गोरखाली
गोर्खाली वा गोरखाली (अङ्ग्रेजी: Gurkha) नेपालमा बसो बास गर्ने बासिन्दा हुन। [१] यो नाम गोर्खालीहरूले ८ औँ शताब्दीको हिन्दू योद्धा संत श्री गुरु गोरखनाथबाट प्राप्त गरेका थिए। उनका शिष्य बप्पा रावलले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर मेवाड, राजस्थान (राजपुताना)मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर उत्तरतिर बढ्दै गये र गोरखामा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै नेपाल अधिराज्य स्थापित गरे। गोरखा जिल्ला आधुनिक नेपालको ७७ जिल्लाहरू मध्य एक हो। गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू नेपाली आर्मी, भारतीय आर्मी को गोरखा रेजिमेन्ट र ब्रिटिश आर्मी को गोरखा ब्रिगेज को लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई ब्रिटिस भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू। नेपालका खस छेत्री , खस ठकुरी, मगर र गुरुङ पहिलो गोर्खाली हुन्। किनकी गोर्खाली महाराज पृथ्वी नारायण शाह को आफ्नु गोर्खाली सेना मा मगर, गुरुङ क्षेत्री र ठकुरी बाहेक अरु जाती लाई सेना मा लिनु मनाही थियो खास गरी तामाङ, शेर्पा, नेवार, थारु र बाहुन लाई भर्ना लिइदैन थियो । अनि इ ४ जाती मगर , गुरुङ् , क्षेत्री जातिको सेना द्वारा सम्पुर्ण नेपाल एकिकरण, सिक्किम कब्जा , अनि तिब्बत भोट आक्रमन अनि हिमाचल को काङ्रा सम्म इ ४ जात को सेना ले नैै युद्ध गरेको थिए। आज पनि भारतिय सेना मा 1 र 4 गोर्खा रेजिमेन्त मगर गुरुङ को लागि, 3 र 9 गोर्खा रेजिमेन्त छेत्री ठकुरी को लागि आरक्षित छ। 1950 मा मात्र राई र लिम्बू लाई सेना मा लियेको र उनिहरूको लागि 11 गोर्खा राइफल बनाइयो, गोर्खाली सेना मा पनि पछि पछि मात्र लिम्बू, राई, सुनुवार जाती थपिएका हुन्।
गोर्खा | |
---|---|
धर्महरू | |
हिन्दु,बौद्ध | |
सम्बन्धित जातीय समूह | |
मगर, गुरुङ,खस छेत्री र खस ठकुरी |
- यो लेख गोर्खा ब्यक्ति समूहको बारेमा छ, अन्य विकल्पको लागि हेर्नुस: गोर्खा (बहुविकल्प)
ब्रिटिस भारतीय आर्मीमा यी "मार्शल रेश" हरूलाई भारी मात्रामा भर्ना गरिएको थियो। भारतीय आर्मीको भूतपूर्व चीफ अफ स्टाफ सैम मानेकशाले एक चोटी प्रख्यात रूपमा भनेका थिए:-
If a man says he is not afraid of dying, he is either lying or is a Gurkha.
अर्थात: "जुन ब्यक्तिले भन्छ कि मलाई मर्नुबाट डर लाग्दैन, उ ब्यक्ति कि त झुटो बोल्दैछ कि त गोर्खा हो।"