}}

बसर अल असद
بشار الأسد
सिरियाका राष्ट्रपति
कार्यकाल
१७ जुलाई २००० – २०२४
पूर्वाधिकारीहफिज अल असद
अब्दुल हमिद खद्दाम (कार्यवाहक)
बाथ पार्टिका आञ्चलिक सचिव
कार्यकाल
सन् २००० – २०२४
व्यक्तिगत विवरण
जन्म११ सेप्टेम्बर १९६५
राजनीतिक दलबाथ पार्टी
जीवन साथीआसमा अल असद
हस्ताक्षर
सैन्य सेवा
निष्ठा सिरिया
शाखा/सेवासिरिया सशस्त्र बल
सेवाको वर्षहरू१९८८-बर्तमान
श्रेणीमार्सल
एकाइरिपब्लिकन गार्ड (२००० अगाडि)
आदेशहरूसिरिया सशस्त्र बल
लडाई/युद्धहरूसिरियाली गृहयुद्ध

बसर अल असद (अरबी: بشار حافظ الأسد जन्म ११ सेप्टेम्बर १९६५) सिरियाली राजनीतिज्ञ हुन् जो १७ जुलाई २००० देखि राष्ट्रपतिको रूपमा रहिआएका छन्।[][] उनी सिरिया का पुर्व राष्ट्रपति हफिज अल असदका पुत्र हुन् ।

१० जुन २००० मा हाफिज अल असदको मृत्यु पछि सिरियाको संविधान संशोधन गरियो। राष्ट्रपति पदका लागि न्यूनतम उमेर आवश्यकता ४० बाट झारेर ३४ बनाइएको थियो जुन त्यस समयमा बशरको उमेर थियो।[] १० अप्रिल २००० मा असद ९७.२% समर्थनका साथ राष्ट्रपति बने।[][][] सिरियाका राष्ट्रपतिको रूपमा आफ्नो भूमिका अनुरूप, उनी सिरियाली सशस्त्र बलको कमाण्डर-इन-चीफ र बाथ पार्टीको क्षेत्रीय सचिव पनि नियुक्त भए। []

२७ मे २००७ मा, राष्ट्रपति पदको लागी भएको जनमत संग्रहमा असदलाई अर्को सात वर्षे कार्यकालको अनुमोदन गरियो । जसमा उनको निरन्तर नेतृत्वलाई ९७.६% मतको समर्थन प्राप्त गरेम्का थिए। देशमा विपक्षी दलहरूलाई अनुमति थिएन र जनमत संग्रहमा असद एक मात्र उम्मेद्वार थिए। []

सिरियाली गृहयुद्ध

सम्पादन गर्नुहोस्

सिरियामा २६ जनवरी २०११ बाट सामूहिक विरोध प्रदर्शन सुरु भयो। आन्दोलनकारीहरूले राजनीतिक सुधार र नागरिक अधिकारको बहालीका साथै १९६३ देखि लागू भएको आपतकालको अन्त्यको माग गरे।

लन्डन स्कूल अफ इकोनमिक्सले सिरियाली गृहयुद्धको परिणाम स्वरूप सिरियामा युद्ध अर्थव्यवस्थाको विकास भएको बताएको छ। []

सीरियन सेन्टर फर पलिसी रिसर्चले संयुक्त राष्ट्रसंघको रिपोर्टमा भनेको छ कि सिरियाली जनसंख्याको दुई तिहाई जनसंख्या अब अत्यन्त चरम गरिबीमा बाँचिरहेको छन्।[१०]

बेरोजगारी ५० प्रतिशत छ। [११]

इराक युद्ध र विद्रोह

सम्पादन गर्नुहोस्

सोरियाली र इराकी सरकार बीच लामो समयदेखि दुश्मनी भएपनि असदले २००३ को इराक माथि आक्रमणको बिरोध गरे। असदले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिरियाको सिट इराक आक्रमण रोक्न प्रयास गरे ।[१२]

इराकमा गठबन्धन सेनाका अमेरिकी कमान्डर जर्ज डब्लु. केसी जुनियर ले असद माथि "अमेरिका र मित्र सेनाबिरुद्ध बिद्रोहीलाई वित्तीय, लजिस्टिक, र तालिम सहयोग प्रदान गरेको" आरोप लगाएका थिए ।[१३] पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मोवाफक अल रुवाई र पूर्व प्रधानमंत्री नुरे अल मलिकीले लगायत इराकी नेताहरू असदमाथि इराकी मिलिसियालाई सहयोग गरेको आरोप लगाए।[१४][१५]

उनको शासनमा सिरियाको २००५ मा इजिप्टको साथ कूटनीतिक सम्बन्ध पुन: स्थापित भयो।

१९७८ मा, उनका बुबा हफिज अल-असादले इजिप्टको राष्ट्रपति अनवर सदतले इजरायलसँग क्याम्प डेभिड एकर्डमा शान्ति सम्झौता गरेपछि इजिप्टसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरेका थिए।

संयुक्त राज्य अमेरिका

सम्पादन गर्नुहोस्

उत्तर कोरिया

सम्पादन गर्नुहोस्

सार्वजनिक र व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Syrians Vote For Assad in Uncontested Referendum", The Washington Post, २८ मे २००७। 
  2. "Syria's Assad wins another term", BBC News, २९ मे २००७। 
  3. "The rise of Syria's controversial president Bashar al-Assad", ABC News, ७ अप्रिल २०१७, मूलबाट १६ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१७ 
  4. "Syrians Vote For Assad in Uncontested Referendum", The Washington Post, Associated Press, २८ मे २००७, अन्तिम पहुँच १३ मार्च २०१५ 
  5. "Syria's opposition boycotts vote on Assad" Reuters. May 18, 2007.
  6. Klatell, James (May 27, 2007). "Syrians Vote In Presidential Referendum" CBS News.
  7. "Syrian President Bashar al-Assad: Facing down rebellion", BBC News, २१ अक्टोबर २०१५। 
  8. Klatell, James (May 27, 2007). "Syrians Vote In Presidential Referendum" CBS News.
  9. "Local ceasefires best way to ease Syrians' suffering: researchers", Reuters, १० नोभेम्बर २०१४, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  10. Al-Khalidi, Suleiman (२८ मे २०१४), "Syria's economy heads into ruin: U.N. sponsored report", Reuters, मूलबाट २४ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  11. Naylor, Hugh (२९ नोभेम्बर २०१४), "Syria's Assad regime cuts subsidies, focuses ailing economy on war effort", The Washington Post, अन्तिम पहुँच ६ डिसेम्बर २०१४ 
  12. "Iraq war illegal, says Annan", BBC News, १६ सेप्टेम्बर २००४, अन्तिम पहुँच २६ अप्रिल २०१० 
  13. Thomas E. Ricks (१७ डिसेम्बर २००४), "General: Iraqi Insurgents Directed From Syria", The Washington Post, अन्तिम पहुँच ३ अगस्ट २०१० 
  14. "Iraq asked Syria's Assad to stop aiding 'jihadists': Former official", २० अक्टोबर २०१५, अन्तिम पहुँच ६ नोभेम्बर २०१६ 
  15. "Maliki blames Syria for attacks, Assad denies claim", ४ अक्टोबर २००९, अन्तिम पहुँच ६ नोभेम्बर २०१६ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्