ऋत्विक घटक
ऋत्विक घटक (ⓘ बङ्गाली: ঋত্বিক (কুমার) ঘটক, ऋतिक (कुमार) घोटोक ; ४ नोबेम्बर १९२५ – ६ फरवरी १९७६)[१] एक बङ्गाली चलचित्र निर्देशक, निर्माता र लिपि लेखक थिए । प्रमुख समकालीन बङ्गाली फिल्मकार सत्यजित राय र मृणाल सेन संगै थिए भने उनका चलचित्र मा मुख्य रूपमा सामाजिक वास्तविकतालाइ उनले सावधानीपूर्वक चित्रण गरेका कुरालाइ याद गरिने गरिन्छ । यद्यपि उनको भूमिका विशेष गरी विरोधाभासी थिए तर उनी एक अर्काका निकै ठुला प्रशंस थिए । घटकलाइ आफ्नो जीवन कालमा धेरै पुरस्कार प्राप्त भए, जसमध्ये सन् १९७४ मा राष्ट्रीय फिल्म पुरस्कार रजत कमल अवार्डका लागि बेस्ट स्टोरी 'जुक्ति तोक्को आर गोप्पो'[२] र बङ्गलादेश सिने पत्रकारिता एसोसिएशनबाट 'तिताश एक्टि नादिर नाम' मा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार प्राप्त गरेका थिए । भारत सरकार ले सन् १९७० मा कला को लागि उनलाई पद्म श्री का साथ सम्मान दिएका थिए ।[३][४]
ঋত্বিক ঘটক ऋत्विक घटक | |
---|---|
जन्म | ढाका, पूर्वी बङ्गाल (वर्तमान बङ्गलादेश) | ४ नोभेम्बर १९२५
मृत्यु | ६ फेब्रुअरी १९७६ कोलकाता, भारत | (उमेर ५०)
पेशा | फिल्म लेखक तथा निर्माता |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्ऋत्विक घटक को जन्म पूर्वी बङ्गाल को ढाका मा भएको थियो (हाल बङ्गलादेश)। [५] उनका बुवा सुरेश चन्द्र घटक एक जिल्ला मजिस्ट्रेट, एक कवि तथा नाटककार थिए भने उनकी आमा नाम इन्दुवाला देबी थियो । उनी र उनकी जुम्ल्याह बहिनी प्रतेती, नौ ओटा बच्चाहरूमा सबै भन्दा कम उमेरका थिए । अरु बच्चाहरूमा मनिष, सुधिश, तपति, सम्प्रीती, ब्रोटोटी, आशीष चन्द्र र लोकेश चन्द्र थिए । उनी र उनको परिवार पूर्वी बङ्गालबाट लाखौँ अन्य शरणार्थीहरू का साथ सन् १९४३ मा विनाशकारी बङ्गाल अकालबाट बच्न र सन् १९४७ मा बङ्गाल बिभाजन हुन् पुर्व उनी र उनको परिवार ब्रह्मपुर, मुर्शिदाबाद र पछि कलकत्ता (हाल कोलकाता) गएका थिए ।
रचनात्मक कार्य
सम्पादन गर्नुहोस्सन् १९४८ मा, घटक ले आफ्नो पहिलो नाटक कालो सायार (द डार्क लेक) लेखे र ऐतिहासिक नाटक नाबन्ना को पुनरुद्धार मा भाग लिएका थिए ।
घटकले फिल्म संसारमा निमाई घोषको चिन्नामूल (१९५०) द्वारा अभिनेता तथा निर्देशकका रूपमा प्रवेश गरेका थिए । चिन्नामूल पछि दुइ वर्षमा घटक को पहिलो पुरा फिल्म नागरिक (१९५२) आयो ।[६][७] घटकले शुरुवाती कार्यहरूमा नाटकहरू र साहित्यिक प्रधानतामा जोड दिए र एक वृतचित्र यथार्थवाद, जुन लोक रंगमंचबाट लिईएको शैलीको प्रदर्शनले युक्तहुने गर्थ्यो, उनले ब्रेश्टीयन फिल्म निर्माण का उपकरणहरूको उपयोगसँग संयोजन गरे ।
चलचित्रहरू
सम्पादन गर्नुहोस्निर्देशक तथा पटकथा लेखन
सम्पादन गर्नुहोस्- नागोरिक (नागरिक) (१९५२)
- अजांत्रिक (दयनीय भ्रान्ति) (१९५८)
- बाड़ी थेके पालिए (भगोडा) (१९५८)
- मेघे ढाका तारा (बादल ले ढाकिएका तारा) (१९६०)
- कोमोल गंधार (१९६१)
- सुवर्णरेखा (१९६२/१९६५)
