व्यवसाय

जीवन निर्वाह गर्ने तरिका

व्यवसाय भन्नाले आय आर्जन गर्नको लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउँछ । हामीले समाजमा स-साना पसलहरू देखि लिएर ठुल-ठुला कल कारखानाहरू सञ्चालनमा आएको देख्न सक्छौं । मानिसहरूले आफ्नो जीविकोपार्जन गर्नको निमित्त कुनैकुनै आर्थिक क्रियाकलापहरूमा संलग्न रहेको पाउछौं । उनीहरूले पुँजी लगानी गरी जोखिम बहन गरे बापत त्यसबाट नाफा कमाउने उदेश्य लिएका हुन्छन् । यसरी व्यवसाय भनेको मुनाफा कमाउने उदेश्यले मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप हो । व्यवसायको साबदिक अर्थले व्यस्त भैरहने अवस्थालाई जनाउछ ।(State of being busy) तर पनि सबै किसिमको व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय हुनको लागि लगानी गरेर जोखिम बहन गरी नाफा कमाउने उदेश्यबाट व्यस्त रहेको हुनुपर्छ ।

व्यवसायका विशेषताहरू सम्पादन गर्नुहोस्

व्यवसायका विशेषताहरु निम्न छन् ।

आर्थिक क्रियाकलाप सम्पादन गर्नुहोस्

व्यवसाय एक आर्थिक क्रियाकलाप हो । जसलाई व्यक्ती वा व्यक्तिको समूहले समाज र मालिकको हितमा सञ्चालन गर्दछन् । व्यवसायले आय आर्जनसँग सम्बन्ध राख्ने भएकाले यसको नीतिलाई मौद्रिक रूपमा मापन गरिन्छ ।

वस्तु तथा सेवाको कारोबार सम्पादन गर्नुहोस्

व्यवसायले वस्तु तथा सेवाको उत्पादन र बिक्री वितरणसँग सम्बन्ध राख्दछ । तर व्यक्तिगत उपभोक्ताको लागि उत्पादित तथा कसैलाई उपहारको रूपमा दिएको चिज व्यवसाय अन्तर्गत पर्दैन ।

कारोबारमा नियमितता र निरन्तरता सम्पादन गर्नुहोस्

आय आर्जन गर्ने उदेश्यले नियमित एवम् निरन्तर रूपमा व्यवसायीक कारोबारहरू सञ्चालन गरिन्छ भने त्यसलाई व्यवसाय भनिन्छ । त्यसैले व्यवसाय हुनको लागि कारोबारहरू नियमित र निरन्तर रूपमा हुनु पर्दछ ।

नाफा उनमुख सम्पादन गर्नुहोस्

नाफा कमाउने उदेश्यले नै व्यवसाय गरिन्छ । कानुनी रूपमा कारोबारहरू सञ्चालन गरी नाफा कमाउने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।

जोखिम र अनिश्चितता सम्पादन गर्नुहोस्

व्यवसायमा जोखिम र अनिश्चितता हुन्छ । व्यवसायमा रहेको जोखिम र अनिश्चिततालाई धर्याता पुर्वक रणनीतिहरू मार्फत बहन गर्दै जानुपर्छ । व्यवसाय गर्दा धेरै जोखिम र धेरै प्रतिफलको सिद्धान्तलाई बिर्सनु हुदैन ।

उपभोक्ताको सन्तुष्टि सम्पादन गर्नुहोस्

व्यवसायको प्रमुख उदेश्य ग्राहकहरूको सन्तुष्टिद्वारा नाफा कमाउनु हो । उपभोक्ताहरू आफ्नो सन्तुष्टिका लागि बस्तु तथा सेवाको उपभोग गर्दछन । बस्तु तथा सेवाबाट जति उनीहरू सन्तुष्ट हुदै जान्छन, त्यति नै उनीहरूले उपभोग गर्दछन । त्यसैले व्यवसायको प्रमुख आधार नै उपभोक्ताको सन्तुष्टि हो ।

व्यवसायको गाहको चाहना नुरप सम्पादन गर्नुहोस्