कान्तिपुर पब्लिकेशन्स

नेपालको निजि प्रकाशन कम्पनी

कान्तिपुर पब्लिकेशन्स प्रा. लि. काठमाडौँ, नेपाल को अग्रणी सञ्चार संस्था हो । यस कम्पनीले पाँचवटा लोकप्रिय छापा प्रकाशनहरू सञ्चालन गर्दछ। कान्तिपुर पब्लिकेसन्स "वर्ल्ड एसोसिएसन अफ न्यूजपेपर्स एन्ड न्यूज पब्लिसर्स" (WAN) को सदस्यता प्राप्त गर्ने नेपालको पहिलो सञ्चार संस्था पनि हो। यसको स्थापना सन् १९९३ मा श्याम गोयन्काले गरेका थिए। यस कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया हुन् ।

प्रकाशन सम्पादन गर्नुहोस्

पत्रपत्रिका र म्यागजिन सम्पादन गर्नुहोस्

  • कान्तिपुर - दैनिक पत्रिका, नेपालमा सबैभन्दा धेरै पढिने पत्रिका। [१]
  • द काठमाण्डौ पोस्ट - अंग्रेजी भाषाको दैनिक पत्रिका, सर्कुलेशन ८४,००० [१]
  • कोपिला - कान्तिपुरसँग आउने साप्ताहिक पूरक। बालबालिकालाई लक्षित गरी ।
  • साप्तहिक - साप्ताहिक मनोरञ्जन ट्याब्लोइड, सर्कुलेशन २,००,००० [१] (हाल बन्द)
  • नेपाल पत्रिका - राजनीति र समाजमा केन्द्रित पत्रिका, सर्कुलेशन ४५,००० [१] (हाल बन्द)
  • नारी - महिला पत्रिका, मासिक सर्कुलेशन ८३,००० [१]

उल्लेखनीय कर्मचारी (विगत र वर्तमान) सम्पादन गर्नुहोस्

प्रसारण सम्पादन गर्नुहोस्

  • कान्तिपुर टेलिभिजन नेटवर्क - "KTV" को रूपमा लोकप्रिय, समाचार र मौलिक मनोरञ्जन प्रदान गर्दछ। यो CNN को लागि एक सम्बद्ध च्यानल हो।
  • कान्तिपुर एफएम - च्यानल 96.1 मा काठमाडौं उपत्यका भर समाचार र मौलिक मनोरञ्जन प्रदान गर्दछ। नेपालको पहिलो निजी स्वामित्व र सञ्चालित एफएम रेडियो स्टेशन। 1998 मा स्थापित।
  • कान्तिपुर गोल्ड - देशमा खेलकुदको विकासलाई प्रवर्द्धन गर्दै, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल गतिविधिहरू प्रदान गर्दछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ "About Us", ekantipur.com, अन्तिम पहुँच २०१४-०३-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्