मकवानपुर राज्य मध्य कालको नेपालको एकीकरण पूर्व एउटा स्वतन्त्र र प्रख्यात सेन राज्य थियो । पृथ्वीनारायण शाहको राज्यकालमा त्यो सेन राज्य वृहत नेपालको अङ्ग बनेको हो ।

मकवानपुर राज्य
मकवानपुर राज्य
वि.सं. १६१०–वि.सं. १८१८
मकवानपुर
राजधानीमकवानपुर गढी
आम भाषाहरूखस भाषा (नेपाली),
धर्म
हिन्दु,
सरकारराजतन्त्र
राजा 
• वि.सं. १६१०- १६४२
लोहाङ सेन (प्रथम)
• 
राघवनरेन्द्र सेन
• वि.सं. १८१८
दिग्वन्धन सेन (अन्तिम)
इतिहास 
• राजा लोहाङ सेनद्वारा शासन सुरु
वि.सं. १६१०
• नेपाल अधिराज्यमा विलय
वि.सं. १८१८
उत्तरवर्ती
नेपाल अधिराज्य
अचेल नेपाल
 भारत

हालको नेपालभन्दा धेरै गुणा ठूला राज्य पाल्पा र मकवानपुर तथा पछि टुक्रिएर बनेका चौदण्डी, विजयपुर जस्ता राज्य सेन राजाद्वारा शासित रहेको इतिहासकार बताउँछन् । विसं १००० तिर नेपाल पसेका सेनहरुको झण्डै ११०० वर्ष लामो इतिहास भए पनि सत्ताच्युत हुनुपरेका कारण कतिपय इतिहास पनि गर्भमै लुकेको आभास हुन्छ ।

इतिहासकारका मत बाझिएको तथा प्रस्ट्याउने तथ्यपूणर् आधार फेला नपर्दा एघारौँ शताब्दीमा नेपाल प्रवेश गरेका तुला सेनदेखि पाल्पाका राजा मुकुन्द सेन प्रथमसम्मको वंशलता वा ऐतिहासिकता अन्योलग्रस्त नै छ । तर मुकुन्द सेनले सन्यास धारण गरेर छोरानातीहरुलाई राज्य बाँडेपछिको इतिहासको सारसंक्षेप भने अध्ययन गर्न पाइन्छ ।[१]

मकवानपुरको नामकरण सम्पादन गर्नुहोस्

पाल्पाका राजा मुकुन्द सेन प्रथम (वि. सं. १५७५-१६१०) ले आफ्नो राज्य पूर्वमा दूधकोशीसम्म विस्तार गरेपछि पश्चिम गुल्मीदेखि कोशीसम्म फैलिएको हुँदा त्यस राज्यको बीच भागमा पर्ने मकवानपुरलाई मुकुन्दपुर नामकरण गरी त्यसैलाई आफ्नो राजमुकाम गराई राजधानी घोषित गरेका थिए । तर त्यो कुरा प्राप्त स्रोतले पुष्टी गरेका छैनन् । मकवानपुरलाई उनका छोरा लोहांग सेनले मकवानपुरमाथि विजय गरेको कुरा जानकारी हुन्छ । त्यसै अभियानमा मुकुन्द सेन पनि साथै थिए र नारायणी नदी नवलपुर गैंडाकोटबाट तरी मकवानपुरको भावर प्रदेश कब्जा गरी बढियानालादेखि कमला नदी बीचमा पर्ने तल हट्टीलाई पनि अधिकार गरेका थिए । त्यसो गर्दा पाल्पाको सीमाना विजयपुर राज्यसंग जोडियो । त्यतिबेलासम्म मुकुन्द सेन जोगी नभई सशक्त शासक हुनाले मकवानपुर क्षेत्र रमणीय लागेकोले एउटा बस्ती वा पुर निर्माण गरी त्यस बस्तीलाई मुकुन्दपुर नामकरण गरी मकवानपुर नामबाट पछि प्रख्यात भएको कुरा इतिहास सम्मत लाग्दछ । वि.सं.१६०५ पछिका ५ वर्षको अन्तरालमा मुकुन्द सेनले पाल्पा राज्यको पूर्व सीमानाको व्यापक विस्तार गरेको देखिन्छ । त्यसै समयमा लोहाङ्ग सेनले विजयपुर राज्य माथि विजय गरेको देखिन्छ । तर विजयपुरका अन्तिम राजा विजयनारायणको राज्यकाल १६४६ - १६६६ वि.सं सम्म रहेको देखिनाले त्यो क्रम बारे टुङ्गो गर्नु पर्ने स्थिति छ । राजा मुकुन्द सेनसंग उनका कान्छा छोरा लोहाङ्ग सेन पूर्वी विजय अभियानमा आएको कुरा स्पष्ट भएको छ ।

