सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यस दल निर्वाचन आयोगमा संविधान सभा निर्वाचन, २०६४ भन्दा केही अगाडि दर्ता भएको थियो।[] यस दल १२ विभिन्न जनजाति दलहरूको एकीकरणद्वारा बनेको थियो।[]

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
अध्यक्षकुमार लिङ्देन[]
महासचिवशर्मिला बागचन्द
स्थापना२०६०
विद्यार्थी सङ्गठनसङ्घीय विद्यार्थी सङ्घ[]
महिला सङ्गठनसङ्घीय महिला मञ्च[]
विचारधाराजातीय सङ्घीयता

समाजवाद
प्रदेश सभामा सिट
१ / ९३
(प्रदेश नं. १)
निर्वाचन चिह्न
वेबसाइट
फेडरलनेपाल.कम

उत्तर-पूर्वी नेपालमा एक लिम्बुवान स्वायत्त क्षेत्र गठनका लागि पार्टीले आन्दोलन गरेको छ।[] सङ्घीय लिम्बुवान राज्य परिषद् यस दलमा जोडिएको छ। [] सङ्घीय लिम्बुवान राज्य परिषद्, खुम्बुवान राज्य, ताम्सालिङ स्वायत्त राज्य परिषद् र संयुक्त थारु राष्ट्रिय मोर्चाको छाता सङ्गठन हो। यसमा अन्य १३ वटा जातीय मोर्चाहरू पनि समावेश छन्।[]

पार्टी सङ्घीय गणतन्त्र राष्ट्रिय मोर्चाको निर्वाचन दल हो।[]

स्थानीय तह निर्वाचन, २०७४मा दलले स्थानीय सरकारमा ७ सिटमा विजयी हासिल गरेको थियो। दलले प्रतिनिधि सभा निर्वाचन, २०७४प्रदेश सभा निर्वाचन, २०७४मा पनि भाग लिएको थियो। दल प्रतिनिधि सभामा सिट बिहिन बनेको थियो भने यसले प्रदेश नं. प्रदेश सभामा १ समानुपातिक प्रतिनिधित्व मार्फत १ सिट जितेको थियो।[१०]

चुनावी प्रदर्शन

सम्पादन गर्नुहोस्
निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# % # +/-
२०६४ कमल छारहाङ ७१,९५८ ०.६७
२ / ५७५
१५औँ नेकपा (माओवादी)–नेकपा (एमाले)–मधेसी जनअधिकार फोरम, नेपाल
२०७४ कुमार लिङ्देन २१,६१० ०.३
० / २७५
    १७औँ नेकपा (एमाले)-नेकपा (माओवादी केन्द्र)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. भट्टराई, नविन, "लिङ्देन नेतृत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठन", अनलाइन खबर, अन्तिम पहुँच २२ अप्रिल २०१८ 
  2. "दमक क्याम्पस इकाई समिति गठन", Federal Nepal, अन्तिम पहुँच २३ अप्रिल २०१८ [स्थायी मृत कडी]
  3. "प्रदेश सांसदमा उपाध्यक्ष बिष्णु तुम्बाहाङफे", Federal Nepal, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, अन्तिम पहुँच २३ अप्रिल २०१८ [स्थायी मृत कडी]
  4. पार्टीको सूची — Election Commission of Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०२ मिति
  5. The janajatis are trying to replicate the tarai uprising, but can they? - Nepali Times
  6. eKantipur.com - Nepal's No.1 News Portal[स्थायी मृत कडी]
  7. The Himlayan Times: Breaking News, Views, Reviews, Sports, Business, Entertainment from Nepal[स्थायी मृत कडी]
  8. http://www.crwflags.com/fotw/flags/np%7Dfdnf.html retrieved on 20 March 2013
  9. Nepalnews.com, news from Nepal as it happens
  10. "Provincial PR seat allocation to parties complete", द हिमालय टाइम्स (अङ्ग्रेजीमा), २०१७-१२-२२, अन्तिम पहुँच २०१८-०४-२३