काष्ठमण्डप (नेवारी: मरु सत; शाब्दिक अर्थ "काठले ढाकिएको आश्रय") एक तीन-तले सार्वजनिक आश्रय थियो जसमा वसन्तपुर दरबार क्षेत्र, नेपाल स्थित गोरक्षनाथको लागि पवित्र मन्दिर समावेश थियो। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको निर्माण गर्न लगाएका हुन भन्ने उल्लेख भएको पाइन्छ भने बिषेत नाम गरेका ब्याक्तिले निर्माण गरेको लेख भेटिन्छ। अस्तित्व रहेको स्पष्ट हुन्छ।[]

काष्ठमण्डप
काष्ठमण्डप
प्राथमिक विवरण
स्थान:काठमाडौँ
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ जिल्ला
राज्यबागमती प्रदेश
देशनेपाल
वास्तुकला प्रकारछाने शैली

काष्ठमण्डप शब्द संस्कृत भाषाबाट आएको हो जसको अर्थ काठको मण्डप हो।[] काष्ठमण्डप शब्दको सबैभन्दा पुरानो लिखित उल्लेख विक्रम संवत् १२ औं शताब्दीमा लिखित "नामसङ्गीति" ग्रन्थमा फेला पार्न सकिन्छ।[] काष्ठमण्डपको लागि नेवारी भाषाको शब्द "मरु सत" हो जसको अर्थ काठले ढाकिएको आश्रय हो।[] २०औँ शताब्दीको अन्तमा लेखिएका पुरानो पाण्डुलिपिहरूको पुष्पिका नेपाल मण्डलमा काठमाडौँलाई काष्ठमण्डप महानगर भनेर सम्बोधन गरिएको छ।[]

महानगरको अर्थ 'महान सहर' हुने गर्छ। यो सहरलाई हालसम्म पनि बौद्ध भिक्षु तथा पुजारीहरूले काष्ठमण्डप नै भन्ने गरेका छन्। यसैकारण काठमाडौँलाई काष्ठमण्डप पनि भन्ने गरिन्छ। मध्ययुगमा यो सहरलाई 'कान्तिपुर' पनि भनिन्थ्यो। यो नाम दुई संस्कृत शब्द 'कान्ति' र 'पुर' बाट आएको हो। कान्ति शब्दको अर्थ 'सौन्दर्य' हुन्छ र प्रायः प्रकाशसँग सम्बन्धित छ तथा पुरको अर्थ 'ठाउँ' हुन्छ यसैले यो सहरले 'प्रकाशको सहर' भन्ने अर्थ दिन्छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. काष्ठमण्डपको कथा[स्थायी मृत कडी] गोरखापत्र
  2. २.० २.१ २.२ थापा, रमेशजंग (३ अप्रिल १९६८), "काष्ठमण्डप", डिजिटल हिमालय, प्राचीन नेपाल, अन्तिम पहुँच ११ भदौ २०८० 
  3. "प्रदेश नम्बर ३ को नाम 'नेपाल मण्डल' राख्न माग", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  4. नेपाली, किशोर, "खुम्चिँदै गएको हाम्रो सहर", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१