त्यसै क्रममा मकवानपुर पहिले दखल भएको थियो भने अझ पूर्वतिर अलिपछि ।

राजा मुकुन्द सेनले आफ्नो विस्तृत राज्य पश्चिमदेखिपूर्वतर्फका जंगल फडानी गरी बसोबास गराउने क्रममाठाउँ ठाउँमा मानवीय बस्तीहरू बसालेका थिए । रापती नदी देखि पूर्व र हेटौंडा देखि उत्तरी क्षेत्रमा पर्ने पहाडी भागमाएउटा नगर या पुर बसाले र त्यसको नाम आफ्नै नामबाट मुकुन्दपुर नामकरण गरे । त्यसै आधारबाट सो ठाउँलाई पछि मकवानपुर भन्न थालियो । मुकुन्द सेनका वंशजलाई मुकुवानी वा मकवानी पनि भन्न थालिएको थाहा पाइन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

 
Ruin Makwanpur Gadi Palace

पाल्पा राज्यको विखण्डन सम्पादन गर्नुहोस्

पाल्पाका राजा मुकुन्द सेनले आफ्नो उत्तरार्द्ध जीवनराजर्षीको रूपमा बिताउन थाले । उनले रिडी, देवघाट, बराह क्षेत्र, हरिहर क्षेत्र जस्ता प्राचीन धार्मिक क्षेत्रहरूमा बस्दै तपस्या गर्दै हिड्ने गर्न थाले । आफू त्यसरी भक्तिभावमा लाग्दा उनले आर्जन गरेको विशाल राज्य उनैका जेठा छोरा माणिक सेन पाल्पा, माहिला विनायक सेन वुटवल, साहिँला भृंगी सेन तनहूँमा कान्छा छोरा लोहाङ सेन मकवानपुरमा, नाति राम सेन रिसिङमा कुवेर सेन राजपुरमा, खड्ग सेन मदरियामा राजा बनाइएका थिए ।

लोहाङ सेन (१६१०- १६४२ वि.सं.) सम्पादन गर्नुहोस्

राजा लोहाङ सेन पुरूषार्थी थिए । आफ्नो बाबुको मृत्युपछि वि.सं १६१० सम्ममा उनी कोशी नदी देखि पूर्व टिष्टासम्मका शासक भई मकवानपुरबाट शासन गर्न थाले । उनले मकवानपुरलाई वि.सं १६०३ सम्ममा आफ्ना बाबु मुकुन्द सेनसंग मिलेर विजय गरेका थिए । मकवानपुरका राजा भएपछि पूर्व फेदापका किरात चौतारा बाजहाङसंगको संझौता अनुसार वंशानुगत चौतारा हुने परम्पराले पूर्वीनेपालमा राम्रो पकड हुन गएको थियो । त्यस बेला मकवानपुर एक समृद्ध राज्यको रूपमा स्थान पाएको थियो । वि.सं १६१३ मा राजा लोहाङ्ग सेनको धनुषाधाममा एउटा अभिलेख स्थापना गरिएको छ । त्यसबेला उनले वैदिक साहित्यलाई रक्षा गर्न भूमिका खेलेको देखिन्छ । त्यसबाट उनी र उनका उत्तराधिकारीहरूले किराँत प्रदेशमा अधिकार गरिसकेपछि त्यहाँका गुरू, पुरोहित, ज्योतिष र मठमन्दिरका पूजारीहरूलाई क्रमशः मन्थली, दाप्चा, नर्मदेश्वर,दिङला, हलेसी, खाँदवारी, अखले, लेगुवा खार्पा, दलगाउँ,साब्ला, साभदिन, रानीगाउँ, सुलुबुङ्ग, नाम्सालिङ, सतासीधाम जस्ता ठाउँमा विर्ता र गुठी स्थापना गरिदिएका प्रमाणहरू प्राप्त भएका छन् । सेन राजाहरूले आफ्नो प्रशासनको मद्दतका निम्ति मन्त्री दिवान चौतरिया र सुब्बा जस्ता पदमा किरातहरूलाई राख्ने र त्यहाँका अरू जातिबीच पनि घनिष्ट समझदारी बढाएका थिए । किराँतहरूमा मोरङ क्षेत्रमा विद्याचन्द्र राय, सप्तरीमा चोङवाङहाङ राय, महोत्तरी मालिवाङहाङ राय, मकवानपुरमा शेरिङहाङ रायलाई अख्तियारी दिई इज्जतसाथ रायसुब्बा भन्न थालियो । ३ पूनिया,सिलीगुढी र गिद्धेपहाडमा पनि किरात सुब्बालाई नै जिम्मा दिई, पाँच खण्डमा छुट्याई लोहाङसेनले दही प्रशासनको व्यवस्था मिलाए । कोचेराजका पालामा पाँच क्षेत्रका सुब्बाहरू पालैपालो मन्त्री हुने कुरालाई संशोधन गरी लोहाङ सेनले विद्याचन्द्र रायलाई मात्र मन्त्री पद दिने परम्पराको थालनी गरे । ती पाँचवटै क्षेत्रको मालपोत कर चार खण्डमा बॉडी २५% सुब्बाले र ७५% केन्द्रलाई पठाउने नियम बसाले । मन्त्री वा नायक, राया र सुब्बाहरूलाई जागिरस्वरूप जमिन दिने र जागिर छुटेपछि जमिन छुटाउनेपरम्परा पनि कायम गरिएको थियो ।

