मोहमद रेजा पहलवी (फारसी: محمد رضا پهلوی, pronounced [mohæmˈmæd reˈzɒː pæhlæˈviː]; 26 October 1919 – 27 July 1980),[] मोहमद रेजा शाह (محمدرضاشاه Mohamad Rezā Ŝāh), १६ सेप्टेम्बर १९४१ देखि इरानी क्रान्तिबाट ११ फेब्रुअरी १९७९ मा राजतन्त्र अन्त्य नभएसम्म इरानको अन्तिम शाह थिए। मोहमद रेजा शाहले २६ अक्टोबर १९६७ मा शहंशाहको (राजाहरूको राजा) उपाधि धारण गरेका थिए।[] उनी पहलवी वंशका दोश्रो र अन्तिम राजा थिए। मोहमद रेजा शाहले आर्यामार (“ आर्यहरूको प्रकाश “), बोजोर्ग अर्तेश्तरण (“ परमाधिपति”) सहित अन्य कयौ उपाधिहरु लिएका थिए । उनको भन्ने गरेको सपना “महान सभ्यता“(Persian: تمدن بزرگ‎, translit. tamadon-e bozorg) ले इरानमा द्रुत औद्योगिक र सैन्य आधुनिकीकरण र आर्थिक तथा सामाजिक सुधार गरेका थिए।

मोहमद रेजा पहलवी
Aʿlāhazrat Homāyuni Ŝāhanŝāh Āryāmehr[]
Bozorg Arteŝtārān[]
शासनकाल१६ सेप्टेम्बर १९४१ –
११ फेब्रुअरी १९७९
राज्याभिषेक२६ अक्टोबर १९६७
पूर्वाधिकारीरेजा शाह
उत्तराधिकारीराजतन्त्र अन्त्य
सर्वोच्च नेताको रूपमारूहोल्ला खमेनी
जन्म(१९१९-१०-२६)२६ अक्टोबर १९१९
तेहरान, पर्सिया
मृत्यु२७ जुलाई १९८०(1980-07-27) (उमेर ६०)
कायरो, इजिप्ट
Burial
29 July 1980
Al-Rifa'i Mosque, कायरो, इजिप्ट
जीवनसाथी
(
वि १९३९; सवि १९४८)

(
वि १९५१; सवि १९५८)

(
वि १९५९)
सन्तानराजकुमार शाहनाज पहलवी
युवराज रेजा पहलवी
राजकुमार फराहनाज पहलवी
राजकुमार अलि रेजा पलाहवी
राजकुमार लेइला पहलवी
नाम
मोहमद रेजा पहलवी
Regnal name
मोहमद रेजा पहलवी
घरानापहलवी
बाबुरेजा शाह
धर्मसिया स्लाम
हस्ताक्षरमोहमद रेजा पहलवीको हस्ताक्षर
सैन्य सेवा
शाखा/सेवाइरान Imperial Iranian Army
Imperial Iranian Air Force
सेवाको वर्षहरू१९३६–१९४१
श्रेणीक्याप्टेन
आदेशहरूआर्मी निरीक्षण विभाग

मोहमद रेजा; द्वितीय विश्व युद्धमा बेलायत-सोभियत आक्रमणपछी उनका पिता रेजा शाह पहलवी अपदस्त गरिएपछी शक्तिमा आएका थिए। मोहमद रेजाको राज्यकालमा प्रधानमन्त्री मोहमद मोसादेघले इरानको तेल उद्योग राष्ट्रियकरण गरे पछि , अमेरिका र बेलायतको समर्थन प्राप्त “कु”बाट मोसादेघ हटाइए। [] मोहमद रेजाको राज्यकालमा इरानले पर्सियन राजतन्त्रको २५०० वर्षगाठ मनायो। सो अबसरमा रेजाले इरानी पात्रो बदले। [] मोहमद रेजाले इरानमा आर्थिक, सामाजिक र राजनैतिक सुधारको शृङ्खला मार्फत इरानमा स्वेत क्रान्ति भित्र्याए। जसअनुसार केहि उद्योगहरूलाई राष्ट्रियकरण गर्दै र महिलालाई अधिकार प्रदान गरेर इरानलाई विश्व शक्तिको रूपमा विकाश गर्ने र आधुनिकीकरण गर्ने, रुपान्तरण गर्ने योजना उनले सार्वजनिक गरेका थिए।

उनको सशक्त आधुनिकिकरणको नीति , laïcité, परम्परागत व्यापारी समुहसंगको विवाद, इजरायल संगको सम्बन्ध र उनी स्वयम्, उनको परिवार र सत्तारुढ व्यक्तिहरूको भ्रस्टाचार सम्बन्धि विवादको कारणले उनले विस्तारै इरानको धार्मिक समुह क्लर्जीको समर्थन गुमाए। अन्य थप जस्तै कम्युनिष्ट टुदेश पार्टीमाथि प्रतिबन्ध र इरानी गुप्तचर निकायबाट राजनैतिक बन्दीको दमन र अत्याचार उनका विवादित नीतिहरू थिए। आधिकारिक तथ्यांक अनुसार १९७८ मा इरानमा २,२०० राजनैतिक बन्दी थिए जुन कृतिको समयमा द्रुत गतिमा कयौ गुणाले बढेको थियो ।[]

