घाङल नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको डोटी जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। हाल घाङल गाउँ विकास समितिका सम्पूर्ण वडाहरू बडीकेदार गाउंपालिकाको वडा नं. ३ कायम भएको छ।

घाङल
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाडोटी जिल्ला
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

परिचयः सम्पादन गर्नुहोस्

डोटी जिल्लाको सदरमुकाम सिलगढीदेखि करिब ३४ कोषको पैदल दूरीमा पर्ने तत्कालिन घाङल गा.वि.स. सदरमुकाम देखि सुदूर दक्षिणमा रहेको छ । सीमानाको हकमा यस गा.वि.स. को पूर्वमा सिमचौर गा.वि.स. पश्चिममा बर्छेन गा.वि.स. उत्तरमा लाना केदारेश्वर गा.वि.स. र दक्षिणमा कैलाली जिल्लाको पाण्डौनमोहन्याल गा.वि.स. पर्दछन् । यस गा.वि.स.को भौगोलिक बनोट हेर्ने हो भने धेरै जसो भूभाग भिरालो रहेको छ । यस गा.वि.स.मा विभिन्न जातिका मानिस बस्ने गर्दछन जसमा बाहुन, क्षेत्री, मगर, गुरूङ, लामा, दमाई, कामी, सार्की, आदी जातिका मानिस प्रमुख हुन्। यहाँ धान, गहुँ, मकै, कोदो आदि अन्न बाली लगाईन्छ भने नगदे बालीका रूपमा अदुवाबेसार प्रमुख रूपमा लगाईन्छ । जातीय विविधता भएको कारणले यहाँ भाषामा पनि विविधता पाईन्छ । यहाँ सबै भन्दा बढी बोलिने भाषा नेपाली हो भने त्यसपछि बोलिने भाषा डोटेली हो । प्रतिशतका हिसाबले पहिलो स्थानमा रहेको मगर जातिले बोल्ने मगर खाम तेस्रो स्थानमा रहेको छ । यसैगरी यहाँ अछामी भाषा बोल्ने समुदाय समसेत केहि मात्रामा रहेका छन् ।

विकासका योजनाहरू सम्पादन गर्नुहोस्

यस गा.वि.स. लाई सहजपूर बोगटान सडकले छोएको र बाघछेडा बजारसम्म मोटर सडक पुगेको भए पनि गा.वि.स. को सदरमुकाम मटेला सम्म सडक पुगेपनि ट्र्याक्टर र जीपहरु मात्र पुग्न सकेको छ ।पंचायतकाल देखि नै सुरू भएको सहजपुर बोगटान दिपायल सडकको बाघछेडा बजारदेखि घाङलको सदरमुकाम वडा नं ९ मटेलाको लागि हाल RAP 3 ले सडक निर्माण कार्य अघि बढाएको छ र कडा चट्टान भएको र ज्यादै भिरालो भागको कटिङ कार्य सम्पन्न भई मटेला बजार पुगेको छ।हाल मटेला देखि गैमडा,बगडा,कोइरालको हुंदै जदी सम्म सडक सञ्जालले जोडिएको छ। यसै गरी सुनालेक देखि मेहेली खोलासम्म आव २०७४/०७५ मा बडिकेदार गापा को अनुदान सहयोगमा सडक निर्माण भएको थियो भने आ•ब• २०७५/०७६ मा गा•पा•को सहयोगमा सडक निर्माण कार्य साबिकको घाङल गाविसको वडा नं• ६, लानाबन पुगेको छ। यस गा.वि.स.को ज्यूना लेकमा सी.डी.एम.ए.को टावर बनेको कारण स्काई फोनको बिस्तार भएको छ जसमा हाल जीएस एम सेवा समेत थपिएको छ । यस गा.वि.स. मा प्राप्त भएका अन्य सरकारी सुबिधाहरूमा हेल्थपोष्ट,प्रहरी चौकी अतिरिक्त हुलाक पशु सेवा उपकेन्द्र रहेका छन् भने गैर सरकारी कार्यालयहरूमा ग्रामिण समुदाय विकास केन्द्र RCDC, सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्था लि. घाङल बहुउद्देश्यीय सहकारी संस्था लि. छन् । यस गा.वि.स. मा एक उच्च मा.वि., एक मा.वि., तीन ओटा नि.मा.वि. र तीन ओटा प्रा.वि. का साथै ९ ओटा वालविकास केन्द्रहरू रहेका छन् ।यस गा०वि०स मा स्थापित विद्यालयहरुमध्ये श्री वीरेन्द्र उ०मा०वि०,श्री विष्णु मा०वि०मुलेचौर,भैरव प्रा०वि० चवाँला,अमरघट्टी नि०मा०वि० ओखलढुङ्गा,चौडेल नि०मा०वि० चायाकोट,केदारमाण्डौ प्रा०वि० पातल,शान्ति प्रा०वि० धारापानी,सुनपाल प्रा०वि० बेवँरा र बग्र प्रा०वि० बगडा रहेका छन् ।यसै गरी वालविकास केन्द्रहरूमा ज्योती वालविकास केन्द्र,लटाली वालविकास केन्द्र,पाल्सेनी वालविकास केन्द्र,बगडा वालविकास केन्द्र,पासाङ वालविकास केन्द्र,दीपज्योती वालविकास केन्द्र र गोठेरी वालविकास केन्द्र मेहली समुदायमा आधारित वालविकास केन्द्र हुन भने भैरव नि०मा०वि०,वीरेन्द्र उ०मा०वि०,विष्णु मा०वि०हरूमा विद्यालयमाआधारित वालविकास केन्द्र हुन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

डोटी जिल्लाको सुदूर दक्षिणमा रहेको यस घाङल गा०वि०स० मा डोटी जिल्लामा रहेका अन्य गा०वि०स० मा भन्दा बढी जातिका मानिसहरु बसोवासस गर्ने गरेका छन् । यहाँ मुख्य रूपले बसोवास गर्ने जातिहरूमा ब्राम्हण,क्षेत्री,मगर,गुरुङ,लामा,दमाई,कामी,सार्की,भुल आदि प्रमुख हुन् । ब्रम्हाण जातिहरूमा खनाल,आचार्य,सापकोटा,जैशी,अम्मै आदी पूर्वीया ब्रम्हाण छन भने ओझा,बिनाडी पश्चिमा ब्रम्हाण जातिका मानिस बसोवास गर्छन । क्षेत्रीहरूमा बोहरा,जेठारा,साउँद,पनाडी,थापा,बिष्ट,बडुवाल,खत्री आदी जातिका मानिसहरु बसोवास गर्छन ।भौगोलिक विविधता रहेको यस गा•वि•स• मा जातिय,भाषिक, सांस्कृतिक विविधता रहेको छ । यहांको मगर समुदायमा मारुनी नाच नाचिन्छ,अछामी समुदायमा पुतला खेलिन्छ र पूर्बेली समुदायमा झ्याउरे तथा क्षेत्री समेदायमा डेउडा भाका घन्किन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्