राजा लोहाङ सेनका ७ वटी रानीहरू थिए । जस्तैःजेठी अनुपावती, माहिली कल्याणमती, साहिँली साहेवदेवी,काहिँली दुलहिनीदेवी, ठाहिँली कोइलीदेवी, ठूलीकान्छीकपूरादेवी र कान्छी गंगादेवी थिए । जेठी रानी अनुपावतीका तर्फबाट राघवनरेन्द्र सेनको जन्म भएको थियो । लोहाङसेनले आफ्ना छोरालाई राजकाजको तालिम दिलाउन मन्त्रीविद्याचन्द्र रायका साथमा पठाई दिएका थिए । लोहाङसेनको मृत्यु वि.सं १६४२ मा भएकोले उनका छोरामकवानपुरको गद्दीमा बसे ।

राघवनरेन्द्र सेन (१६४२-१७१८) सम्पादन गर्नुहोस्

आफ्नो बाबुले बनाई दिएको मेलजुलको वातावरण पाएकाले राघवनरेन्द्र सेनले शान्तिपूर्वक शासन गर्न समर्थ रहे । उनी प्रजाका प्रीय बन्न सकेका थिए ।

हरिहरइन्द्र सेन (हरिश्चन्द्र सेन): १७१८-१७४१ वि.सं) सम्पादन गर्नुहोस्

राजा राघवनरेन्द्र सेनकी रानी दुर्गावती पट्टिबाट हरिहरइन्द्र सेनको जन्म भएको हो । उनले कोशी नदी र भागीरथीको दोभान गोन्द्वारासम्म आफ्नो राज्य विस्तार गरेका थिए । त्यसैले उनले “हिन्दूपति" भन्ने उपाधि धारण गरेका थिए ।

