रवीन्द्र सङ्गीत
रवीन्द्र सङ्गीत (बांग्ला: রবীন্দ্রসঙ্গীতIPA: [ɾobind̪ɾɔ soŋɡit̪]), रवीन्द्रनाथ टेगोर ले रचना गरेको सङ्गीत को एक विधा हो। यस सङ्गीत ले बङ्गाल क्षेत्र (हालको भारत तथा बङ्गलादेश) को सङ्गीत अवधारणामा एक नया आयाम ल्याएको छ।
रवीन्द्र सङ्गीत | |
---|---|
![]() बाल्मिकी प्रतिभा ओपेरामा रवीन्द्रनाथ टेगोर (दायाँ) र इन्दिरा देवी चौधरानी (बायाँ) | |
मूल नाम | রবীন্দ্রসঙ্গীত |
व्युत्पत्ति | रवीन्द्रनाथ टेगोर द्वारा रचित गीत तथा संगीत |
शैलीगत उत्पत्ति | भारतीय शास्त्रीय संगीत, पाश्चात्य शास्त्रीय सङ्गीत, बङ्गाली लोकगीत, कीर्तन, श्यामा सङ्गीत, |
सांस्कृतिक उत्पत्ति | १८७५ - १९४१, ब्रिटिस भारतका रियासत र प्रदेशहरू |
सामान्य वाद्ययंत्र | एसराज, बाँसुरी, तानपुरा, एकतारे, दोतारा, सितार, खोल, तबला पियानो, हार्मोनियम |
क्षेत्रीय दृश्यहरू | |
भारत (पश्चिम बङ्गाल त्रिपुरा) तथा बङ्गलादेश | |
स्थानीय दृश्यहरू | |
शान्तिनिकेतन, कोलकाता, ढाका |
रवीन्द्र सङ्गीत को स्रोतको रूपमा शास्त्रीय सङ्गीत तथा परम्परागत लोक सङ्गीत को उपयोग गरिन्छ।[१] यस सङ्गीत मा टैगोरले २२०० भन्दा बढी गीत लेखेका थिए।
प्रभावसम्पादन
बङ्गाली संस्कृतिमा रवीन्द्र सङ्गीत को एकदम गहिरो प्रभाव परेको पाइन्छ।[१] रविन्द्र सङ्गीत का यी गीतलाई बङ्गलादेश तथा भारतको पश्चिम बङ्गाल दुवैतिर बङ्गालको सांस्कृतिक निधि मानिएको छ।
विभिन्न विषयलाई सम्बोधित गर्ने रवींद्रसङ्गीत एकदम लोकप्रिय छ। अंग्रेजी भाषामा शेक्सपियरको जतिकै प्रभाव बङ्गाली लोक साहित्यमा रवीन्द्रनाथको छ। भनिन्छ कि उनका गीतहरूमा बङ्गाली समुदायले भोगेका ५०० वर्षको साहित्यिक र सांस्कृतिक मन्थन पाइन्छ । धन गोपाल मुखर्जी ले जाति तथा बहिष्कृत जाति (Caste and Outcaste) नामक पुस्तकमा रवीन्द्र सङ्गीत का गीतहरूमा सबै बर्गको सौन्दर्यबोधऽ लौकिकता तथा मानवीय भावना व्यक्त हुने गरेको उल्लेख गरेका छन्। यस मार्फत कविले उच्चऽ मध्यमऽ निम्न सबै बर्गका सबैलाई एक आवाज दिएका छन्। गरीब होस् या धनी सबैको भावनाको झंकार रवीन्द्र सङ्गीत मा पाइन्छ। [२]
बङ्गाली कवि ऋत्विक घटक ले भनेका छन् के बारे में कहा, " टेगोर ले म जन्मिनु भन्दा धेरै पहिले मेरा सबै भावनाहरूलाई कमजोर बनाइदिएका थिए ...... म उनलाई पढ्छु र पाउँछु ....अब भन्नका लागि मसँग केही नयाँ कुरा बाँकी छैन। उनले आफ्नो कृति मेघे ढाका तारा (बादलले छेकेको तारा) तथा सुवर्णरिखा मा बङ्गाल-विभाजन पछिको मार्मिकता व्यक्त गर्नका लागि रवीन्द्र सङ्गीत को उपयोग गरेका थिए।
टेगोरले लेखेका दुई गीति रचनाले दुई देशमा सर्वोच्च स्थान पाएका छन्। तलका दुई गीत आधुनिक भारत र बङ्गलादेश का राष्ट्रीय गानको रूपमा अपनाइएका छन्।
- बङ्गलादेशको राष्ट्रिय गान "आमार सोनार बांग्ला"
- भारतको राष्ट्रिय गान "जन गण मन"
चलचित्रमा रवीन्द्र सङ्गीतसम्पादन
भारतीय तथा बंग्लादेशी दुवै चलचित्रमा रवीन्द्र सङ्गीत को राम्रो प्रयोग भएको पाइन्छ। भारतीय चलचित्र लेखक निर्माता सत्यजीत रे, ऋत्विक घटक, मृणाल सेन आदिले चलचित्रमा रवीन्द्र सङ्गीत लाई राम्रो स्थान दिएका छन्। नितिन बोस, तपन सिन्हा, कुमार शाहनी लगायत विभिन्न चलचित्र निर्माताले पनि आफ्ना चलचित्रमा रवीन्द्र सङ्गीत को उपयोगका लागि अभिप्रेरित गरेका छन्। ब्रिटिश, यूरोपेली तथा अष्ट्रेलियाली चलचित्रमा पनि यो सङ्गीत को प्रयोग भएका छन्।
