नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग छोटकरीमा एनपिएल नेपालको व्यवसायिक क्रिकेट लिग हो। एनसेल नेपाल प्रिमियर लिग नामले पनि चिनिएको यस प्रतियोगितामा टि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता सञ्चालित भएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेपछि अत्याधिक चर्चा तथा पर्खाइको विषय बनेको नेपाल प्रिमियर लिगको घोषणा विसं २०७० को फागुन १२ गते होटल र्‍याडिसनमा एक पत्रकार सम्मेलनबाट गरिएको थियो। जोह्रा स्पोर्टस व्यवस्थापन नामक संस्था र नेपाल क्रिकेट सङ्घबीच तीन वर्षसम्मको लागि सम्झौता भएको छ। यस प्रतियोगिताको मुख्य प्रायोजक नेपालको निजी क्षेत्रको दूरससञ्चार कम्पनी एनसेलले गरेको थियो।[२] [३]

नेपाल प्रिमियर लिग
Nepal Premier League.png
नेपाल प्रिमियर लिगको लोगो
देशहरूFlag of Nepal.svg नेपाल
प्रशासकक्यान
मुख्यालयकाठमाडौँ, नेपाल
ढाँचाटि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय
पहिलो प्रतियोगिता२०७१
आगामी प्रतियोगिता२०७७ प्रस्तावित[१]
प्रतियोगिताको ढाँचाराउन्ड रोबिननक आउट
टिम सङ्ख्या
वर्तमान विजेतापञ्चकन्या तेज
सर्बाधिक रनप्रदीप ऐरी (२१२) कान्तिपुर गोर्खाज (२०७१)
सर्बाधिक विकेटभुवन कार्की (१४) पञ्चकन्या तेज (२०७१)

इतिहाससम्पादन

नेपाल प्रिमियर लिग टि-ट्वान्टी, ५० ओभर र दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता हो जसको उद्घाटन विसं २०७१ मा भएको हो । एनपिएलमा खेल्नको लागि ६ टिम घोषणा गरिएको थियो।

पहिलो संस्करणसम्पादन

नेपाल प्रिमियर लिगको पहिलो संस्करण २०७१ ३१ बैशाख देखि जेठ १० सालको जेठसम्म चल्को थियो, दुई दिवसीय लिग चैत अन्तिम साता धनगढीबाट सुरु भएको थियो। ५० ओभरको लिग बैशाखमा विराटनगरसप्तरी जिल्लाको राजविराजमा आयोजना हुनेछ भने टि-ट्वान्टी लिग बैशाख अन्तिम साता काठमाडौँमा गरिएको थियो। [३] पञ्चकन्या तेजले पहिलो पटक भएको नेपाल प्रिमियर लिगको उपाधि जितेको थियो जसमा टोलीले फाइनलमा सहजैसँग जगदम्बा जायन्टसको विरुद्ध ९६ रनले खेल जितेको थियो। विजेता बनेको पञ्चकन्याले नगद २ लाख तथा ट्रफी पुरस्कार प्राप्त गरेको थियो भने उपविजेतामा सिमित जगदम्बाले नगद १ लाखमा चित्त बुझाएको थियो।[४]

 
होटल र्‍याडिसनमा भएको पत्रकार सम्मेलन

६ लिग टोलीहरूसम्पादन

यस लिगमा ६ घरेलु लिग टिमहरू हुनेछन्। प्रत्येक टिममा १६ सदस्य खेलाडी हुनेछन् जसमा राष्ट्रिय, अन्डर नाइन्टिन, क्षेत्रीय तथा दुई विदेशी क्रिकेट खेलाडीहरूसहित घरेलु प्रशिक्षकहरू समावेस हुनेछन् । टिम मालिकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतिबन्ध नलगाएका/निषेध नगरेका दुई विदेशी क्रिकेट खेलाडीहरू ल्याउन पाउनेछन् ।

छनौट र संरचनासम्पादन

यस प्रिमियर लिगको लागि एनसिएको मातहतमा नेपालको राष्ट्रिय क्रिकेट टिमका कोच पुबुदु दासनायकले सम्पूर्ण टिमलाई सामान रूपमा छनौट गरेका छन् ।

टोलीहरूसम्पादन

टिम मालिक[५] कप्तान प्रशिक्षक
विशाल वारियर्स विशाल ग्रुप   पारस खड्का   महेश रिजाल
कलर्स एक्स-फ्याक्टर्स टेलीटक प्रा लि   ज्ञानेन्द्र मल्ल   मन्जुर आलम
जगदम्वा जायन्ट्स शंकर ग्रुप   शक्ति गौचन   नविन सिंह
पन्चकन्या तेज पञ्चकन्या ग्रुप   शरद भेसवाकर   विनोद दाश
कान्तिपुर गोर्खाज कान्तिपुर पव्लिकेशन   बसन्त रेग्मी   सामसङ जङ थापा
सगरमाथा लेजेन्ड्स घोराही सिमेन्ट   विनोद भण्डारी   जगत टमाटा


नियमहरूसम्पादन

टिम मालिकहरूले पाँच तरिकाबाट खेलाडीहरू प्राप्त गर्न सक्नेछन्। वार्षिक रूपमा आयोजना हुने लिलामी, घरेलु खेलाडी खरिद, नयाँ खेलाडीहरूलाई भर्ना, खेलाडीको व्यापार तथा सट्टापट्टा गरेर खेलाडीहरू प्राप्त गर्न सक्नेछन्। खेलाडीको व्यापार खेलाडी सहमति अनुसार मात्र गर्न पाइने छ। यसरी खरिदगर्दा मालिकहरूले पुरानो सम्झौता रकम र नयाँ सम्झौत रकमबीचको अन्तर बरारको रकम खेलाडीलाई तिर्नु पर्नेछ। यदी खेलाडीको बिक्री मूल्य पहिलाको सम्झौता रकमभन्दा कम भएमा फरकपरेको रकम खेलाडी र टिम मालिकबीच बराबर पर्नेगरी बाँडिने छ।

  • प्रत्येक टिममा १६ खेलाडी हुनेछन्।
  • दुईभन्दा बढी विदेशी खेलाडी राख्न पाइने छैन।
  • प्रत्येक टिममा घरेलु खेलाडीहरू हुनुपर्ने छ। (क्षेत्रीय तथा १९ वर्षमुनिका क्रिकेट खेलाडीहरू)

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "क्यान आफैंले नेपाल प्रिमियर लिग गर्ने तयारी", अनलाइन खबर, २२ पुस २०७६, अन्तिम पहुँच २७ माघ २०७६ 
  2. "नेपालमै हुने भयो प्रिमियर लिग क्रिकेट", अन्नपूर्ण पोस्ट, २०७० फागुन १२, अन्तिम पहुँच २०७० फागुन २२ 
  3. ३.० ३.१ "नेपाल प्रिमियर लिग क्रिकेट हुने", रेडियो कान्तिपुर, २०७० फागुन १२, अन्तिम पहुँच २०७० फागुन २२ 
  4. "पञ्चकन्या तेज एनसेल एनपिएल क्रिकेट च्याम्पियन", नेपाल जापान, पुस २०७१, अन्तिम पहुँच २७ माघ २०७६ 
  5. "Owner Player List", Cricket Lok, अन्तिम पहुँच २४ FEB २०१४ 

यो पनि हेर्नुहोससम्पादन

एसपिए कप