भारतीय प्राविधिक संस्थान

thumb|300px| आई आई टी खडगपुरको मुख्य भवन भारतीय प्राविधिक संस्थान अर्थात आई आई टी (इंडियन इंस्टीट्यूट्स आफ टेक्नालजी) भारतको ७ स्वायत्त प्राविधिक शिक्षा संस्थान हो। यो संस्थान भारत सरकार द्वारा स्थापित गरिएको "राष्ट्रिय महत्वको संस्थान" हो। ईसवी सन २००६को अनुमान अनुसार सबै आई आई टी जोडेर हेर्दा १७,००० पूर्व-स्नातक तथा १३,००० स्नातक छात्र छन्। आई आई टीको वर्तमान तथा पूर्व विद्यार्थीलाई आईआईटियन भनिन्छ। भारतमा पन्द्र आई आई टी छन :

इतिहाससम्पादन

भारतीय प्राविधिक संस्थानहरूको स्थापनाको इतिहास ईसवी सन १९४६ पुग्छ जब जोगेंद्र सिंहले भारतमा उच्च शिक्षाको संस्थानको स्थापनाको लगी एक समिति गठन गरे। नलिनी रंजन सरकारको अध्यक्षतामा गठित समितिले भारत भरीमा यस्तो संस्थानहरूको गठनको सिफारिश गरे। यि सिफारिसहरूलाई ध्यानमा राख्दै पहिलो भारतीय प्राविधिक संस्थानको स्थापना कलकत्ताको नजीक स्थित खडगपुरमा १९५०मा भयो। शुरुआतमा यो संस्थान हिजली कारावासमा अवस्थित थियो। १५ सेप्टेम्बर १९५६मा भारतको संसदले "भारतीय प्राविधिक संस्थान ऐन" लाई मन्जुरी दिदै आई आई टी लाई "राष्ट्रिय महत्वको संस्थान" घोषित गरिदियो।

यसै सिलसिलामा अन्य आई आई टीको स्थापना मुम्बई (१९५८), मद्रास (१९५९), कानपुर (१९५९), तथा नयाँ दिल्ली (१९६१)मा भयो। असममा छात्र आन्दोलन चन्दै गर्दा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले असममा पनि एक आई आई टीको स्थापनाको वचन दिए जिसके परिणामस्वरूप १९९४मा गुवाहाटीमा आई आई टी की स्थापना भयो। सन २००१मा रुडकी स्थित रुडकी विश्वविद्यालय लाई पनि आई आई टीको दर्जा दिईयो।

आई आई टीको महत्वसम्पादन

आई आई टीमा शिक्षित ईन्जिनियर तथा शोधार्थिहरूको चिन्हारी पुरै भारत, र केही हदसम्म, अमेरिकामा पनि छ। यद्यपि, यो परिचय मुख्यतः ती ईन्जिनियरहरूसँग छ जसले यहाँबाट बी टेक की डिग्री लिएका छन्। आई आई टीको प्रसिद्धीको कारण, भारतमा ईन्जिनियरको पढन इच्छुक प्रत्येक विद्यार्थी यि संस्थानहरूमा प्रवेश पाउने 'महत्वाकांक्षा' राख्दछन। यि संस्थानहरूमा स्नातक स्तरको पढाईमा प्रवेश एक संयुक्त प्रवेश परीक्षा (JEE)को आधारमा हुदछ। यो परीक्षा धेरै कठिन मानिन्छ र यसको तैयारी गराउनको लागि देश भरमा हजारौ 'कोचिंग क्लासेस्' चलाईएको छ। आई आई टी तन्त्रको कहिले कहि आलोचना गरिन्छ कि भारतको गरीब जनताको पैसामा यसमा पढेर आएकाहरू पैसा कमाउने लालचमा देश छोडेर यूएसए वा अरु कुनै देशमा जान्छन, जसको कारण यसबाट भारतलाई अपेक्षित लाभ प्राप्त हुदैन।

बाहिरी कडिहरूसम्पादन

समाचारसम्पादन

ढाँचा:भारतीय प्राविधिक संस्थान

ढाँचा:Link FA ढाँचा:Link FA