- तिताश एक्टि नादिर नाम (तिताश एक नदी को नाम) (१९७३)
- जुक्ति तोक्को आर गोप्पो (कारण, बहस र एक कहानी) (१९७४)
पटकथा लेखन
सम्पादन गर्नुहोस्- मुसाफिर (१९५७)
- मधुमती (१९५८)
- स्वरलिपि (१९६०)
- कुमारी मोन (१९६२)
- दीपेर नाम टिया रोंग (१९६३)
- राजकन्या (१९६५)
अभिनेता (एक्टर)
सम्पादन गर्नुहोस्- तोथापी (१९५०)
- चिन्नामूल (१९५१)
- कुमारी मोन (१९६२)
- सुवर्णरेखा (१९६२)
- तितस एक्टि नादिर नाम (१९७३)
- जुक्ति, तोक्को, आर गोप्पो (१९७४)
रंगमन्च
सम्पादन गर्नुहोस्- चोंद्रोगुप्तो, अभिनेता
- अचलायोतों रवीन्द्रनाथ ठाकुर (१९४३), निर्देशक र अभिनेता
- कालो सायोर (घटक) (१९४७-१९४८), अभिनेता र निर्देशक
- कोलोंको (भट्टाचार्य) (१९५१), अभिनेता
- दोलिल (घटक) (१९५२), अभिनेता र निर्देशक
- कोतो धाने कोतो चाल (घटक) (१९५२)
- ऑफिसर (गोगोल) (१९५३), अभिनेता
- इस्पात (घटक) (१९५४-१९५५)
- खोरीर गोंडी (बर्टोल्ट ब्रेश्ट)
- गैलिलियो चोरिट (ब्रेश्ट)
- जागोरोन (अतीन्द्र मोज़ुमदार), अभिनेता
- जोलोंतो (घटक)
- जाला (घटक)
- डाकघोर (टैगोर)
- ढेऊ (बीरू मुखोपाध्याय)
- ढेंकी स्वर्गे गेलो धान भोने (घटक/पानू पाल)
- नातिर पूजा (टैगोर)
- नोबोंनो (भट्टाचार्य)
- नीलदोरपन (दिनोंबोंधू मित्रा), अभिनेता
- निचेर महल मेक्सिम गोर्की
- नेताजीके नीये (घटक)
- पोरित्रान (टैगोर)
- फाल्गुनी (टैगोर)
- बिद्यासागोर (बोनोफूल)
- बिसर्जन (टैगोर)
- वंगाबांदोर (पानू पाल), अभिनेता
- वोटर वेट (पानू पाल), अभिनेता
- मुसाफिरों के लिए (गोर्की), अभिनेता
- मैकबेथ विलियम शेक्सपीयर अभिनेता
- राजा (टैगोर)
- सांको (घटक), अभिनेता
- सेई मेये (घटक), निर्देशक
- स्त्रीर पत्रो (टैगोर)
- होजोबोराला
पुस्तकहरु
सम्पादन गर्नुहोस्- जाला (नाटक)
- दोलिल (नाटक)
- मेघे ढाका तारा (पटकथा)
- चोलोचित्रो, मानुस एबोंग आरो किछु
- सिनेमा एंड आई, ऋत्विक मेमोरियल ट्रस्ट, कोलकाता
- अन कल्चरल फ्रंट
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Carrigy, Megan (डिसेम्बर २००३), "Ritwik Ghatak – Great Director Profile", Senses of Cinema, आइएसएसएन 1443-4059, अन्तिम पहुँच २४ जुन २०१२।
- ↑ "Na22nd National Film Awards", Iffi.nic.in, मूलबाट २८ सेप्टेम्बर २०११ -मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "National Portal of India", India.gov.in, अन्तिम पहुँच ३० जुलाई २०१२।[मृत कडी]
- ↑ "Controversy", Ramachandraguha.in, अन्तिम पहुँच ३० जुलाई २०१२।
- ↑ हूड, जे. डब्ल्यू.: दी एसेंशीय्ल मिस्ट्री पृष्ठ 20.
- ↑ Ghatak, Ritwik (२०००), Rows and Rows of Fences: Ritwik Ghatak on Cinema, Ritwik Memorial & Trust Seagull Books, पृ: ix & 134–36, आइएसबिएन 8170461782।
- ↑ Hood, John (२०००), The Essential Mystery: The Major Filmmakers of Indian Art Cinema, Orient Longman Limited, पृ: 21–4, आइएसबिएन 8125018700।