पृथ्वी जयन्ती
पृथ्वी जयन्ती, जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ, अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो।[१] १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। यस अवसरमा धेरैले शाहको शालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पुर्याएको योगदानको स्मरण गर्ने गर्दछन्। वि.सं २००४ देखि वि.सं २०६२ सम्म पृथ्वी जयन्तीको उन्मूलन नहुञ्जेलसम्म सार्वजनिक बिदाको रूपमा मनाइँदै आएको थियो। गोरखा र नुवाकोट जिल्लाका केही स्थानीय तहले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने गरेका छन्। यसलाई सार्वजनिक बिदाका रूपमा पुनःस्थापित गर्न पनि माग गरिएको छ। पुष्पकमल दाहाल नेतृत्वको नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा विक्रम सम्वत् २०७९ सालमा सार्वजनिक विदा दिएको थियो। [२]
पृथ्वी जयन्ती | |
---|---|
अनुयायी | नेपाल |
प्रकार | देशभक्त |
महत्त्व | राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा |
मिति | २७ पुस |
आवृत्ति | वार्षिक |
इतिहास
सम्पादन गर्नुहोस्एकीकरण
सम्पादन गर्नुहोस्अठारौँ शताब्दीको मध्यतिर गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए।[३] नुवाकोटको युद्धमा विजय प्राप्त गरेपछि उनी काठमाडौँ उपत्यका तर्फ लागेका थिए, जहाँ तीन मल्ल राज्यहरू भक्तपुर, पाटन र कान्तिपुरले शासन गरिरहेका थिए।[४] शाह कीर्तिपुर सहरलाई लिएर पाटन राज्यसँग युद्धमा होमिएका थिए र वि.सं १८२३ मा यो सहर गोरखालीको हातमा परेको थियो।[४] यसले कान्तिपुरलाई खतरा उत्पन्न गरेको थियो, पछि कान्तिपुरका राजा जयप्रकाश मल्लले गोरखाको तीव्र विस्तार रोक्न इस्ट इन्डिया कम्पनीसँग सहयोगको अनुरोध गरेका थिए।[४]
पछि शाहले तिब्बत र चीनसँगको इष्ट इन्डिया कम्पनीको हिमालयपार व्यापारमा असर पार्ने गरी राज्यमाथि नाकाबन्दी पनि लगाएका थिए किनभने उनीहरूले कान्तिपुर हुँदै जाने बाटो प्रयोग गरेका थिए।[५] कम्पनीले उक्त अनुरोध स्वीकार गर्दै क्याप्टेन किनलोकलाई पठाएको थियो जसले वि.सं १८२३ मा सिन्धुलीको युद्धमा पृथ्वीनारायण शाहका सेनासँग सामना गरेको थियो।[६] यो युद्ध कम्पनीका लागि विनाशकारी साबित भएको थियो, किनलोक सहित उनका लगभग २४,००० सैनिकहरू मध्ये लगभग ८०० सैनिकहरूसँग भागेका थिए।[५] यसपछि शाहले उपत्यका विजय गर्न सफल भएका थिए र १८२५ असोज १३ मा आफूलाई नेपालको राजाको रूपमा घोषणा गरेका थिए।[७] पृथ्वीनारायण शाहको मृत्युपछि राजकुमार बहादुर शाह, रानी राजेन्द्र लक्ष्मी र भीमसेन थापाले नेपाल एकीकरण अभियानलाई निरन्तरता दिएका थिए।[८][९] नेपाल अधिराज्य पश्चिममा सतलज नदीदेखि पूर्वमा टिस्टा नदीसम्म फैलिएको थियो।[१०]
समकालीन
सम्पादन गर्नुहोस्पृथ्वी जयन्तीलाई नेपाल एकता दिवस (राष्ट्रिय एकता दिवस) वा राष्ट्रिय एकता दिवसका रूपमा पनि चिनिन्छ।[११][१२] वि.सं २००४ देखि पृथ्वी जयन्तीलाई परम्परागत रूपमा सार्वजनिक बिदाको रूपमा मनाइन्थ्यो, तर २०६२/६३ को जनआन्दोलन पछि यसलाई उन्मुलन गरिएको थियो।[१२][१३] वि.सं २०७७ सालमा, गोरखा नगरपालिकाका प्रमुखले पृथ्वीनारायण शाहको सम्झना र सम्मान गर्न र उनको सम्झनामा दिवस मनाउन पृथ्वी जयन्तीलाई नगरपालिकामा सार्वजनिक बिदाको रूपमा घोषणा गरेका थिए।[१२][१३] गोरखा जिल्लामा पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिका लगायत अन्य नगरपालिकाहरूले पनि यस दिनलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरेको थियो।[१४] अर्को वर्ष नुवाकोट जिल्लाको राजधानी विदुर नगरपालिकाले पनि यसलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरेको थियो।[१५] पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन केही नेपाली नागरिकहरू, विशेष गरी राजशाही पक्षधरहरूबाट दबाब रहेको छ।[१३][१६][१७]
