गणतन्त्र इराक
جمهورية العراق
Ǧumhūriyyat al-ʿIrāq
كؤماری عێراق‎
Komara Îraqê
Iraqको झन्डा
झन्डा
Iraqको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: الله أكبر   (Arabic)
"Allahu Akbar"  (transliteration)
"God is [the] Greatest"
राष्ट्रिय गान: 
موطني‎
Mawtini  (My Homeland)
Iraq
राजधानीबगदाद
सबैभन्दा ठुलो सहरcapital
आधिकारिक भाषाहरूArabic, Kurdistani language
रैथाने(हरू)इराकी
सरकारFederal parliamentary republic
स्वतन्त्र
• from the Ottoman Empire
१ अक्टोबर १९१९
• from the United Kingdom
३ अक्टोबर १९३२
• Republic
१४ जुलाइ १९५८
१५ अक्टोबर २००५
क्षेत्रफल
• जम्मा
४,३८,३१७ किमी (१,६९,२३५ वर्ग माइल) (५० औंं)
• पानी (%)
१.१
जनसङ्ख्या
• २००९ अनुमानित
३१,२३४,०००[] (३९ औंं)
• घनत्व
७१.५ /किमी2 (१८५.२ /वर्ग माइल) (१२५ औंं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१० लगत
• जम्मा
$११३.३६६ विलियन []
• प्रति व्यक्ति
$३,५३७[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१० लगत
• जम्मा
$८२.१५० विलियन[]
• प्रति व्यक्ति
$२,५६२[]
मुद्राइराकी दिनार (IQD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (GMT+3)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (not observed)
सडक प्रयोगदायाँ
टेलिफोन कोड९७४
इन्टरनेट डोमेन.iq
इराकको इतिहास
मिति घटनाक्रम
सन् १५३४–१९१८ इराकमा अटोमन साम्राज्यको शासन ।
सन् १८९९ अटोमन सरकारद्वारा इस्तानबुल–बगदाद रेलवे निर्माणको अधिकार जर्मनीलाई प्रदान। पश्चिम एसियामा युरोपली औपनिवेशिक आकांक्षाको बीजारोपण।
सन् १९१४–१९१८ पहिलो विश्वयुद्ध । इराकको अधिकांश भू–भाग बेलायतको कब्जामा।
सन् १९१६ बेलायत उक्साहटमा अरब मुलुकहरूद्वारा अटोमन शासन विरुद्ध विद्रोह।
सन् १९१९ प्रथम विश्वयुद्धको समाप्ति। पेरिस सन्धिद्वारा बेलायतलाई इराकमा शासन गर्ने अधिकार प्रदान।
सन् १९२० बेलायती आधिपत्यको विरोधमा इराकको असफल विद्रोह।
सन् १९२१ बेलायतद्वारा फैजललाई इराकको राजा नियुक्त।
सन् १९२२ पहिलो बेलायत–इराक सन्धि । इराकद्वारा तेल र विदेश नीतिमाथि लण्डनको औपचारिक नियन्त्रण स्वीकार ।
सन् १९२३ कुर्दिसहरूको बाहुल्य भएको उत्तरको भूभाग इराकमै समाविष्ट ।
सन् १९२४ इराकी संसदको पहिलो बैठक ।
सन् १९३० इराक–बेलायतबीच नयाँ सन्धि । शासनमा बेलायतको आधिपत्य ।
सन् १९३२ औपचारिक रूपमा इराक स्वतन्त्र राष्ट्रमा परिणत । ‘लीग अफ नेशन्स’ को सदस्यता ग्रहण । तर, विदेश मामिलामा बेलायतको नियन्त्रण कायम ।
सन् १९३३ आधुनिक इराकका प्रथम राजा फैजलको निधन । २१ वर्षीय छोरा घाजी नयाँ राजा घोषित ।
सन् १९३६ अरबको आधुनिक इतिहासमा पहिलो सैनिक विद्रोह, राजा घाजी विद्रोहीको पक्षमा ।
सन् १९३९ सवारी दुर्घटनामा राजा घाजीको मृत्यु । गद्दीमा शिशु फैजल द्वितीय ।
सन् १९३९–१९४५ दोस्रो विश्वयुद्ध । बेलायतसँगको सन्धिका कारण इराकद्वारा नाजी जर्मनीसँग सम्बन्धविच्छेद ।
सन् १९४० सत्तामा राष्ट्रवादी रशिद अलीको सरकार ।
सन् १९४१ रशिद अलीद्वारा सैनिक विद्रोह । र, इराकमा बेलायती सैनिक अधिकार कटौती । बेलायतद्वारा आक्रमण र आधिपत्य पुनस्र्थापना ।
सन् १९४८ पोर्ट्समाउथ सन्धिद्वारा बेलायतलाई इराकको सैन्य शक्ति नियन्त्रण गर्ने थप अधिकार ।
सन् १९४८ बेलायतको बढ्दो आधिपत्य विरुद्ध जन–विद्रोह । इराकद्वारा पोर्ट्समाउथ सन्धि मान्न अस्वीकार ।
सन् १९५२ आन्तरिक नियन्त्रण र नयाँ पाइपलाइन जडानका कारण तेलबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि ।
सन् १९५५ ‘प्रो–वेष्ट बगदाद प्याक्ट’ (सम्झैता) मा इराकको प्रवेश । नागरिक असन्तुष्टिमा वृद्धि ।
सन् १९५६ स्वेज संकट नहरमा बेलायत–फ्रान्स र इजरायलको संयुक्त आक्रमण । इराकी जनता झ्न् क्रुद्ध ।
सन् १९५८ सैनिक विद्रोहद्वारा राजतन्त्र समाप्त । अब्द अल करिम कासिम शासनमा ।
सन् १९६०–६१ कासिमद्वारा कम्युनिष्टहरूको दमन ।
सन् १९६१ उत्तरी क्षेत्रमा सरकार र कुर्द विद्रोहीहरूबीच लडाइँ सुरु ।
सन् १९६१ इरानले ओगटेका तटीय क्षेत्रहरू र कुवेत इराकको अङ्ग भएको कासिमको दावी ।
सन् १९६३ बाथ पार्टीद्वारा गरिएको विद्रोहमा कासिम अपदस्थ ।
सन् १९६३ सैनिक विद्रोहद्वारा तत्कालै वाथ पार्टी पनि सत्ताच्यूत ।
सन् १९६४ कुर्द विद्रोही र सरकारबीच युद्धविराम । एक वर्ष नबित्दै फेरि युद्ध शुरू ।
सन् १९६५ प्रधानमन्त्री आरिफ अब्द अर रज्जाकको विद्रोह असफल ।
सन् १९६६ हेलिकप्टर दुर्घटनामा राष्ट्रपति आरिफको मृत्यु, उनको भाइमा सत्ता हस्तान्तरण ।
सन् १९६७ (छ दिने युद्ध) इजिप्ट, सिरिया र जोर्डनमाथि इजरायलको भीषण हमला
सन् १९६८ विद्रोहमार्फत पुन वाथ पार्टी सत्तामा । अहमद हसन अल बाखर नयाँ राष्ट्रपति ।
सन् १९७० नयाँ सरकार र कुर्दबीचको शान्ति सम्झैता पुनः भङ्ग ।
सन् १९७३ वाथ पार्टीभित्रैबाट सरकार विरुद्ध विद्रोहको प्रयास ।
सन् १९७५ इराक र इरानबीच सहयोग सम्झैता सम्पन्न ।
सन् १९७९ इरानमा क्रान्ति । इरानको सत्तामा कट्टरपन्थी शिया मुल्लाहहरूको पकड ।
सन् १९७९ वृद्ध वाखरको अवकाश । इराकको नेतृत्व सद्दाम हुसेनको हातमा ।
सन् १९८० इरानमा कट्टरपन्थीहरूको बढ्दो दवदवाबाट चिन्तित इराकद्वारा इरानमाथि हमला ।
सन् १९८०–१९८८ इरान–इराक युद्धमा हजारौँको मृत्यु । इराकमाथि कुर्द नागरिक र इरानी सेनाविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप ।
सन् १९९० कुवेतमा इराकको धावा । साउदी अरबमा अमेरिकी सेनाको अखाडा स्थापना ।
सन् १९९१ संयुक्त राष्ट्रसंघको समर्थन र अमेरिकाको नेतृत्वमा बहुराष्ट्रिय सेनाद्वारा इराकमाथि जवाफी कारवाही । कुवेतबाट इराकी सेना फिर्ता । । अप्रिल १९९१ मा भएको युद्धविराम सन्धिअनुसार इराकले आफूसँग भएका जैविक, रासायनिक र आणविक हतियारहरूबाट नष्ट गर्नुपर्ने ।
सन् १९९१–१९९८ राष्ट्र सङ्घीय टोलीद्वारा इराकको शस्त्र भण्डार निरीक्षण गर्ने प्रयास । इराकद्वारा असहयोग र अन्ततः शस्त्र निरीक्षकहरूलाई देश निकाला ।