रवीन्द्र सङ्गीत का गायक-गायिकासम्पादन
रवीन्द्र सङ्गीत गायनमा केही प्रसिद्ध गायक गायिकाहरू छन्।
- कनिका बन्द्योपाध्याय: उनको नाम "अनिमा" थियो पछि टैगोर ले नै उनको नाम "कनिका" राखिदिए।
- देवव्रत विश्वास:
- सुमन चटर्जी
- स्वागतालक्ष्मी दासगुप्ता
- बनानी घोष
- शान्तिदेव घोष रवींद्रनाथ टैगोर तथा दिनेन्द्रनाथ टैगोरका शिष्य
- किशोर कुमार
- सुचित्रा मित्रा:
- हेमन्त कुमार मुखोपाध्याय
- पंकज मलिक:
- सुबिनय राय
- नीलिमा सेन:
- इन्द्रनील सेन
- लोपामुद्रा मित्रा
- इन्दुलेखा घोष
- नलिनीकान्त सरकार
- राजेश्बरी दत्त
- माया सेन
- नीलिमा सेन
- अमिता सेन
- आरति मुखोपाध्याय
- चित्रलेखा चौधुरी
- बन्दना सिंह
- शैलजारञ्जन मजुमदार
- शान्तिदेब घोष
- कनक दास
- कणिका बन्दोपाध्याय
- अशोकतरु बन्द्योपाध्याय
- अग्निभ बन्द्योपाध्याय
- देबब्रत बिश्बास
- पापिया सारोयार
- मनीषा मुरली नायार
- मनोज मुरली नायार
- मालति घोषाल
- मोहन सिंह खांगुरा
- के एल सायगल
- सुबिनय राय
- चिन्मय चट्टोपाध्याय
- सुचित्रा मित्र
- सागर सेन
- सुमित्रा सेन
- इन्द्राणी सेन
- श्राबणी सेन
- अर्घ्य सेन
- रुमा गुहठाकुरता
- राजेश्बर भट्टाचार्य
- कलिम शराफी
- कादेरी किबरिया
- रेजओयाना चौधुरी बन्या
- मिता हक
- लोपामुद्रा मित्र
- स्बागतालक्ष्मी दाशगुप्त
- शिबाजी चट्टोपाध्याय
- शुभमिता बन्द्योपाध्याय
- श्रीकान्त आचार्य
- श्रीराधा बन्दोपाध्याय
- सुप्रतीक दास
- ऋतु गुह
- गीता घटक
- रेणुका दासगुप्ता
- जयती चक्रबर्ती
- कमलिनी मुखोपाध्याय
- अदिति महसिन
- अदिति गुप्ता
- द्बिजेन मुखोपाध्याय
- शाशा
- श्रेया गुहठाकुरदा
- मनोमय भट्टाचार्य
- इन्द्रनील सेन
- किशोर कुमार
- अरुन्धुति होम चौधुरि
- सादी मुहम्मद
रवीन्द्र सङ्गीत का शिक्षकहरूसम्पादन
टेगोर आफैं रवीन्द्र सङ्गीत का शिक्षक थिए। रवीन्द्र सङ्गीत का अन्य केही प्रसिद्ध शिक्षकहरू
- दिनेंद्र नाथ टैगोर
- शान्तिदेव घोष
- रुमा गुहा ठाकुरता
- सुचित्रा मित्रा
- कनिका बन्द्योपाध्याय
- सुबिनय राय
- नीलिमा सेन
- अब्दुल अहद
- अनिसुर रहमान
- रिजवाना चौधरी बन्या
- अब्दुल वदूद
संस्थानसम्पादन
- रवीन्द्र भारती विश्वविद्यालय
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ १.० १.१ Huke, Robert E. (2009). "West Bengal". Encyclopædia Britannica. Encyclopædia Britannica Online. http://www.britannica.com/EBchecked/topic/640088/West-Bengal. अन्तिम पहुँच मिति: 2018-11-30.
- ↑ धन गोपाल मुखर्जी जाति तथा बहिष्कृत जाति (Caste and Outcaste)
थप सामग्रीहरूसम्पादन
- टेगोर रक्स द म्युज़िक म्यागेजीन
- Ghosh, Śhantideba (२००६), Rabindrasangeet vichitra, Concept Publishing Company, आइएसबिएन 8180693058।
- Bandhopadhyaya, Beerendra (१९८१), Rabindra-sangit, Granthalaya।
- Som, Reba (२००९), Rabindranath Tagore: The Singer and his Song, New Delhi, India: Penguin Books (Viking), आइएसबिएन 9780670082483।