कुलदेवता पूजाभनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो। शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ। जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्ध का साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ । कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ । जिवबलीमा राँगा, बोका, सुँगूर, कुखुरा, हाँस आदी पशुपंक्षीहरूको बलि दिएर पूजा गरिन्छ । जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने रहेको छ । [१] तर हिन्दूधर्मको पवित्र धार्मीक ग्रन्थ गिता र श्रुतीमा हिंसा गर्नु महापातक हुने कुरा भनिएकोले कुलायन पूजा गर्दा दुध, खिर, फलफूलको भोग लगायर पूजा गर्नु पर्छ भनिएको छ ।

सुबेदीहरूको कुलदेवता पूजा सम्पादन गर्नुहोस्

सुबेदीहरूको कुल देवताको नाम बारमष्टा हो यो १८ भाईहरू मध्यको माइलो भाइ हो । यो पूजा बैशाख पुर्णिमाको दिन देखि नवमी तिथि भित्र गरिन्छ । यस पूजामा सम्पूर्ण भाइ भारदारहरू भेला भयर हर्सोल्लासका साथ मनाईन्छ । यो पूजामा बोकाको बलि चडाईन्छ। कुल धामीले बोकाको भोग खान्छन । बोकालाई काटेर बोकोलाई अङ्गालोमा राखेर आलो रगत पिउदै मूल धामी मण्डल परिक्रमा गर्छन । अन्तमा उपस्थित निम्तालु र दर्सनार्थी हरूलाई बोकाको मासु पकायर प्रसादको रूपमा चिउरा सहित वितरण गरिन्छ ।

रेग्मीहरूको कुलदेवता पूजा सम्पादन गर्नुहोस्

रेग्मीहरूको कुलदेवता पूजा कुलदेवता पूजाको लागि अघिल्लो दिनका र पूजाका दिनका नियम अघिल्लो दिन (१) नुहाई धुवाई गरी कपाल खौरने र शुद्ध हुने । (शौराचार्य विधि)(शौचाचार विधि) (२) अघिल्लो दिनमा शुद्ध चीजहरु खाने । जस्तै ः—गहुँको पिठो,केराउ, बोडी, र घिउको भुटन खाने । (३) आमिष चीज नखाने ।

पूजाका दिनमा (१) सकभर चामलको पीठो ढिकी अथवा जाँतोमा कुट्ने पिस्ने गरेर बनाउने । यो कुरा पहिले कुटाई पिसाईका मील आदि मेसिनहरु नभएर होइन, किनकी घट्ट जस्तो शुद्ध यान्त्रिक वस्तुमा पनि पिँधिदैनथ्यो ।) (२) नुहाई धुवाई गरी फलफूल आदि र चिया खाई शुद्ध भएर बस्ने । (३) व्रत बस्ने अधिकार कर्म चलेका (व्रतबन्ध) भएका हरूको मात्र । (४) हाम्रा छुट्टै कुलदेवताको मन्दिर नभएकोले जेठा वंशका आधारमा जेठै घरमा कूलदेवताको पूजागर्ने । (५) श्रीमती (पत्नी) रजस्वला भएका पुरुषले व्रत बसी नैवेद्यादि खान हुन्छ, तर पर्दाभित्र बसी

पूजामा सहभागी बत्र पाईँदैन । (६) पूजामा षोडषोपचारले पूजागर्ने चलन छ । (७) पूजा बेलुका (राती) दशबजे पछिमात्र शुरु गर्ने । (८) जल, (अर्घ) तिल, जौँ, केशरी, अबीर, अक्षता, कुश, पूmल, सस्र्युँ, जनै,सुपारी । (९) नैवेद्यमा फलपूmल,खीर, र बाबर, पुरुषहरूले नै तयार गरिन्छ । शुद्ध ताई भए ताई र ताई प्रायः अशुद्ध हुने (मानिने) हुनाले तामाको भुजुङ्गामा बाबर पकाउने चलन छ ।

बोका बलि छान्दा (१) गाई भैँसीको दूध नखुवाईएको । (२) बोकाको अण्डकोष दुबै भएको हुनुपर्ने । (३) सिङ न फुक्लेको (४) लुटीकान नभएको । (५) पैसा तिर्न बाँकी नभएको ।

