चन्द्रवीर कुँवर कुमाऊँँ-गढवालका एक तिहाइ भूभागका सुब्बा (प्रान्तीय हाकिम) थिए । चन्द्रवीर नेपालको भारदारी कुँवर परिवारका थिए । कुमाऊँँ-गढवालको प्रान्तीय राजनीति तथा सैन्य नीतिमा उनको संग्लनता थियो ।

परिवार सम्पादन गर्नुहोस्

चन्द्रवीर कुँवर गोरखाली सेनाका एक योद्धा जयकृष्ण कुँवरका एकमात्र छोरा थिए ।[१] कुँवरहरूको जागिर रहेकोले उनी काभ्रे भँवरकोटका बासिन्दा थिए ।[१] चन्द्रवीरका छोराहरू: वीरभद्र र बलभद्र कुँवर थिए ।[२] कप्तान बलभद्र कुँवर नेपालको राष्ट्रिय विभूति (नायक) मानिन्छन् ।

सरदारी सम्पादन गर्नुहोस्

उनी काजी पदपछिको दोस्रो मानार्थ सरदार थिए । चन्द्रवीर गढवाल क्षेत्रको एक-तिहाइ भूभागका सुब्बा (बडाहाकिम) थिए ।[१] नेपालको पश्चिमी प्रान्त कुमाऊँँ-गढवालको राजनीतिमा उनको ठूलो संग्लनता थियो । उनी बडाकाजी अमरसिंह थापाका समर्थक थिए । उनलाई सुब्बा हस्तीदल शाहको बदलामा गढवाल ल्याइएको थियो ।

स्रोत सम्पादन गर्नुहोस्