अमरसिंह थापाको परिवार

नेपालको प्राचीन भारदारी परिवार

बडाकाजी अमरसिंह थापा (१८०८ - १८७३) को परिवार नेपाल अधिराज्यको एक राष्ट्रिय भारदारी परिवार तथा गोरखा राज्यको पुरानो भारदारी परिवार थियो । भीमसेन थापाको परिवार तथा अमरसिंह थापाको परिवार बगाले थापा कुलसंग सम्बन्धित थिए[१][२]नेपाल अधिराज्यको वृहद थापा गुटको अंश थिए ।[३]

बडाकाजी अमरसिंह थापाको परिवार
Nishankalika Flag of Bagale Thapa clan.svg
अमरसिंहको पुर्ख्यौली कुल बगाले थापाको निशानकालिका झण्डा
हालको क्षेत्रगोरखाकाठमाडौँ
अघिल्लो हिज्जेबगाले थापा
उत्पतिस्थानसिरानचोक, गोरखा
सदस्यहरू
जडान भएका सदस्यहरू
जोडिएका परिवारहरूकुँवर परिवार
परम्पराहरूक्षत्रिय (क्षेत्री)
सम्पत्ति(हरू)गोरखाको सिरानचोक

यस परिवारको पितृ सिरानचोक निवासी रणजय (रञ्जै) थापा थिए । उनका छोरा बाघ भीमसिंह थापा गोरखा राज्यको सैनिक अधिकारी थिए जो पलाञ्चोकको युद्धमा वीरगति पाए । भीमसिंहका छोरा तथा यस परिवारको सर्वाधिक परिचित सदस्य, अमरसिंह थापा कुमाऊँ, गढवाल तथा पश्चिमी प्रान्तहरूको मुख्तियार बन्न पुगे । अमरसिंहको छोरा तथा नातिहरू नेपाल अधिराज्यको भारदार, राजनीतिज्ञ, सैनिक अधिकारी तथा प्रान्तीय हाकिमहरू बन्न पुगे ।

यस परिवारको वैवाहिक सम्बन्ध कुँवर परिवारसँग थियो । चन्द्रवीर कुँवरका ससुरा अमरसिंह थापा थिए । उनी बलभद्र कुँवर तथा वीरभद्र कुँवरका मावली हजुरबुवा पनि थिए ।


सन्दर्भसम्पादन

  1. Pradhan 2012, पृष्ठ 22.
  2. Hamal 1995, पृष्ठ 191.
  3. Pradhan 2012, पृष्ठ 26.