काठमाडौँ जिल्ला
काठमाडौँ जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चोक, पश्चिममा धादिङ र नुवाकोट, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला पर्दछन् ।
काठमाडौँ जिल्ला Kathmandu | |
---|---|
देश | नेपाल |
प्रदेश | मध्यमाञ्चल विकास क्षेत्र |
अवस्थिति | पहाड |
नगरपालिका | १ महानगरपालिका सँगै १० नगरपालिका |
सदरमुकाम | काठमाडौँ |
क्षेत्रफल | |
• जम्मा | ३९५ किमी२ (१५३ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,७४४,२४० |
• घनत्व | ४४००/किमी२ (११०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
मुख्य भाषाहरू | |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस जिल्लाको सीमाना उत्तरमा जर्के खोला, सिन्धु खोला ठाडो खोला र शिवपुरी लेकले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाहरूसँग, पूर्वमा कात्तिके खोला, मनोहरा खोला र बागमती नदीले भक्तपुर र ललितपुर जिल्लासँग, पश्चिममा कोलफु खोला, नागार्जुन डाँडा, दहचोक, चन्द्रागिरी पहाड आदिले नुवाकोट, धादिङ र मकवानपुर जिल्ला तथा दक्षिणमा महादेवटारका डाँडा, रातेमाटे खोलाले मकवानपुर जिल्लासँग छुट्याएको छ ।
जिल्लाको नामाकरण
सम्पादन गर्नुहोस्काठमाडौँको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छविकालको पूर्वार्धतिरसम्म यस भूमिको नाम काठमाडौँ रहेको थिएन भन्न सकिन्छ । त्यसताकासम्म नेपाल उपत्यका पशुपति क्षेत्र, मन्जुपतन आदि नाम रहेको अड्कल लगाइएको पाइन्छ ।
- वि.सं. १०४३ तिर प्रसिद्ध लिच्छवी राजा गुणकामदेवले यस क्षेत्रमा यो सहर विकास गरेपछि यहाँको नाम काष्ठमण्डप रहन आएको हो ।
- अर्को भनाई अनुसार वि.सं. १२०० तिर काठमाण्डौं शहरको दक्षिण पश्चिम भागमा एउटा ठूलो रुखवाट काठैकाठको सत्तल बनेको हुँदा काष्ठमण्डप भनिन थाल्यो । संस्कृत शब्द काष्ठमण्डपको नेपाली रूपान्तर काठमाडौँ भएकोले पछि यस क्षेत्रलाई काठमाडौँ भनिन थालियो तर मल्लकालमा यसलाई कान्तिपुर पनि भनिन्थ्यो ।
यसरी संक्षेपमा यो क्षेत्रको नाम विभिन्न समयमा विभिन्न रूपले बदलिँदै काठमाण्डौं हुन आएको हो भन्न सकिन्छ ।
इतिहास
सम्पादन गर्नुहोस्कान्तिपुर सहरको स्थापना राजा गुणकामदेवले गरेका हुन्| किम्बदन्ति अनुसार उहांले शक्तिको अराधना गरी खड्ग आकारको सहरको निर्माण गर्न लगाएका थिए जसको जग हनुमानढोका दरबार क्षेत्रमा राखिएको थियो ।
गोपाल तथा महिषपाल वंश
सम्पादन गर्नुहोस्किरांत काल
सम्पादन गर्नुहोस्लिच्छिवि काल
सम्पादन गर्नुहोस्ठकुरी काल
सम्पादन गर्नुहोस्मल्ल काल
सम्पादन गर्नुहोस्४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थपना भएको थियो ।
शाह काल
सम्पादन गर्नुहोस्राणा काल
सम्पादन गर्नुहोस्प्रथम प्रजातन्त्रकाल
सम्पादन गर्नुहोस्पंचायत काल
सम्पादन गर्नुहोस्द्वितीय प्रजातन्त्रकाल
सम्पादन गर्नुहोस्काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरियो ।
शाही घोषणा पश्चात
सम्पादन गर्नुहोस्भूगोल
सम्पादन गर्नुहोस्काठमाडौँ पहाडी भूभागमा पर्ने जिल्ला हो ।
माटो
सम्पादन गर्नुहोस्यस जिल्लाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ ।
यस जिल्लामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा धेरै साना खोलाहरू बग्दछन् ।
वर्षा
सम्पादन गर्नुहोस्मनसुन ऋतुमा बङ्गालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ । शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ ।
तापक्रम
सम्पादन गर्नुहोस्शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म ।
नेवार
महत्त्वपूर्ण स्थलहरू
सम्पादन गर्नुहोस्केही महत्त्वपूर्ण ठाउँहरू यस प्रकार छन्
स्रोतहरू
सम्पादन गर्नुहोस्- [१] वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति