बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) बङ्गालको खाडीका नजिकका तथा यसको उपभोगकर्ता दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको प्राविधिक तथा आर्थिक सहयोग सङ्गठन हो । यसका सदस्य राष्ट्रहरूमा नेपाल, भारत, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, भुटान र बङ्गलादेश पर्छन ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास | |
---|---|
![]() | |
सचिवालय | ढाका, बङ्गलादेश[१] |
सदस्यता | |
नेताहरू | |
• अध्यक्षता | ![]() |
स्थापना | ६ जुन १९९७ |
वेबसाइट bimstec |
पृष्ठभूमिसम्पादन
०६ जुन १९९७ मा थाइल्याण्डको बैङ्ककमा बिस्टेक (बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) नामक एक समूह गठन भयो । २२ डिसेम्बर १९९७ मा म्यानमार पनि यस समुहको सदस्य राष्ट्र भएपछी यसको नाम परिवर्तन भई बिम्सटेक (बङ्गलादेश, भारत, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) भयो । फेब्रुअरी २००४ मा नेपाल र भुटान पनि यस समुहको सदस्य राष्ट्र भए । ३१ जुलाई २००४ मा बैङ्ककमा यसको पहिलो सम्मेलनमा यसको नाम परिवर्तन गरी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) बनाइयो ।
इसं २०१४ मा बङ्गलादेशको ढाकामा यसको स्थायी सचिवालय स्थापना गरियो ।
बिम्सटेक सम्मेलनहरूसम्पादन
नम्बर | मिति | आयोजक राष्ट्र | सम्मेलन भएको सहर |
---|---|---|---|
प्रथम | ३१ जुलाई २००४ | थाइल्यान्ड | बैङ्कक |
द्वितीय | १३ नोभेम्बर २००८ | भारत | नयाँ दिल्ली |
तृतीय | ४ मार्च २०१४ | म्यानमार | नेपिडा[२] |
चौथो | ३०, ३१ अगस्ट २०१८ | नेपाल | काठमाडौँ[३] |
पाँचौ | 30 March, 2022 | श्रीलङ्का | कोलम्बो[४] |
योजनाहरूसम्पादन
- सडक तथा रेलमार्ग
- कोस्ट ढुवानी
- पावर ग्रिड इन्टर-कनेक्सन
- क्षेत्रीय प्रकोप अनुगमन र चेतावनी प्रणाली
बिम्सटेकका हालका नेताहरूसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Nepal unlikely to host fourth 'Bimstec' summit this year", Business Standard India, ३ जुन २०१६, अन्तिम पहुँच १७ डिसेम्बर २०१६।
- ↑ "BIMSTEC Summit", Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation, अन्तिम पहुँच १७ डिसेम्बर २०१६।
- ↑ "Nepal proposes dates for Bimstec Summit", Business Standard India, ५ जुन २०१८, अन्तिम पहुँच १ जुलाई २०१८।
- ↑ "4th BIMSTEC Summit: Kathmandu Declaration adopted by Member States", अन्तिम पहुँच ३१ अगस्ट २०१८।