राङ्सी, पूर्वी रुकुम
राङ्सी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०९८ रहेको थियो जसमध्ये ९९२ पुरुष र ११०६ महिला रहेका थिए भने यहाँ ४२५ घरधुरी रहेको थियो।[१] यो हाल पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्दछ।
राङ्सी, पूर्वी रुकुम | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°३८′N ८२°५५′E / २८.६३°N ८२.९१°Eनिर्देशाङ्कहरू: २८°३८′N ८२°५५′E / २८.६३°N ८२.९१°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पूर्वी रुकुम जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,०९८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सदरमुकाम खलङ्गाबाट २० कोष टाढा पूर्वी उत्तर क्षेत्रमा अवस्थित राङ्सी गाविस पनि एक हो। पहाडी भूगोलमा रहेको राङ्सी गाविस आफ्नै खालको ऐतिहासिक भौगोलिक धार्मीक राजनीतिक तथा सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ।
भौगोलिक अवस्थिति अनुसार राङ्सी गाविस मनोरम महाडी गाविस हो। यो गाविस २८ डिग्री ३६ मिनेट १५ सेकेन्ड देखि २८ डिग्री ४० मिनेट १५ सकेन्ड उत्तरी अक्षांश र ८२ डिग्री २९ मिनेट देखि ८२ मिनेट पूर्व देशान्तर भित्र पर्दछ। नापी शाखा रुकुमको रेकर्ड अनुसार यो गाविसको क्षेत्रफल करिब दुई हजार पाँच सय चार दशमलव १२०५ रहेको छ। राजनीतिक विभाजन अनुसार यो गाविस क्षेत्र नंं। १ र इलाका नं। ५मा पर्दछ। भौगोलिक स्वरूपलाई हेर्दा यो गाविस जिल्लाका पहाडी तथा लेकाली भू-भागमा पर्दछ। यो गाविसको थोरै भाग फाँट र ज्यूलामा पर्दछ भने अन्य भाग पहाडी तथा लेकाली भागमा पर्दछ।
राङ्सी गाविसको ऐतिहासिक पृष्ठभूमिलाई खोतल्दा यस ठाउँलाई पहिला रांसी भनिन्थ्यो रे। पछाडी यो नामको अपभ्रशं हुँदै जाँदा राङ्सी रहन गएको भन्ने भनाई रहेको छ। राङ्सीलाई स्थानीय खाम भाषामा फराकीलो बस्ती भन्ने बुझाउँछ। यसैको नामबाट गाउँ र पछि त्यस गाविसको नाम पनि रहन गएको हुन सक्ने स्थानीय बुढापाकाहरूको भनाई छ।
राङ्सी गाविसको पूर्वमा कोल गाविस पश्चिममा पोखरा र काँडा गाविस उत्तरमा जाङ गाविस र दक्षिणमा मोरावाङ गाविसको विचमा रहेको छ। रुकुम जिल्लामा अविरल रूपमा बगीरहने उत्तर गङ्गाको रूपमा चिनिने सानीभेरी नदिले उत्तरी भू-भागलाई सिमाङ्कन गदैै्र्र जति शोभा बढाएको छ त्यति नै रमनीय धौलागिरी आचलमा पर्ने पुथा हिमाललाई यस गाविसबाट देख्न सकिन्छ।
यस गाविसका अधिकांश परिवारहरू कृषि पेशामा नै निर्भर रहेका छन्। कृषि पेशाका अलावा यस गाविसमा पाइने जडिबुटीहरू मध्ये अल्लो तथा राडीपाखी यहाँको प्रमुख आयश्रोत हो। यस गाविसमा खेतियोग्य जमीन जम्मा पाँच सय सन्तानब्बे दशमलव ३६ हेक्टर रहेको यस गाविसमा भिरालो पनाको कारण कृषि पेशामा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ।
मकै धान गहुँ जौँ आलु कोदो फापर यस गाविसमा उत्पादन हुने प्रमुख खाद्यान्न बाली हुन् भने खोसा्रनी तोरी ओखर आदी नगदेवाली उत्पादन हुने गर्दछ। त्यस्तै यस गाविसमा उत्पादन हुने ताजा तरकारी अन्तर्गत आलु िपंडालु सिमी वोडी काँक्रो फसर्ी मूला लसुन आदि पर्दछन्। यसरी नै कागति आरु स्याउ आरुवखडा ओखर यस गाविसमा उत्पादन हुने फलफुल हुन्।