१९७९ देखि सुरु भएको राजनैतिक अस्थिरता क्रान्तिमा बदलियो र १७ जनवरीमा उनी इरान छाड्न बाध्य भए। त्यसपछी इरानी राजतन्त्रको औपचारिक अन्त्य भयो र इरान रूहोल्ला खामेनिको नेतृत्वमा स्लामिक गणतन्त्र घोषणा भयो। उनको मृत्यु इजिप्टमा भयो जहाँ रास्ट्रपति अनवर सादतले उनलाई शरण दिएका थिए । उनको अन्तिम शाहको रुपम रहेकाले उनलाई “शाह” मात्र भनिन्छ।

शाह स्वेत क्रान्तिको सिद्धान्तको बारेमा जनसम्बोधन गर्दै
फराह दिवा सँग शाहको विवाह २० डिसेम्बर १९५९


१९७० को दशकमा मोहम्मद रेजाको छवि

सम्पादन गर्नुहोस्
आधुनिकता तर्फको पाइलाको रूपमा स्वेत क्रान्तिको प्रचारप्रसार गर्दै शाह
 
पत्रकार सम्मेलनमा बोल्दै मोहमद रेजा शाह नियवरण दरबार, २४ जनवरी १९७१

१९६० को दशकमा मोहमद रेजा शाहले “स्वेत क्रान्ति” उल्लेख गर्दै इरानलाई आधुनिकीकरण गर्न महत्त्वपुर्ण सुधार गर्ने वाचा गरेका थिए । उनले महिलालाई अधिकार दिने, मजदूरलाई शेयर र अन्य माध्यमबाट सहभागी गराउने नीति ल्याए । १९७० मा उनले बच्चाहरूको लागि निशुल्क शिक्षा लागु गराए । शाहको राज्यकालमा इरानको आयाम अविस्वस्नीय वृद्धि भएको थियो ।

 
इरानी पत्रिका १९६८ मा उल्लेख " एक चौथाई इरानी परमाणु वैज्ञानिक महिला छन् " जुनलाई महिला अधिकारमा सुधारको रूपमा हेरिएको थियो

नयाँ स्कुलबाट शैक्षिक प्रणालीमा सुधार ल्याइयो । इम्पेरीयल इरानी शसस्त्र बलद्वारा साक्षरता अभियान चलाइयो । शसस्त्र बलहरूलाई देशको पूर्वाधार विकाश र शैक्षिक परियोजनामा सहभागी गराइयो। शाहले क्लर्जी हुनको लागि परीक्षा दिन संस्थाहरु बनाए। धेरै इरानी विश्वविद्यालयका विद्यार्थीहरु विदेशमा पठाइए।

१९६७ देखि १९७७ को बीच विश्वविद्यालयको सङ्ख्या ७बाट २२ पुग्यो। आधुनिक शिक्षालयको सङ्ख्या ४७बाट २०० पुग्यो। उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको सङ्ख्या ३६,७४२बाट १,००,००० पुग्यो।[]

कुटनीतिको क्षेत्रमा इरानले पश्चिमी र पूर्वी युरोपेली देशसँग सम्बन्ध राख्यो र चीनइजरायलसँग पनि राम्रो सम्बन्ध थियो ।

पूर्वाधार र प्राविधिक सफलतामा उनले आफ्ना पिताको कार्यक्रमलाई निरन्तरता दिए । उनले इस्पात (steel) दुरसंचार, पेट्रोलियम, उर्जा, बाँध र सवारी उद्योगहरूलाई आफ्नो नीतिमा समावेश गरेका थिए।[][१०][११]

इरानको इस्लामिक क्रान्ति

सम्पादन गर्नुहोस्

मोहमद रेजाको मृत्यु २७ जुलाई १९८० मा ६० वर्षको उमेरमा भएको थियो। मिस्री राष्ट्रपति सादातले शाहलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरेका थिए। [१२] पहलवी परिवारको साथै अनवर सादात, रिचार्ड निक्सनले उनको अन्त्येष्टिमा कायरोमा उपस्थिति जनाएका थिए। [१३]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Desmond Harney (१९९९), The Priest and the King: An Eyewitness Account of the Iranian Revolution, I.B.Tauris, पृ: १८४, आइएसबिएन 978-1-86064-374-3 
  2. Roham Alvandi (२०१६), Nixon, Kissinger, and the Shah: The United States and Iran in the Cold War, Oxford University Press, पृ: ४०, आइएसबिएन 978-0-19-061068-5 
  3. "Historic Personalities of Iran: Mohammad Reza Shah Pahlavi", www.iranchamber.com, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७ 
  4. D. N. MacKenzie. A Concise Pahlavi Dictionary. Routledge Curzon, 2005.
  5. All the Shah's Men, Stephen Kinzer, pp. 195–196.
  6. "The Iranian History Article :Iran Switches To Imperial Calendar" 
  7. Amnesty International Report 1978 वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति. Amnesty International. Retrieved 22 February 2016.
  8. Amir Taheri, “New Frame for a New Picture,” Kayhan International, June 10, 1978
  9. Robert Graham, Iran, St. Martins, January 1979
  10. Gholam Reza Afkhami, The Life and Times of the Shah, University of California Press, January 2009,
  11. Abbas Milani, The Persian Sphinx: Amir Abbas Hoveyda and the Riddle of the Iranian Revolution, Mage Publishers, 1 October 2003;
  12. Shah's Flight वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२५ मिति. Time. 31 March 1980
  13. "SOMEONE ELSE'S PROBLEM", The New York Times, ६ नोभेम्बर १९८८।