वि.सं २०७८ मा सिंहदरबार बाहिर निषेधित क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न खोज्दा नेपाल प्रहरी र राजतन्त्र पक्षधर समर्थकबीच झडप भएको थियो।[१८][१९] पृथ्वी जयन्ती मनाउने विषयमा मानिसहरू विभाजित भएको पाइन्छ। पृथ्वीनारायण शाहको एकीकरण अभियान नभएको भए नेपाल ब्रिटिस साम्राज्यको उपनिवेश हुने थियो भन्ने कतिपयको धारणा रहेको छ।[११][२०] वि.सं २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र पठाएका थिए[२१] र उनीहरूको आग्रह पूरा नभए देशव्यापी आन्दोलन गर्ने पनि पार्टीले जनाएको थियो।[११] विवेकशील साझा पार्टीले पनि पृथ्वी जयन्तीलाई नेपाल दिवसका रूपमा मनाउनुपर्ने भन्दै यसलाई सार्वजनिक बिदा घोषणा गर्नुपर्नेमा जोड दिएको थियो।[२२] नेपाल सरकारले २०७९ पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको थियो।[२३]
समारोह
सम्पादन गर्नुहोस्पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् २७ पौष १७७९ मा गोरखा दरबारमा भएको थियो।[२४] उनको स्मरणका यो दिवस मनाउने गरिन्छ।[२५] पृथ्वी जयन्तीको अवसरमा प्रधानसेनापति, नेपालको राष्ट्रपति र प्रधानमन्त्री, नेपाली नागरिक लगायत उच्च अधिकारीहरूले शाहको योगदानलाई स्मरण गर्दछन्।[२६][२७] परेडमा भाग लिने मानिसहरूले पृथ्वीनारायण शाहको प्रशंसा गर्दै नारा लगाउँछन्।[२८] शाहको शिक्षाहरूको सङ्ग्रह दिव्योपदेशबाट उद्धरणहरू पनि व्यक्त गरिन्छ।[२९][३०] नेपालभरि शाहका मूर्तिहरूमा माल्यार्पण गरिन्छ। नेपाली सेनाले गोरखामा शाहको जन्मस्थानबाट एकीकरण मशाल र्यालीको आयोजना गर्दछ र यो २७ पुसमा राजधानी काठमाडौँमा पुगेर समापन हुन्छ। अन्य कार्यक्रमहरू पनि नेपालभरि आयोजना गरिन्छ।[१२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "पृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवस", हाम्रो पात्रो (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ Mulmi, Amish Raj (१२ मे २०१७), "The Nepal-Sikh Alliance That Could Have Changed History", The Wire, मूलबाट १६ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२१।
- ↑ ४.० ४.१ ४.२ Shrestha, D. B.; Singh, C. B. (१९७२), The History of Ancient and Medieval Nepal in a Nutshell: With Some Comparative Traces of Foreign History (अङ्ग्रेजीमा), HMG Press, पृ: 91–92, मूलबाट ३० जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ ५.० ५.१ Basnyat, Prem Singh (१८ अगस्ट २०१९), "The battle of Sindhuli", My Republica (अङ्ग्रेजीमा), मूलबाट १६ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२१। वेब्याक मेसिन अभिलेखिकरण १६ डिसेम्बर २०२१ मिति
- ↑ Bell, Thomas (२१ डिसेम्बर २०१२), "Diary of a disastrous campaign", Himal Southasian (en-GBमा), मूलबाट १६ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२१।
- ↑ Lal, CK (१४ सेप्टेम्बर २०२१), "Six years of ethnonational upsurge", The Kathmandu Post (Englishमा), मूलबाट १६ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२१।
- ↑ Bādala, Bheshajaṅga (१९९७), The King Versus the People (अङ्ग्रेजीमा), Nepal Tiger Publications, पृ: 2, मूलबाट १६ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ Adhikari, Indra (१२ जुन २०१५), Military and Democracy in Nepal (अङ्ग्रेजीमा), Routledge, पृ: 58, आइएसबिएन 978-1-317-58906-8, मूलबाट ७ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ Bhattarai, Krishna P. (२००९), Nepal (अङ्ग्रेजीमा), Infobase Publishing, पृ: 113, आइएसबिएन 978-1-4381-0523-9, मूलबाट १६ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ ११.० ११.१ ११.२ Mulmi, Amish Raj (२१ जनवरी २०२१), "Who gets to write our history?", The Kathmandu Post (Englishमा), मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ १२.० १२.१ १२.२ १२.३ Hyolmo, Kunga (१२ जनवरी २०२०), "298th Prithvi Jayanti observed across the country (with photos)", My Republica (अङ्ग्रेजीमा), मूलबाट २४ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०२१। वेब्याक मेसिन अभिलेखिकरण २४ नोभेम्बर २०२० मिति
- ↑ १३.० १३.१ १३.२ Acharya, Rupesh (११ जनवरी २०१७), "Govt urged to declare Paush 27 public holiday", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ Sapkota, Narahari (१७ डिसेम्बर २०१९), "Gorkha Municipality declares public holiday on Prithvi Jayanti", My Republica (अङ्ग्रेजीमा), मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१। वेब्याक मेसिन अभिलेखिकरण २१ डिसेम्बर २०२१ मिति
- ↑ "Bidur municipality announces public holiday on Prithvi Jayanti", Khabarhub, मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ "'Prithvi Narayan Shah's contribution should be analysed: Karnali CM Shahi", The Himalayan Times (अङ्ग्रेजीमा), ११ जनवरी २०१९, मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ Ram Rimal, Tilak (१० जनवरी २०१७), "Nepal wouldn't exist if there wasn't Prithvi Narayan: Dahal", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ Sen, Sandeep (१२ जनवरी २०२१), "Police, pro-monarchy activists clash", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट ३ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ "Supporters of monarchy and police clash in front of Singha Durbar", The Kathmandu Post (Englishमा), मूलबाट १२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०२१।
- ↑ Sundas, Binayak (१४ जनवरी २०२१), "Why national unification day and Prithvi Narayan Shah should not be celebrated", My Republica (अङ्ग्रेजीमा), मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१। वेब्याक मेसिन अभिलेखिकरण २१ डिसेम्बर २०२१ मिति
- ↑ "RPP Chairman Lingden warns of nationwide protest if a public holiday is not declared on Prithvi Jayanti", Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ जनवरी २०२२।
- ↑ "Bibeksheel Sajha demands govt declare Prithvi Jayanti as Nepal Day", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ जनवरी २०२२।[स्थायी मृत कडी]
- ↑ "भोलि पृथ्वी जयन्ती, सरकारले दियो सार्वजनिक बिदा", नारायणी अनलाइन (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१० मिति
- ↑ आचार्य, बाबुराम, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी - भाग १ (नेपालीमा), पृ: ४२।
- ↑ "योगी नरहरीनाथका दुर्लभ पुस्तक प्रदर्शनीमा राखिँदै"। प्रशासन (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "Actor Manisha Koirala, former DIG Kharel urge one and all to celebrate 299th birth anniversary of Prithvi Narayan Shah in a grand manner", My Republica (अङ्ग्रेजीमा), मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१। वेब्याक मेसिन अभिलेखिकरण २१ डिसेम्बर २०२१ मिति
- ↑ "Prithvi Jayanti, National Unification Day celebrated with national significance", सेतोपाटी, मूलबाट १२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०२१।
- ↑ "RPP to host reception on Prithvi Jayanti", The Himalayan Times (अङ्ग्रेजीमा), ४ जनवरी २०१७, मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ "Nepal Army personnel trekking Prithvi Narayan Shah's unification trail", अनलाइन खबर (अङ्ग्रेजीमा), मूलबाट २१ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१।
- ↑ "Unification torch rally to be organized along historic route used by Gorkhali troops", My Republica (अङ्ग्रेजीमा), मूलबाट १९ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२१। वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०२१ मिति