भारोत्तोलन
भारोत्तोलन एउटा खेलाडीले बार्बेल्समा वेट प्लेटहरू जोडेर अधिक भन्दा अधिक तौल उठाउनको लागि प्रतिस्पर्धा गर्दै खेलिने खेल हो। यस खेलमा प्रतिस्पर्धी खेलाडीहरूलाई शारीरिक वजन अनुसार श्रेणीकरण गरिएको हुन्छ। शारीरिक वजन श्रेणीहरू पुरुष र महिला प्रतिस्पर्धीहरूको लागि फरक फरक हुन्छ।
उच्चतम अन्तराष्ट्रिय संस्था | अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घ |
---|---|
प्रथम पटक विकास | प्राचीन ग्रिस, इजिप्ट, चिन |
अभिलक्षण | |
सम्पर्क | छैन |
लैङ्गिक विभाजन | छैन |
श्रेणीकरण | Strength sport |
खेल सामाग्री | बार्बेल्स, वेट प्लेटहरू, कलर, चक, टेप, सुज, बेल्ट |
उपस्थिति | |
राष्ट्र वा क्षेत्र | विश्वभरी |
ओलम्पिक | पुरूष: १८९६, १९०४, १९२० – हालसम्म; महिला: २००० – हालसम्म |
प्रतियोगिता
सम्पादन गर्नुहोस्भारोत्तोलन खेलका सम्पूर्ण प्रतियोगिताऔहरू अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घको निर्देशन अनुसार हुने गर्छ। अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घको स्थापना सन् १९०५ मा भएको थियो। यसको प्रधान कार्यालय हङ्गेरीको बुडापेस्टमा अवस्थित छ।
तौल समूह
सम्पादन गर्नुहोस्यस खेलमा प्रतिस्पर्धी खेलाडीहरूलाई शारीरिक वजन अनुसार तौल समूहमा विभाजन गरिएको हुन्छ। सन् २०१८ मा अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घले खेलाडीहरूलाई शारीरिक वजन अनुसार १० तौल समूहमा विभाजन गरेको थियो।[१] यस मध्ये ७ वटा समूहहरू ओलम्पिक खेलमा समावेश गरिएको हुन्छ।
पुरूषहरूको तौल समूह
- ५५ किग्रा (१२१ पाउन्ड) (ओलम्पिक बाहेक)
- ६१ किग्रा (१३४ पाउन्ड)
- ६७ किग्रा (१४८ पाउन्ड)
- ७३ किग्रा (१६१ पाउन्ड)
- ८१ किग्रा (१७९ पाउन्ड)
- ८९ किग्रा (१९६ पाउन्ड) (ओलम्पिक बाहेक)
- ९६ किग्रा (२१२ पाउन्ड)
- १०२ किग्रा (२२५ पाउन्ड) (ओलम्पिक बाहेक)
- १०९ किग्रा (२४० पाउन्ड)
- १०९ किग्रा भन्दा माथी (२४० पाउन्ड+)
महिलाहरूको तौल समूह
- ४५ किग्रा (९९.२ पाउन्ड) (ओलम्पिक बाहेक)
- ४९ किग्रा (१०८ पाउन्ड)
- ५५ किग्रा (१२१ पाउन्ड)
- ५९ किग्रा (१३० पाउन्ड)
- ६४ किग्रा (१४१ पाउन्ड)
- ७१ किग्रा (१५७ पाउन्ड) (ओलम्पिक बाहेक)
- ७६ किग्रा (१६८ पाउन्ड)
- ८१ किग्रा (१७९ पाउन्ड) (ओलम्पिक बाहेक)
- ८७ किग्रा (१९२ पाउन्ड)
- ८७ किग्रा भन्दा माथी (१९१ पाउन्ड+)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "New Bodyweight Categories Approved by the IWF Executive Board", International Weightlifting Federation, अन्तिम पहुँच २०१८-१०-१९।