राङ्सी गाविसमा मगर जातिको बढी मात्रामा बसोवास छ भने अन्य जातिहरूमा कामी दमाई सुनुवार ठकुरी नेवार आदिको बसोवास छ। यहाँका अधिकांश मानिसहरू मगरखाम भाषा बोल्ने गर्दछन्। यस गाविसका मानिसहरूमा फरक-फरक धर्म मान्ने भएपनि भेष भुषा लवाईखवाई र रीतिरीवाजमा समानता पाइने गरेको छ। राङ्सी गाविसको वडा नं। ५को पानीचौरमा रहेको डिग्रे मन्दिर वडा नं। ८मा रहेको सिद्ध थान वडा नं। ४मा रहेको माई भगवती मन्दिर र वडा नं।५मा पर्ने मण्डली थान यस गाविसका प्रमुख धार्मिक स्थलहरू हुन्।
डिग्रे मन्दिर सिद्ध थान र माई भगवती लगायतका धार्मिक स्थानहरूमा विभिन्न समयमा ठूला ठूला जात्राहरू लाग्ने गर्दछन्। चिसो तथा समशितोष्ण हावा पानी रहेको राङ्सी गाविसमा धुपी सल्ला बाँझ खसु्र रईज फलाट गुँरास ओखर पाँगर चाँपो काफल सल्लो उत्तीस कटुस टुनी बाँस निगालो लोक्ता जस्ता बनस्पतिहरू पाईने गर्दछन्।
कुरिलो टिमुर हर्रो दालचिनी पाँचऔले चिराइतो जटामसी बोझो भलायो आदि राङ्सी गाविसमा पाईने जडिबुटीहरू हुन्। यस्तै यहाँ बाघ भालु स्याल घोरल राते दु_िम्स बँदेल थार जस्ता बन्यजन्तुहरू र डाँफे कालिज चाकुरा तित्रा आदि पंछिहरू पाइन्छन्।
यस गाविसमा केही अग्ला पहाडहरू पनि रहेका छन्। जसमा नरमटिला लेक सेपे चिरण लिस्ने पीपलवाङ्ग नावाङ्ग आदि रहेका छन्। त्यस्तै यस गाविसमा केही पर्यटकीय महत्त्वका स्थानहरू पनि रहेका छन्। ती मध्ये लिस्नी धुरी सेपे हुँदै पिलीवाङ्ग लेकाली फाँट पनि एक हो। यो फाँट अत्यन्तै रमणीय रहेकोले पर्यटकहरूको आकर्षणको थलो हुन सक्दछ कसैले ध्यान दिया। यहाँबाट धौलागिरी र पुथा हिमालको रमणीय दृश्य हेरेर आनन्द लिन सकिन्छ। जसलाई दुई चार शब्दले बयान गरेर पनि पुग्दैन।
त्यस्तै झाँकि्र गेल गुफा पनि यस गाविसको पर्यटकीय एवं ऐतिहासिक महत्त्वको स्थान हो। यो गुफामा पानी चुहीरहन्छ। किम्बदन्ती भनाई अनूसार यहाँ पहिले एक जना झाँक्री आफ्नो लगाउने साज सामानसँगै गुफा भित्र पस्दा त्यही हराएको र पछि-पछि बाबुलाई खोज्न जाँदा छोरी पनि हराएको हुँदा यो गुफामा जाँदा त्यही हराइन्छ भन्ने डर त्यहाँका स्थानीयवासीहरूमा रहेको छ।
त्यसरी नै छोरेकोइ गुफा पनि यस गाविसको अर्को पर्यटकीय स्थान हो यो गुफा वडा नं। २मा रहेको छ। यो गुफाभित्र पत्थर दमाहको आकृतिको देखिन्छ र त्यसलाई बजाउँदा दमाहाको आवाज आउने गर्दछ। साचारको दृष्टिकोणले हेर्दा यो गाविस दुई वर्षको भन्दा अलि केही पहुँचमा पुगेको भन्छ सकिन्छ तर जति हुन सक्नुपर्ने हो त्यति नभएको स्पष्ट देखिन्छ।
शिक्षा क्षेत्रमा हेर्दा यो गाविसमा विक्रम सम्वद २०३२ सालमा श्री सिद्ध मण्डलि प्राथमिक विद्यालय स्थापना भई औपचारीक शिक्षाको प्रारम्भ भएको हो विक्रम सम्वद २०५८ सालको तथ्याङ्क अनुसार यस गाविसमा ३६ दशमलव १६ प्रतिशत पुरुष र १९ दशमलव ७६ प्रतिशत महिला गरी कुल साक्षरता २२ दशमलव ०५ प्रतिशत रहेको छ।
समग्रमा हेर्दा दुरीगत हिसावले सदरमुकाम देखि २० कोष टाढा रहेका राङ्सी गाविस विकासको नजरमा पनि त्यति टाढा नै रहेको छ। यस गाविसमा रहेका पुवाङखोला जामाखोला दामैखोला देउखोलाबाट साना साना विद्युत निकाल्न सकिने सम्भावना रहेको छ। विकासका लागि प्रचुर सम्भावना बोकेका ठाउँहरू हुँदा हुँदै पनि विद्युत उत्पादन गर्न सकिरहेको देखिँदैन।
पर्यटकीय महत्त्व बोकेका राङ्सी गाविस शिक्षा स्वास्थ्य खानेपानी यातायात विद्युत जस्ता अत्यावश्यकीय विकासका पूर्वाधारबाट अति नै भोको छ। त्यसैले राङ्सी गाविसका मानिसहरूको जीवन स्तर उकास्न यो गाविसको विकासमा सम्वन्धित निकायको गतिलो नजर पुग्नु आवश्य देखिन्छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "गाविस सूची", रुकुम जिल्ला विकास समिति।