विकी विमिन एडिटाथन २०१९

 
विकी विमिन एडिटाथन २०१९

यस विकिपिडियामा विगतका वर्षहरूमा जस्तै हुँदै आएको कार्यक्रम विकी विमिन एडिटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।

  • कार्यक्रम मार्च ८ देखी अप्रिल ८ सम्म संचालन हुने ।
  • मार्च महिनाभर नारीमा समर्पित विभिन्न अनलाइन एडिटाथन तथा आउटरीच कार्यक्रम संचालन गरिने ।
  • यस वर्षको कार्यक्रममा महिला स्वास्थ तथा महिला समन्धित सामाजिक क्रियाकलापको लेख लेखिने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तररमा ख्याती प्राप्त प्रतिभाशाली नेपाली ब्यक्तित्वहरूको लेख नेपाली, मैथिली, डोटेली, नेवारी र नेपालमा बोलिने अन्य भाषा लगायत अन्तर्राष्ट्रिय भाषामा लेख लेखिने ।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु ।

प्रस्तावक

-Nabin K. Sapkota (कुरा गर्ने) १२:४४, ७ मार्च २०१९ (युटिसी(UTC))

मत राख्नुहोस्

छलफल

विकी लभ्स अर्थ २०१९ आयोजन समूह गठनको लागि प्रक्रिया थाल्न आह्वान

नमस्ते
प्रत्येक वर्ष मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता विकी लभ्स अर्थमा विभिन्न राष्ट्रहरूको सहभागिता हुँदै आएको प्रायः सबै विकिपिडियनमा सर्वविदितै छ। राष्ट्रिय आयोजकको रुपमा नेपालले सन् २०१४ देखि नै यस फोटोग्राफी प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। यस फोटोग्राफी प्रतियोगितामा नेपालको सहभागितालाई यस वर्षपनि सक्रियताका साथ निरन्तरता दिनको लागि २४ दिन मात्र बाँकी रहेकोले सो समयावधि भन्दा अगावै एउटा ससक्त आयोजन समूहको गठनको लागि प्रक्रिया थाल्न सबैमा अनुरोध गर्दछु। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०७, ६ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समूह

प्रतियोगिता आयोजन समूहको सदस्यताको लागि आफ्नो नाम सहित आफ्नो विकी अनुभव र प्रतियोगिता आयोजक समूहमा आफ्नो भूमिका सम्बन्धी विवरण (५० शब्दमा) सन् २०१९ अप्रिल २१ सम्ममा आफ्नो नाम यहाँ प्रस्ताव गर्न सबैमा अनुरोध गर्दछु।

  • विगत ५ वर्ष देखि नेपालको विकिपिडिया अन्दोलनमा एक उलेखनीय भूमिका निभाउदै आएको र बार्षिक रुपमा संचालन हुदै गरेको यस कार्यक्रम विकी लभ्स अर्थको छैठों संस्करण विकी लभ्स अर्थ २०१९ मा विगतका कार्यगत कमीकमजोरीहरूलाई सच्चाई, नेपालको प्राकृतिक सम्पदाको भरपुर उजागर र उचित मुल्यांकन हुने गरि कार्यक्रम संचालन गर्न कार्यक्रम संयोजकको रुपमा म प्रयोगकर्ता:Nabin K. Sapkota आफ्नो नाम प्रस्ताब गर्न चाहन्छु । यसका साथै विकिपिडियामा संचालन हुने अन्य कार्यक्रममा जस्तै यस कार्यक्रममा पनि सम्पूर्ण प्रयोगकर्ता मित्रहरूमा उलेखनीय योगदान गर्नहुन आग्रह गर्न चाहन्छु । धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) ०५:५३, ७ अप्रिल २०१९ (युटिसी(UTC))
  • प्रयोगकर्ता:Nirmal Dulal २०१० देखि विकिपीडियामा सकृय रही योगदान गर्दै आएको छु तथा विभिन्न प्रतियोगिता तथा परियोजनाको संयोजकको रूपमा पनि कार्य गरिसकेको छु, यस कार्यक्रम विकी लभ्स अर्थको छैठों संस्करण विकी लभ्स अर्थ २०१९ मा म फोटोवक संयोजकको रूपमा सहभागी हुन चाहन्छु। - निर्मल दुलाल (कुरा गर्नुहोस) १०:०९, १० अप्रिल २०१९ (युटिसी(UTC))
  • विकिपिडियाका विभिन्न परियोजनाहरूमा सक्रिय रही योगदान गर्दै आइरहेको तथा विकिपिडिया/विकिमिडियाका अनलाइन र अफलाइन कार्यक्रमहरूमा पनि आयोजकको रूपमा सहभागी भइसकेको हुनाले म निराजन पन्त (User:Nirajan pant) यस आयोजन समूहमा सदस्यताको लागि निवेदन गर्दछु। --Nirajan pant (कुरा गर्ने) ०७:०८, २१ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समितिको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्ताव

