राजाराम पौडेल नेपाली हास्यकलाकार हुन। उनले करिब ७ सय पटक नाटक तथा ३६ टेलिफिल्ममा अभिनय गरेका छन् भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ। उनले 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य'को जोडीलाई 'मह जोडी' नाम राखिदिनुभएको हो। पौडेल 'मह जोडी' कै नाटक विज्ञापनमा अभिनय गर्दामात्र २ सय ७६ पटक मञ्चमा पुग्नुभएको छ।

राजाराम पौडेल

उहाँको जन्म काठमाडौँको नक्साल, नागपोखरीमा २०१३ पुस १२मा भएको हो। उहाँका पिताको नाम सीताराम र माताको नाम अम्बिका हो। उहाँहरू २/२ दाजुभाइ-दिदीबहिनी जन्मनुभएको हो। राजाराम जेठो छोरा हो। न्वारानको नाम 'यादवकुमार' हो।

०३९ सालको गाईजात्रे कार्यक्रममा उहाँले भाग लिनुभएको थियो। उहाँको हास्य प्रस्तुति राजाले हेर्ने कार्यक्रममा छानिएको थियो। उहाँले मेडिकल एसोसिएसनको कार्यक्रममा पनि दर्शक हँसाउनुभएको थियो। यसो गर्दागर्दै उहाँले मह जोडीको 'अंशबन्डा' नामक नाटकमा काम गर्नुभयो। ठूलो भएपछि उहाँको यो पहिलो नाटक थियो। उहाँ मह जोडीकै टेलिफिल्म 'सन्तति'मा पहिलोपटक देखा पर्नुभयो। उहाँले सानो भए पनि अभिनय गरेको पहिलो चलचित्र 'वासुदेव' हो। उहाँले कलाकारका रूपमा विभिन्न पुरस्कार पाउनुभएको छ।

अमेरिकामा खोलिएका १६ संस्थाले एउटै मञ्चमा राखेर उहाँको सम्मान गरेका छन्। पौडेलले आफ्नो कला देखाउनकै लागि अमेरिका, हङकङ, थाइल्याण्ड, रुस, कोरिया, जापान, क्यानाडा, कतार, दुबइ, बहराइन, सिंगापुरको भ्रमण गर्नुभएको छ।