लामो विवाद र दबावपछि गत वर्ष हान्स ब्लिक्सको नेतृत्वमा पुनः हतियार निरीक्षण कार्यको थालनी । २० मार्च २००३ मा अमेरिकी र बेलायती सेनाले आक्रमण गर्ने अघिल्लो दिनसम्म निरीक्षण जारी ।

सन् १९९६ सद्दाम हुसेन विरुद्ध सीआईएको सहयोगमा भएको विद्रोह विफल ।
सन् २००१ ११ सेप्टेम्बरको आक्रमणपछि सुरक्षालाई लिएर अमेरिकामा व्यापक चिन्ता ।
सन् २००२ सेप्टेम्बर–मार्च २००३ इराकलाई निःशस्त्रीकरण गर्ने विषयमा राष्ट्र सङ्घ सुरक्षापरिषद्मा ६ महिनासम्म वार्ता र छलफल । अमेरिकी युद्ध योजना रोक्न तथा उसलाई इराकमाथि आक्रमण गर्ने अधिकार प्रदान गर्ने सहमतिमा पुग्न परिषद् असफल ।
सन् २००३ २० मार्चः अमेरिकी, बेलायती र अष्ट्रेलियाली सैन्यबलद्वारा इराकमा चौतर्फी हमला शुरु ।
सन् २००५ जनवरी हमला पछि इराकमा पहिलो निर्वाचन, अक्टोबरमा नयाँ संविधान जारी
सन् २००६ सद्दाम हुसेनलाई फाँसी
सन् २०१७ सेप्टेम्बर कुर्दिस स्वतन्त्रताको लागि लिएर इराकमा जनमत सङ्ग्रह। स्वतन्त्रताको पक्षमा ९२% मतदान। बग्दादको सङ्घीय सरकार द्वारा जनमत संग्रहलाई अवैधानिक घोषणा ।
सन् २०१८ भ्रष्टाचार, बेरोजगारी लाई लिएर इराकमा प्रदर्शन सुरु, २०१९को अन्तसम्ममा हिंस्रक प्रदर्शनमा रुपान्तरण ।

अरु सम्बन्धित विषयहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ १.३ १.४ "Iraq", International Monetary Fund, अन्तिम पहुँच २०११-०४-२१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्