विशाखापट्टनम (उपनाम भाइज्याग) भारतको राज्य आन्ध्र प्रदेशको सबैभन्दा ठुलो र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। यो बङ्गालको खाडीको तटमा अवस्थित छ। यो विशाखापट्टनम जिल्लाको मुख्यालय सहर र आन्ध्र प्रदेशको आर्थिक राजधानी हो।[४] सन् २०११ को भारतको जनगणना अनुसार, यस सहरको जनसङ्ख्या २०,३५,९२२ रहेको छ जसले यसलाई भारतको सबभन्दा बढी जनसङ्ख्या हुने १४औँ क्रमको सहर बनाएको छ।[१] विशाखापट्टनम महानगरीय क्षेत्र भारतको महानगरीय क्षेत्रहरूको आधारमा ९औँ क्रममा रहेको छ जसको जनसङ्ख्या ५३,४०,००० रहेको छ।[५]

विशाखापट्टनम
Visakhapatnam
విశాఖపట్నం
भाइज्याग - वेलटेयर
उपनाम(हरू): 
द सिटी अफ डेस्टिनी,
पूर्वी तटको गहना
आन्ध्र प्रदेशको आर्थिक राजधानी
देशभारत
राज्यआन्ध्र प्रदेश
जिल्लाविशाखापट्टनम
नामकरणविशाख
सरकार
 • अङ्गविशाखापट्टनम नगर निगम परिषद
क्षेत्रफल
 • महानगर५४०.०० किमी (२०८.५० वर्ग माइल)
 • महानगर५,५७३ किमी (२१५२ वर्ग माइल)
उन्नतांश४५ मिटर (१४८ फिट)
जनसङ्ख्या
 (२०११)
 • महानगर२०३५९२२
 • क्रम१औँ
 • घनत्व३८००/किमी (९८००/वर्ग माइल)
 • महानगर५,३४०,०००
वासिन्दाभाइज्यागाइट
भाषाहरू
 • आधिकारिकतेलगु
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
५३० ०XX, ५३१ १XX
टेलिफोन कोड+९१-८९१-XXX XXXX
सवारी दर्ताAP–31,32,33,34
वेबसाइटनगर निगम

यो एक प्राकृतिक तथा सुरक्षित समुद्री बन्दरगाह हो। कृषि तथा खनिज सम्पदामा समृद्ध आन्ध्र प्रदेश, मध्य प्रदेशउडिसा राज्य यस बन्दरगाहको पृष्ठ-प्रदेश भनिने गरिन्छ। यो एक उल्लेखनीय मत्स्य-शिकारको केन्द्र पनि हो। विशाखापट्टनम आन्ध्र प्रदेशको उत्तरी सरकारी तटमा गोदावरी नदीको मुखको उत्तरमा अवस्थित छ। विशाखापट्टनमलाई भाइज्यागको नामले पनि चिनिने गरिन्छ। विशाखापट्टनम भारतको चौथौ सबैभन्दा ठुलो बन्दरगाह हो। यो भारतीय नौसेनाको पूर्वी कमाण्डको केन्द्र हो।

महत्त्व सम्पादन गर्नुहोस्

विशाखापट्टनमको बन्दरगाहको महत्त्व भारतभरी नै निक्कै लोकप्रिय रहेको छ किनभने यो कोरोमण्डल तटमा अवस्थित एकमात्र संरक्षित बन्दरगाह हो। यसमा हालमा गरिएको सुधारहरूले अब यहाँ १०.२ मिटर अग्लो पनडुब्बीहरूलाई आश्रय दिन सक्षम छ। यो सहर एक महत्त्वपूर्ण पोत निर्माण केन्द्र पनि हो। भारतमा बनेको पहिलो स्टीमरलाई विशाखापट्टनमको बन्दरगाहमा सन् १९४८ मा उद्घाटन गरिएको थियो। विशाखापट्टनम क्षेत्रको अर्थव्यवस्थाको आधार कृषि हो।

शिक्षण संस्थान सम्पादन गर्नुहोस्

बङ्गालको खाडीको उत्तरी ध्रुवमा अवस्थित उपनगर वाल्टेयरमा आन्ध्र विश्वविद्यालय रहेको छ। यहाँको शैक्षिक संस्थानहरूमा आन्ध्र मेडिकल कलेज, कलेज अफ नर्सिङ्ग, कलेज अफ इन्जिनियरिङ, गान्धी इन्स्टट्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट र कयौँ महाविद्यालय छन्।

उद्योग सम्पादन गर्नुहोस्

विशाखापट्टनममा पानी जहाज बनाउने कारख़ाना रहेको छ। यो एउटा प्राकृतिक तथा सुरक्षित समुद्री बन्दरगाह हो। कृषि तथा खनिज सम्पत्तिमा समृद्ध आन्ध्र प्रदेश, मध्य प्रदेश र उडिसा राज्य यस बन्दरगाहको पृष्ठ प्रदेश भन्ने गरिन्छ। यो एक उल्लेखनीय मत्स्य-शिकार केन्द्र पनि हो।

पर्यटन सम्पादन गर्नुहोस्

विशाखापट्टनम प्राचीन बौद्ध विरासत, भूवैज्ञानिक चमत्कार, प्रसिद्ध मन्दिरहरूको एक उदार मिश्रणमा संस्कृति, कला र शिल्प आदिको लागि प्रसिद्ध छ। यो सहर समयानुसार परिवर्तन हुँदै परिमार्जित हुँदै आएको छ, यहाँ सम्म की यो सहर आफ्नो समृद्ध इतिहासको संरक्षण प्रति सजग छ। यसको सुन्दर पूर्वी घाट बङ्गालको खाडीको निलो पानीमाथि एक अनौठौ स्पर्श दिने गर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Municipalities, Municipal Corporations & UDAs" (PDF), Directorate of Town and Country Planning, Government of Andhra Pradesh, मूलबाट ७ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २८ जनवरी २०१६ मिति
  2. २.० २.१ "Key Facts on VMR" (PDF), Visakhapatnam Urban Development Authority, पृ: 44–45, अन्तिम पहुँच २१ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  3. "Elevation for Visakhapatnam", Veloroutes, अन्तिम पहुँच २६ अगस्ट २०१५ 
  4. "Administration-AP-Financial Capital", Visakhapatnam, २९ अप्रिल २०१५, अन्तिम पहुँच १३ अगस्ट २०१५ 
  5. "Key Facts Of VMR www.vuda.gov.in", अन्तिम पहुँच १७ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्