमा विभिन्न भूमिकामा रहेकी प्रधान २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको संयोजक थिइन्। प्रजातन्त्र प्राप्ति पश्चात् पनि लामो समयसम्म उनी राजनीतिमा सकृय रहिन।
सहाना प्रधान | |
---|---|
परराष्ट्रमन्त्री | |
एकाधिपति | विरेन्द्र शाह |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९८४ असार ३ 1927 June 17 [१] असन, काठमाडौँ, नेपाल |
मृत्यु | वि.सं. २०७१ असोज ६ काठमाडौँ |
राजनीतिक दल | नेकपा (एमाले) |
जीवन साथी | पुष्पलाल श्रेष्ठ |
जन्म र वाल्यकाल
सम्पादन गर्नुहोस्सहाना प्रधानको जन्म काठमाडौँको अतिव्यस्त टोल, असन, त्यौडको मध्यमवर्गीय व्यापारी-परिवारमा बुबा शंकरलाल प्रधान र आमा रम्भा प्रधानको कोखबाट वि.सं. १९८४ साल असार ३ गते शुक्रवार तदनुसार १९२७ जुन १७ तारिखमा भएको हो।[१] उनी दुई वर्षको हुँदा मातृस्नेहबाट बञ्चित भइन्। त्यसको दुई वर्ष नबित्दै उनी हजुरआमा र बाबाका साथ बर्मा पुगिन्। सातौँ कक्षाको अध्ययन पूरा गरी वि.सं. २००० सालमा काठमाडौँ फर्किइन्।
शिक्षा
सम्पादन गर्नुहोस्उनले वि.स. २००४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेकी थिइन्। त्यस पछिको उच्चशिक्षा सहानाले भारतको लखनऊबाट हासिल गरेकी थिइन्।
राजनीतिक यात्रा
सम्पादन गर्नुहोस्२००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान हुनुहुन्थ्यो। उहाँ गिरफ्तार हुनुभयो। १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि घर फर्कनुभयो।
२००४ सालमा एस्.एल्.सी. उत्तीर्ण गरी २००५ मा भाइ शंकर प्रधानसँगै लखनऊको इजावेल धोवन कलेज पुग्नुभएकी सहाना आई.एस्सी. पूरा नगरी आई.ए. सक्नुभयो। २००७ सालमा नेपाल फर्केर तीनवटा स्कूल कन्यामन्दिर, शान्तिनिकुञ्ज र सीताराम हाइस्कूलमा पढाउनुभयो।
त्यस पछि उहाँ महिला संघको महासचिव हुनुभयो। २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिँदै भक्तपुर र पाटनको एकसाथ नेतृत्व गर्नुभयो। २००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बी.ए. को ७२ जना परीक्षार्थीमध्ये उहाँ एकमात्र महिला हुनुहुन्थ्यो। वि.सं. २०१० माघ २ गतेपुष्पलाल श्रेष्ठसँग उहाँको विवाह भयो।[२]<पुष्पलाल राजनीतिमा सक्रिय हुनुभएकाले २०१३ सालपछि पारिवारिक जिम्मेवारी बढ्यो।
वि.सं. २०१७-०३५ सालसम्म उहाँको राजनीति प्रायः मृत अवस्थामा रह्यो। २०३५ साउन ७ (सन् १९७८ जुलाई)मा पुष्पलालको निधनपश्चात् पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गर्दै उहाँ त्यसबखत पार्टी प्रवक्ता हुनुभयो। २०४३ चैत्र १४-१७ मा सहाना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (मार्क्सवादी) गठन गर्दा उहाँ पार्टीको सचिव हुनुभयो।
२०४७ साल चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेकपा (मार्क्सवादी) एक भई नेकपा (एमाले)को निर्माण गरियो। उहाँ २०४६ सालको जनआन्दोलन पछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्य मन्त्री, २०४८ र २०५१ को संसद्को निर्वाचनमा क्रमशः काठमाडौँ क्षेत्र नं. ४ र ६बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य हुनुभयो। त्यसअघिको नेकपा (एमाले) - राप्रपा-सदभावनाको मन्त्रीपरिषद्मा उहाँ महिला तथा समाजकल्याण मन्त्री रहनुभएको थियो।
जनआन्दोलन ०४६ मा वाममोर्चा अध्यक्ष हुनुभयो। आन्दोलनपछि अहिलेसम्म पटकपटक मन्त्री हुनुभएको छ। उहाँको आत्मकथाको पुस्तक 'स्मृतिका आँखीझ्यालबाट' प्रकाशित छ।
प्रधानको २०७१ साल असोज ६ गते काठमाडौँको वयोधा अस्पतालमा निधन भयो। उनी लामो समयदेखि मस्तिष्कघातबाट पीडित थिइन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ सहाना प्रधान सानो छँदा वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०७ मिति, कान्तिपुर.
- ↑ http://www.annapurnapost.com/news/detail= वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०२ मिति अस्ताइन् बामपन्थी नेत्री साहना|accessdate=2014-09-23>
- ↑ "बामपन्थी नेत्री साहना प्रधान रहिनन्", देशान्तर साप्ताहिक, अन्तिम पहुँच २०१४-०९-२३।[स्थायी मृत कडी]