तुलसी घिमिरे

नेपालको चलचित्र निर्देशक
(तुलसी घिमीरेबाट अनुप्रेषित)

तुलसी घिमिरे नेपाली चलचित्रका एक नेपाली भारतीय चलचित्र निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन्। सन् १९५१ मा इलाममा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु गरे, जहाँ उनले भारतीय चलचित्रमा निर्देशन र सम्पादनको अनुभव लिने मौका पाए। १९८१ मा उनले पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ निर्देशन गरे।

तुलसी घिमिरे
जन्म१५ जुलाई १९५१
कालिम्पोङ, दार्जिलिङ, भारत
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाचलचित्र निर्देशक, पटकथा लेखक, अभिनेता, चलचित्र सम्पादक
जीवनसाथीभारती घिमिरे
सन्तानभावना घिमिरे र पञ्चमी घिमिरे

उनको ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, र ‘दर्पण छायाँ’ लगायतका फिल्महरू नेपाली सिनेमा इतिहासका महत्वपूर्ण कृति मानिन्छन्। विशेष गरी 'दर्पण छायाँ' नेपाली चलचित्र उद्योगमा उच्च आय आर्जन गर्ने पहिलो चलचित्र बनेको थियो। घिमिरेले आफ्ना प्रायः फिल्महरूमा नेपाली समाज, संस्कृति र परम्परालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै आएका छन्। उनी आफ्ना फिल्मका कथावस्तु र गीत-संगीतमा मौलिक नेपालीपन झल्काउन विशेष ध्यान दिन्छन्।

उनका फिल्महरू नेपाली दर्शकबीच मात्र नभई विश्वभर छरिएर रहेका नेपालीमाझ पनि लोकप्रिय छन्। तुलसी घिमिरेको लक्ष्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु, विशेष गरी एक दिन ‘ओस्कार’ अवार्ड जित्नु हो।

[]


सुरुवाती जीवन

सम्पादन गर्नुहोस्


वर्ष चलचित्रको शीर्षक कलाकार घिमिरेका कार्यहरू
१९८१ बाँसुरी निर्देशक
१९८५ कुसुमे रमाल भुवन केसी, तृप्ती नदाकर, उदित नारायण झा, नीर शाह निर्देशक, सम्पादक, कथा लेखक
१९८८ अन्याय मिरा माधुरी, विश्व बस्नेत, प्रकाश अधिकारी निर्देशक
१९८९ लाहुरे श्रवण घिमिरे, तृप्ती नदाकर निर्देशक, अभिनेता, सम्पादक, कथा
१९९१ चिनो शिव श्रेष्ठ, भुवन केसी, सुनील थापा, क्रिष्टि मैनाली, सर्मिला मल्ल, सिनौरा मिस्त्री, सुभद्रा अधिकारी, अरुण मल्ल, सुषिला रायमाझी निर्देशक
१९९२ दुई थोपा आँसु भुवन केसी, श्रवण घिमिरे, अनुराधा स्वान्त निर्देशक
१९९३ कोसेली तृप्ती नदाकर, कृष्ण मल्ल, भारती घिमिरे, श्रवण घिमिरे, विजय लामा निर्देशक
१९९४ दक्षिणा तुलसी घिमिरे, भुवन केसी, भारती घिमिरे निर्देशक, अभिनेता
१९९६ देउता राजेश हमाल, सृजना बस्नेत, श्रवण घिमिरे निर्देशक, सम्पादक, कथा लेखक, पट लेखक, सङ्गीतकार
१९९६ बलिदान हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाह निर्देशक, क्यामेरामेन, सम्पादक
१९९६ रहर तुलसी घिमिरे, भारती घिमिरे, प्रसान्त, निरुता सिंह निर्देशक
२००१ दर्पण छाँया दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान निर्देशक, सम्पादक, कथा लेखक
२००२ लहना [] दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान निर्देशक, सम्पादक, कथा लेखक
२००७ दुई किनारा निरुता सिंह, भुपेन चन्द निर्देशक
२००९ माया त माया हो निखिल उप्रेती, सञ्चिता लुइँटेल, सुरज आरडि, तुलसी, निर्देशक, अभिनेता
२०१० देश राजेश हमाल, निखिल उप्रेती, निरुता सिंह निर्देशक, सङ्गीतकार
२०१० स्वर्णको परी नीर शाह, भारती घिमिरे, पृथ्वीराज घिमिरे, प्रकृति भट्टराई (बाल कलाकार) निर्देशक
२०२१ मृग तृष्णा कर्मा साक्य, विराज भट्ट, नन्दिता केसी निर्देशक, सम्पादक, सङ्गीतकार
२०१२ दृष्टिकोण भारती घिमिरे, भाष्कर प्रधान, ललित गोले निर्देशक
२०१६ सम्म सार्वजनिक नगरिएको गौतम बुद्ध (कार्टुन चलचित्र) निर्देशक
२०१७ मार्च १० दर्पण छाँया २ पुष्पा खड्का, साहारा कार्की, स्रद्धा प्रसँइ निर्देशक

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "तुलसी घिमिरेको जीवनी" 
  2. "तुलसी घिमिरेद्वारा निर्देशित चलचित्रहरू reelnepal.com वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-०९ मिति"
  3. कोवी, पिटर, सम्पादक (२००३), विभिन्न अन्तर्राष्ट्रिय चलचित्रहरूको सहयोगी, पृ: २४७। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्