पूजा सामग्री कनेरको पूmल,काँचो धागोमा बाँधेर ३ गुच्छा गारोमा झुन्ड्याउने । चामलको पीठोमा हातको पञ्जा आउनेगरी ३÷३ वटाको ३ पंक्ति हुने गरी जम्मा नौवटा पञ्जाछाप लगाउने र त्यस बीचमा कनेरको पूmलको गुच्छा किलामा झुन्ड्याउने । हतियारको रूपमा तरबारलाई धार आपूmपट्टि पारेर गारोमा अडयाउने । दीप कलश र गणेश स्थापना गर्नका लागि एक÷एक पाथी चामल तीनवटा टपरीमा राखी दीप (तामाको मानामा) कलश (घडामा) र गणेशको लागि सुपारी राख्ने । कर्मसाक्षीको रूपमा १माना चामलमा दीयो राखी छुट्टै बत्ती बालिन्छ । दीयो ले कर्मसाक्षीको प्रतिनिधित्व गर्छ भने मानामा बालिएको बत्तिले कुलको पूजाका लागि महाबत्तीको प्रतिनिधित्व गर्ने प्रचलन रहेको छ ।

पूजाविधि ज्ञ। हातपाऊ धोई शुद्ध रहेर कर्ता कर्म आपूmमध्येबाटै रही करमपात्र (कर्मपात्र) तयार गर्ने । थ् पवित्र जल,तिल,जौ,केसरी,अबीर, अक्षता, र पूmलले पूजा गरी तयार गरिन्छ । थ् अर्घ बनाउने । थ् प्रतिज्ञा सङ्कल्प पूजा सामग्री बोकेर अर्घ सहित राखेर । द्द। जल अर्घ चढाई पहिला सानो दीयोको पूजा अग्निस्थापनाको विधि अनुसार पूजा गर्ने साथसाथै मानाको बत्ती (महाबत्ती) को पनि पूजा गरिन्छ । घ। प्रार्थना बत्तीको अग्निस्थापना विधि अनुसार । द्ध। कलशपूजा अग्निस्थापना विधि अनुसार । भूरसी (भुईँको पूजागरी कलशको मुखमा बेसार, पञ्चरत्न वा पैसा, दूबो, सस्र्यू, गोमय, अर्घ, आँप,चाँप पिपल, वस्त्र घाँटीमा कलशमा बाँध्ने र पूजा सामग्रीले पूजा गर्ने र कलशको प्रार्थना । छ। गणेशको पूजा ः— कर्मपात्रको कुश समाई अग्निस्थापना विधि अनुसार पाद्य अर्घ चढाई षोडषोपचारले पूजागरी पूmल ,जनै चढाउने, त्यसपछि फलपूmल लिई सङ्कल्प पढेर चढाउने । ट। धूप बत्ती गरी घण्ट शङ्ख बजाई पूजा गर्ने ।

कुलदेवताको पूजा जल अर्घ चढाई खड्ग र छापमा चण्डीका मन्त्र (चौथो अध्यायको पहिलो २० वटा श्लोक सम्म पढेर कुल देवता कलङ्की देवता कुलस्वामीको पूजा गर्ने । र धूप बत्ती गर्ने । बलिदेवताको पूजा जेठो हाँगो समाई मूलघर बनाएर मूलघरबाटै बलिको सङ्कल्प पढी धूपबत्ती गराई बलिलाई पर्छिने । सङ्कल्प पढ्दा महासङ्कल्पकै मन्त्र पढी अन्तमा छागबलि अहं करिष्ये भत्रे । कुलदेवताको मूल बलि वा विवाह वा पुत्र र अन्य भाकल समेतको वचन राखी सङ्कल्प पढ्ने । क्रमशः सबै बन्धुहरूको बलिको काम सक्ने ।

पुष्पाञ्जली चण्डीको चौथो अध्यायको पहिलो देखि २० श्लोकसम्म पढी चन्दन, अक्षता, पूmल, तिल जौँ लिई पुष्पाञ्जली चढाउने । त्यसपछि मूलबलि (बोकाको) कलेजो, फोक्सो, मूटु झिकी, त्यसलाई पोलेर कुलदेवतालाई चढाउने । विसर्जन आवाहनं............................ गच्छगच्छ...........................अक्षता चढाउने । कायेन वाचा पैसा लिएर कायेन वाचा ........................गर्ने । प्रसाद लगाउने (टिकाटाला) प्रसाद खाने खुवाउने । सबै बोकाहरूको भित्र्याँस झिकी पकाउने र खीर बाबर प्रसाद खाने । अन्तमा पूजा गरेका सम्पूर्ण पूmल अक्षता रगत समेत जमिनमुनि पुर्ने र मन्दिर लिपपोत गर्ने ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. मनुस्मृती