अरव बसन्त/अरब बसन्त/अरब क्रान्ति Arab Spring (अरबी: الربيع العربي) अरब जगतमा २०१० को दशकको सुरुवातमा फैलिएको सरकार विरोधी प्रदर्शन, आन्दोलन, विद्रोह र सशस्त्र विद्रोहको लहर हो। यो निरङ्कुश शासन, निम्न जीवन स्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको थियो। (Noueihed, 2011; Maleki, 2011).[१][२] यो विरोधको लहर त्यसपछि पाँच अन्य देशहरूमा फैलियो: लिबिया, इजिप्ट, यमन, सिरियाबहराइन, जहाँ सत्ता पल्टियो कि त ठूला बिद्रोह र दङ्गा, गृहयुद्ध, सङ्कटकाल लगायतका सामाजिक हिंसा भयो। मरक्को, इराक, अल्जेरिया, लेबनान, जोर्डन, कुवेत, ओमान, र सुडान लगायतका देशमा लामो सडक प्रदर्शनहरु भए। जिबुटी, मौरिटानिया, प्यालेस्टाइन, साउदी अरबमा साना प्रदर्शनहरू भए।[३] अरब जगतको आन्दोलनमा गुञ्जिएको मुखुअ नारा थियो ' ("जनता शासनलाई खत्तम गर्न चाहन्छन्").[४]

अरब बसन्त
मिति१ जुन २०११-डिसेम्बर २०१२
स्थान
{{{place}}}
अरब स्प्रिंग
स्थान
अरब देश
कारण
विधि

मध्यपुर्व र अरब राष्ट्र हरूमा शासन सत्ता परिवर्तनको लागि ट्युनिसियाबाट सन २०११मा शुरु भएको जन आन्दोलन लाई राजनितिक समीक्षकहरूले अरव क्रान्ति /अरब बसन्तको नाम दिएका छन।

ट्युनिसियासम्पादन

ट्युनिसियाबाट सुरू भएको राजनीतिक आन्दोलनले अरब मुलुकमा उथलपुथल ल्याउन सफल भएको छ। अरब क्षेत्रका तीन मुलुक ट्युनिसिया, इजिप्टलिबियामा निरङ्कुश तानाशाही सत्ता ढलेका छन् भने अन्य केही मुलुकमा आन्दोलन उत्कर्ष विन्दुमा पुगेका छन्। एक जना शिक्षित बेरोजगारले रोजगारी नपाएर आत्मदाह गरेपछि सुरू भएको आन्दोलनले २३ वर्षदेखि निरङ्कुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन विन अलीलाई सत्ताच्युत मात्र गरेन, ज्यान जोगाउन उनी भागेर साउदी अरब पुगेका छन्। उनी र उनको परिवारविरुद्ध मानवताविरोधी अपराध र भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेको छ।

ट्युनिसियाको उक्त सफल आन्दोलनको प्रभाव इजिप्टमा देखियो।

इजिप्टसम्पादन

१८ दिनको आन्दोलनसामु टिक्न नसकेपछि ३२ वर्षदेखि एकछत्र शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारकले सेनालाई सत्ता छाडेर निजी निवास साम इल सेकतर्फ लागे। बिरामी अवस्थामा उनी अहिले नजरबन्दमा छन् र मानवताविरोधी अपराध र भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्।त्यहाँ एकाएक चर्केको जनआन्दोलन थेग्न नसकेपछि इजिप्टमा तीन दशकसम्म एकछत्र शासन गरेका मुबारकको सत्ता एकाएक ढल्न पुग्यो ।  बेलायतअमेरिका मुबारकाको सत्ता नढलोस् भन्ने पक्षमा थिए ।  पश्चिमाहरूको चाहना र चिन्तालाई जनआन्दोलनले समर्थन गरेन, मुबारकलाई सत्ता छाड्न बाध्य बनायो ।  केही सीप नलागेपछि जनआन्दोलनको १८औँ दिनमा सेनालाई सत्ता बुझाएर राष्ट्रपति भवन छाडी मुबारक निजी निवास शार्म इल शेखतर्फ लागे ।  सन् २०११ को जनवरी २५ देखि सुरु भएको जनआन्दोलनको एउटा पाटो राष्ट्रपति मुबारकको राजीनामासँग फेब्रुअरी ११ मा सकियो ।  यो जनआन्दोलनमा तीन सयभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते भए ।  [५]

लिबियासम्पादन

ट्युनिसिया र इजिप्टमा निरङ्कुश सत्ता ढलेपछि उत्साहित भएका लिबियाली जनताले ४२ वर्षदेखि एकलौटी सत्ता चलाएका निरङ्कुश शासक कर्णेल गद्दाफीविरुद्ध आन्दोलनको विगुल फुके तर लिबियाली सत्ता ढाल्न सहज भएन। गद्दाफीले आन्दोलन दबाउन थालेपछि अमेरिका, फ्रान्सबेलायतले आन्दोलनकारीको पक्षमा सैन्य र हतियार सहयोग गरे। आन्दोलनकारी नौ महिनासम्मको कठोर सङ्घर्षबाट गद्दाफी राजधानी त्रिपोलीबाट लखेटिए तर हार स्विकार गरेनन्। फलस्वरूप अन्त्यमा गृह जिल्ला सिर्तेमा आन्दोलनकारीले लखेटीलखेटी वीभत्स ढङ्गले उनको हत्या गरे। गद्दाफीको अहङ्कारले गर्दा आन्दोलनका क्रममा ३० हजारभन्दा बढी मानिसले ज्यान गुमाए भने खर्बौं डलर मूल्यको भौतिक क्षति पनि भयो।

यमनसम्पादन

अरब जगत्मा एकपछि अर्को आन्दोलन सफल हुँदै निरङ्कुश सत्ता ढल्दै गएपछि त्यसक्षेत्रका अन्य निरङ्कुश शासक अत्तालिएका छन्। कतिपयले राजनीतिक सुधारको अभियान सुरू गरेका छन् भने कतिले सत्ता हस्तान्तरण गर्ने सम्झौता गरेका छन्। कतियप शासक भने झन् कठोर दमनमा पनि उत्रेका छन्। जनआन्दोलन दबाउन नसकेपछि यमनका राष्ट्रपति अली अब्दुल्लाह सलेहले उपराष्ट्रपतिलाई सत्ता हस्तान्तरण गरेका छन्।

सिरियासम्पादन

उता सिरियाका राष्ट्रपति बसर अल असद भने कुनै हालतमा पनि सत्ता नछाड्ने अडानका साथ व्यापक दमनमा उत्रेकाले त्यहाँ पाँच हजारभन्दा बढी मानिसले आन्दोलनका क्रममा ज्यान गुमाइसकेका छन् तर पनि सत्ता परिवर्तनको लक्षण देखिएको छैन। अन्तर्राष्ट्रिय नाकाबन्दी र दबाबलाई बेवास्ता गर्दै चरम दमनमा उत्रेको सिरियाली सत्ता ढाल्न अन्तर्राष्ट्रिय सैन्य कारवाहीको तयारी पनि भएको छ तर रूसचीनको विरोधका कारण सैन्य कारबाहीको सम्भावना तत्कालका लागि टरेको छ।

सन्दर्भसम्पादन

  1. "Peddler's martyrdom launched Tunisia's revolution", Reuters, १९ जनवरी २०११। [dead link]
  2. "Uprisings in the region and ignored indicators", Payvand 
  3. Ruthven, Malise (२३ जुन २०१६), "How to Understand ISIS", New York Review of Books 63 (11), मूलबाट ७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१६ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named slogan
  5. http://gorkhapatraonline.com/news/26746