प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५५ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ माघ पहिलो सम्पादन गर्नुहोस्

सन्दीप लामिछाने (जन्म: २०५७ साउन १८) एक नेपाली क्रिकेट खेलाडी हुन जो नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि खेल्दछन्। दायाँ हाते स्पिन बलर, लामिछानेले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, बिग ब्यास लिगमा होबार्ट हुरिकेन र पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर सहित विश्वभर आयोजना हुने प्रमुख ट्वान्टी२० खेल प्रतियोगिताहरूमा खेल्ने गर्दछन्।

सन्दीपले सन् २०१८ मा आइसिसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिज विरुद्ध टि२० मा पदार्पण गरेका थिए। संयुक्त टोलीको प्रतिनिधित्व गर्दै टि२० अन्तर्राष्ट्रिय पदार्पण गर्ने उनी पहिलो नेपाली क्रिकेट खेलाडी समेत हुन्। उनी सन् २०१८ अगस्तमा नेदरल्यान्ड विरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने एघार क्रिकेट खेलाडी मध्ये एक थिए। (पूरा  पढ्नुहोस्...)

२०७७ माघ दोस्रो सम्पादन गर्नुहोस्

विनोद कुमार चौधरी (जन्म: वि.सं. २०१२ वैशाख १) एक नेपाली अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी समेत हुन्।

वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो। वि.सं. २०६९ साल देखिनै उनको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ। वितरण, खुद्रा, मनोरञ्जन र निर्माणमा केन्द्रित आफ्नो व्यवसायहरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र चलचित्र निर्माण समेत गरेका छन्। उनी फोर्ब्सको सन् २०१९ को अर्बपतिहरूको सूचीमा १३४९औँ स्थानमा रहेका छन्। सञ्चार माध्यमहरूको अनुसार, उनले एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने बताइएको छ। (पूरा  पढ्नुहोस्...)