जैल सिंह
जैल सिंह भारतको सातौं राष्ट्रपति थिए। उनी १९८२ देखि १९८७ सम्म उक्त पदमा बसे। राष्ट्रपति हुनु भन्दा पहिले उनी भारतीय राष्ट्रिय कांग्रेस पार्टीसँग सँग सम्बद्ध राजनीतिज्ञ थिए र उनले गृहमन्त्री लगायत केन्द्रीय मन्त्रिमण्डलमा धेरै मन्त्री पदहरू सम्हालेका थिए। उनले १९८३ देखि १९८६ सम्म गुुट निरपेक्ष असंलग्न आन्दोलनको अध्यक्षको रूपमा पनि काम गरे।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1c/President_Giani_Zail_Singh_%28cropped%29.jpg/220px-President_Giani_Zail_Singh_%28cropped%29.jpg)
उनको राष्ट्रपतिकाल अपरेशन ब्लू स्टार, इन्दिरा गान्धीको हत्या र १९८४ को शिख विरोधी दंगा जस्ता घटनाको कारणले चिनिन्छ। [१] १९९४ मा भएको एक कार दुर्घटनामा घाइते भएर उनको मृत्यु भयो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ ""Zail Singh, 78, First Sikh To Hold India's Presidency", The New York Times, २६ डिसेम्बर १९९४, अन्तिम पहुँच २६ अक्टोबर २०११।