आयोजन समितिको गठन भइसकेपछि प्रतियोगिताको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्तावको रूपरेखा आयोजन समितिद्वारा सन् २०१९ अप्रिल २५ सम्ममा अद्यावधिक गरिनेछ।

उद्देश्य

  • नेपालको विभिन्न क्षेत्रमा अवस्थित प्राकृतिक सम्पदाहरुको पहिचान र उजागर गर्ने।
  • नेपालमका अवस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू भ्रमण गरि उजागर गर्ने।
  • प्रतियोगितामा गरिएका तस्वीर नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडिया पृष्ठ तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।
  • विभिन्न फोटोग्राफी संस्था तथा फोटोग्राफरहरूसँग सहकार्य गर्ने।
  • नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडियामा आबद्ध विकिपिडियन प्रयोगकर्ताको सभागिता गराई सद्भावका साथ नेपालमा विकिपिडिया संस्कृतिको विकास गर्ने।

अनुदान प्रस्ताव

प्रयोगकर्ता:Biplab Anand जी द्वारा निम्न उल्लेखित सुझाबको आधारमा समयको पवान्दिलाई ख्याल गर्दै समुदायको नाममा अनुदान प्रस्ताव प्रस्तुत गरिएको कुरा अवगत गराउन चाहन्छु । --Nabin K. Sapkota (कुरा गर्ने) १६:१३, १५ अप्रिल २०१९ (युटिसी(UTC))

टिप्पणी

  •   टिप्पणी विकिमिडिया फाउन्डेसनद्वारा शीघ्रातिशीघ्र अनुदान अङ्ग्रेजी महिनाको १ तारिख देखि १५ तारिखसम्म मात्र गर्न सकिने प्रावधान भएको हुनाले उपरोक्त प्रस्तावित समयसीमामा अनुदान आउन समेत समय लाग्ने भएको हुनाले कार्यक्रम प्रभावित हुनसक्ने मेरो बुझाई रहेको छ। तसर्थ मेरो विचारमा हालसम्म आयोजन समितिको लागि इक्षा देखाउनुभएका सदस्यहरूले प्रतियोगिताको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्तावको रुपरेखा बनाउन ध्यान दिनु आवश्यक देखिन्छ। आफ्नो मत राख्नहुन सबैमा अनुरोध गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:११, १३ अप्रिल २०१९ (युटिसी(UTC))
  •   टिप्पणी यस संस्करणमा विगतमा नसमेटिएका क्षेत्रहरू तथा विषयवस्तुहरू समेटिन आवश्यक छ। यसै गरी अहिले सम्मका संस्करणहरूलाई हेर्दा गुणस्तरीय तस्वीरहरूको अभाव नै देखिन्छ साथै अपलोड गरिएका तस्वीरहरू विवरण बिना राखिएका छन् जुन उपयुक्त छैनन्। तसर्थ एउटा व्यवस्थित मापदण्डको आवश्यकता देख्तछु। प्रस्तावित विकी लभ्स अर्थ २०१९को दौरानमा विवरण बिना अपलोड गरिएका, कम गुणस्तरीय र दोहोरिएका तस्वीरहरूलाई मेटाउन सकिने कुराहरू पनि मापदण्डमा राखिनु पर्दछ। यसले पक्कै पनि गुणस्तर कायम राख्न मद्दत गर्नेछ।--Nirajan pant (कुरा गर्ने) १२:२५, २१ अप्रिल २०१९ (युटिसी(UTC))
  •   टिप्पणी यस वर्षको विकी लभ्स अर्थ, नेपाल प्रतियोगिताको मुख्य प्राथमिकतामा हामीले प्रयोगकर्ताहरूद्वारा गुणस्तरीय तस्वीर अपलोड गराउनुमा केन्द्रित राख्नुपर्ने देखिन्छ साथै त्यस्ता प्राकृतिक सम्पदाहरूलाई सूचीको अग्रपङ्क्तिमा राख्नुपर्छ जुन सम्पदाको तस्वीर अहिलेसम्म विकिमिडिया कमन्समा अपलोड भइसकेको छैन। यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न हामीले गुणस्तरीय तस्वीर अपलोड गर्ने र विशेष तस्वीर अपलोड गर्ने प्रयोगकर्तालाई छुट्टै पुरस्कारको व्यवस्था गर्नुपर्ने मेरो बुझाई रहेको छ। कमन्समा रहेको प्रतियोगिता पृष्ठमा हामीले त्यस्ता सम्पदाहरूको सूचीलाई सुधार गर्नुपर्छ जसले पक्कै पनि हामीलाई सहयोग गर्नेछ। यस वाहेक अनुदान प्रस्तावमा तय गरिएको लक्षित तस्वीर सङ्ख्यालाई घटाएर ५००, गुणस्तरीय तस्वीरको सङ्ख्या १०० र विशेष तस्वीर सङ्ख्यालाई २५ गर्न सकिन्छ। यसले प्रत्यक्ष रुपमा प्रतियोगिता अवधिमा अपलोड हुने तस्वीरको प्रयोग विकी लेखमा हुनेछ। हामीले सङ्ख्याभन्दा गुणस्तरीयतामा ध्यान दिनु आवश्यक छ।

—प्रतियोगिता अवधि भरिमा अपलोड हुने तस्वीरहरूलाई कमन्सको गुणस्तरीय अनुभागमा राख्ने कार्यमा मेरो सक्दो सहयोग रहनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३२, २१ अप्रिल २०१९ (युटिसी(UTC))


प्रस्तावित आयोजन समिति

आदरणीय मित्रहरू, बिगत केही साता देखि चलिरहेको यस चौतारीको छलफल र छलफलले पच्चाएको सहभागिता, समर्थन अनि गहकिला सुझावको आधारमा समुदायको एककृत पहलमा कार्यक्रम सञ्चालनको निम्ति निम्न उल्लेखित प्रयोगकर्ता साथीहरूमा जिम्मेवारी वहन गरिदिनहुन हार्दिक आग्रह गर्दै यस आयोजन समिति प्रस्ताव गर्न चाहन्छु।

  • कार्यक्रम संयोजन तथा सामाजिक सञ्जाल व्यवस्थापन
Nabin K. Sapkota
  • फोटोवाक कार्यक्रम संयोजन
Nirmal Dulal
Bijay chaurasia
  • गुणस्तरीय तस्वीर छनोट प्रक्रिया
Biplab Anand
  • आर्थिक व्यवस्थापन तथा आर्थिक पारदर्शिता
Nabin K. Sapkota
Nirjal Shrestha
Nirajan pant
  • फोटो एडिटाथन सञ्चालन
BRPever
Nirajan pant
  • श्रेणी व्यवस्थापन
Tulsi Bhagat
BRPever
  • उत्कृस्ट तस्वीर छनोट तथा नतिजा प्रकाशन
Nabin K. Sapkota
Nirmal Dulal
Bijay chaurasia
  • प्रतिवेदन तथा ब्लग निर्माण
Nabin K. Sapkota
Biplab Anand

माथि प्रस्तावित कार्यसमिति समिति बाहेक पनि सम्पूर्ण प्रयोगकर्ता साथीहरूमा आफुले देहाएको कार्य पङ्क्तिमा आफ्नो नाम उल्लेख गर्नहुन तथा माथि उल्लेखित कार्यसमिति प्रति कुनै सल्लाह, सहमती र असहमति छ भने शीघ्र आफ्नो धारणा प्रस्तुत गर्नुहुन अनुरोध गर्न चाहन्छु। -Nabin K. Sapkota (कुरा गर्ने) १०:४०, २७ अप्रिल २०१९ (युटिसी(UTC))

फोटो एडिटाथन सञ्चालन सम्बन्धमा

फोटो एडिटाथन सञ्चालन सम्बन्धमा भएको छलफलबाट फोटो एडिटाथन को निम्नानुसारको कार्यबिधि प्रस्ताव गरिएको छ।

प्रस्तावित एडिटाथनको उद्देश्य विकी लभ्स अर्थ २०१९ को अवधिमा अपलोड गरिएका तस्वीरहरूलाई व्यवस्थित गर्ने तथा ती तस्वीरहरूलाई विकिपिडियामा रहेका लेखहरूमा आवश्यक स्थानमा उचित रूपले प्रयोग गर्ने रहेको छ।

क्रियाकलाप

  1. अपलोड भएका तस्वीरहरूलाई विकिपिडियाका लेखहरूमा प्रयोग गर्ने। (प्रतियोगिता अवधिभरिमा अपलोड गरिएका तस्वीरहरूलाई नेपाली, मैथिली, डोटेली, नेवारी, संस्कृत, भोजपुरी, सान्थाली विकिपिडियाहरूका लेखमा तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।)
  2. तस्वीर प्रयोग गरी लेख सामग्री सुधार गर्ने।
  3. तस्वीरहरूको श्रेणीकरण गर्ने
  4. अपलोड गरिएका तस्वीरहरूलाई आवश्यक सुधारको लागि नामाङ्कन गर्ने
    1. छुटेको विवरण थप्नको लागि अपलोडकर्तालाई सूचित गर्ने,
    2. दोहोरिएका, कम गुणस्तरीय तथा प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने तस्वीरहरूलाई मेटाउन नामाङ्कन गर्ने, इत्यादि

एडिटाथनको अवधि विकी लभ्स अर्थ २०१९ शुरू भएको १५औं दिन देखि ४५औं दिनसम्म एडिटाथन चल्नेछ।

ध्यान दिनुपर्ने कुराहरू

  • फोटो एडिटाथन कार्यक्रम माथि उल्लेख गरिएका विकि परियोजनाहरूमा मात्र सञ्चालन गर्न सकिनेछ।
  • कार्यक्रममा अपलोड भएका चित्र मात्र मान्य हुनेछन्।
  • जथाभावी चित्र प्रयोग गर्न र आवश्यकता नभएको अवस्थामा चित्रावली बनाउन पाइनेछैन्।

फोटो एडिटाथन सञ्चालन समितिको तर्फ बाट Nirajan pant (कुरा गर्ने) ०३:४४, ६ मे २०१९ (युटिसी(UTC))

माथिको प्रस्ताव माथि आफ्नो विचार तथा टिप्पणीको लागि सबैलाई स्वागत छ।--Nirajan pant (कुरा गर्ने) ०३:४४, ६ मे २०१९ (युटिसी(UTC))

छलफल/विचार/टिप्पणी


विकी लभ्स अर्थ २०१९को समय अबधि थपिएको समन्धमा

विकी लभ्स अर्थ २०१९ परियोजना मे २०१९ सम्म मात्र संचालन गरिने उल्लेख गरिएता पनि केहि कार्यगत बिलम्बता तथा त्रुटिका कारण समय अबधि थपिएको जानकारी गराउन चाहन्छौ । - Nabin K. Sapkota (कुरा गर्ने) ०२:५५, ३१ मे २०१९ (युटिसी(UTC))

विकी लभ्स अर्थ २०१९को फोटोवाक सम्बन्धमा

 

आदरणीय विकिपिडियन मित्रहरू विकी लभ्स अर्थ २०१९ अन्तर्गत निम्न मिति तथा स्थानमा फोटोवाक कार्यक्रम सञ्‍चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्‍चालन तथा सहभागिताको लागि आह्‍वान गर्दछु । --निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:४७, ४ जुन २०१९ (युटिसी(UTC))

कार्यक्रममा सहभागिता हुनको लागि

कार्यक्रम सम्बन्धी जानकारी

मितिः २०७६ जेठ २६ गते, आइतबार
समयः १०:०० देखि २:००
स्थानः गोदावरी बोटानिकल गार्डेन
सहभागीहरू: सम्पूर्ण फोटोवाकमा इच्छुक मित्रहरू

छलफल‍ तथा टिप्पणी

  • धन्यवाद @Nirmal Dulal: जी, यस प्रस्तावमा मेरो समर्थन छ। तर आइतवार दिन कार्यालय जानु पर्ने भएको हुँदा समय मिलाउन गाह्रो पर्ने जानकारी गराउँदछु। तसर्थ शनिवार (२५ गते)को दिन प्रस्तावित कार्यक्रमलाई मिलाउन सके सूनमा सुगन्ध हुने थियो। Nirajan pant (कुरा गर्ने) १४:५६, ४ जुन २०१९ (युटिसी(UTC))
  • शनिवार भएको अवस्थामा सहभागिता बढि हुने अनुरोध साथ समर्थन ।Nirjal stha (कुरा गर्ने) १५:४५, ४ जुन २०१९ (युटिसी(UTC))
  • यो फोटोवाक भनेको के हो? मलाई स्पष्टसँग बुझाइदिनुहुन अनुरोध गर्दछु।-हिमाल सुबेदी (कुरा गर्ने) ०२:२९, ५ जुन २०१९ (युटिसी(UTC))
फोटोवाक भनेको कुनै स्थानको भ्रमण गरेर उक्त स्थानबाट विकिप्रोजेक्टको लागि उपयोगी हुने तस्वीरहरू खिचेर सङ्कलन गरी विकिमिडिया कमन्समा उचित तरिकाले उर्ध्वभरण गर्ने एउटा सानो कार्यक्रम हो। अहिले विकि लभ्स अर्थ कार्यक्रम चलिरहेको अवस्थामा गोदावरी बोटानिकल गार्डेनमा रहेका प्रकृतिका विविध अवयवहरूको तस्वीर खिच्ने र विकिमिडिया कमन्सको माध्यमबाट संसार सामू पुर्‍याउने उद्देश्य प्रस्तावित फोटोवाकको रहेको छ। Nirajan pant (कुरा गर्ने) ०३:३७, ५ जुन २०१९ (युटिसी(UTC))
  • सबै आवश्यकता भन्दा माथिको बखवास

Bhupendra Shrestha (कुरा गर्ने) १३:५५, २० जुन २०१९ (युटिसी(UTC))