उनका छ वटी रानीहरू थिए जस्तैः माहेश्वरपट्टि छत्रपति इन्द्रसेन, यशोधरातर्फ पद्मावती र इन्द्रसेन, सकुन्तलापट्टिका बाशुदेव, महादेवीतिरका शुभसेन,जगन्माताकी राजकुमारी, लक्ष्मीवतीपट्टिबाट प्राणमती र राजमतीको जन्म भएको थियो । राजा हरिहरइन्द्र सेनसाँच्चिकै पुरूषार्थी र विजिगिषु भएको देखिन्छ । उनैले प्राचीन नेपाल हरिहरपुर गढी निर्माण गरेका थिए । उनकी जेठी पत्नी कुचबिहारका राजा बीरनारायण सिंहकी छोरी थिइन् । उनैका अरू छोरीहरू कान्तिपुरका राजा प्रताप मल्लले विवाह गरेकाले फरिया नाता थियो । उनकी जेठी रानीबाट छत्रपति इन्द्रसेनको जन्म भएर पनि एउटा सन्तान भएपछि अल्पायुमा मरे । उनी मरेकाले उनका छोरा विधाताइन्द्रसेनलाई राजा हरिहरइन्द्र सेनले राजा घोषित नगरी अर्कीपत्नी महादेवी तर्फका पुत्र शुभ सेनलाई मकवानपुरको उत्तराधिकारी घोषित गरे । उनको त्यो निर्णय नाति विधाताइन्द्र सेनलाई चित्त नबुझेकाले दलबलसाथ लिई विजयपुर क्षेत्र कब्जा गरे । त्यस घटनाले मकवानपुर विभक्तभई कोशी नदीको सीमाना निश्चित हुनगयो ।मकवानपुरका राजा हरिहरइन्द्र सेनले चाहेका भए राज्य विभक्त हुने थिएन तर त्यसबेला एकीकरणको चेतना पल्हाएको थिएन । त्यसको परिणतिले मकवानपुर राज्य टुक्रियो र विजयपुर राज्य स्वतन्त्र अस्तित्वमा आयो । कोशीदेखि टिस्टासम्मको सकल भू-भाग विजयपुर राज्यका नामले नेपालको एकीकरणकालसम्म अस्तित्वमा रहेको थियो । कोशी पूर्वतिर छुट्टै राज्य हुनु राम्रो कुरा थिएन ।।

शुभ सेन (१७४१ - १७६३ वि. सं ) सम्पादन गर्नुहोस्

शुभ सेन मकवानपुरमा शौभाग्यले राजा भएका थिए । उनका दाजु छत्रपतिइन्द्र सेनको बाबुसंग खटपट पर्दापर्दै मरिहालेकाले उनका टुहुरा छोरा विधाताइन्द्र सेनलाई छोडी परलोक भए । उता हरिहरइन्द्र सेनको शेषपछि विधाताइन्द्र सेनले राज्य पाउनुको सट्टामा रानी महादेवीतर्फका छोरा शुभ सेनलाई आफ्नो उत्तराधिकारी बनाईदिए। त्यस कार्यबाट विधाताइन्द्र सेनलाई आफ्नो पक्षमा अविवेक भएको महसुस भएकोले कोशी पूर्वका पल्लोकिरातहरूलाई हात लिएर पूर्वी नेपाल कब्जा गरी आफू स्वतन्त्र राजा भएको घोषणा गरे । अब के थियो र शुभ सेनले पनि ललितपुर, भक्तपुर, गोरखा जस्ता राज्यहरूसंग मद्दत लिई मोरङमाथि आक्रमण गरी १७ वटा गाउँ कब्जा गरी मकवानपुरतिर मिलाएका थिए । त्यति भएर पनि त्यस संयुक्त मकवानी सेनाले मोरङ्गमाथि पूरा कब्जा गर्न सकेन ।

यसरी मकवानपुर विशाल राज्य रहेन । ती दुवै राज्य मकवानपुर र विजयपुरको प्राकृत सीमाना कोशी नदी कायम हुन गयो । कोशी पूर्व टिष्टा पश्चिमको भागविजयपुर राज्यको हुन गयो ।

राजा शुभ सेनले आफ्ना छिमेकी राज्यहरूसंग राम्रोसम्बन्ध कायम गरे । उनी गृह प्रशासनमा पनि दक्ष हुनाले आफ्नो मन्त्रीमा प्रवोध दासलाई प्रमुख बनाएका थिए ।आफ्नो भू-भाग विस्तार गर्दै शुभसेन र विधाताइन्द्र सेनले संयुक्तरूपमा गंगा मैदानमा कब्जा गर्नतिर लागे । दूर्भाग्यवश दुवै राजाहरूलाई मुसलमानी सेनाले पक्रेर दिल्ली पुयाई बेपत्ता गराए । त्यो परिस्थितिमा चौतारा प्रवोध दासले शुभसेनका दुई छोरालाई सुरक्षा दिन महिपति ( मान्धाता) र माणिक्य सेनलाई किरात प्रदेश पुन्याई राखेका थिए । विजयपुरका राजा र मकवानपुरका राजाहरू मुसलमानी चङ्गुलबाट येनकेन फुत्केर आ-आफ्ना राज्यमा फर्के । त्यसअन्तरालमा विधाताइन्द्र सेनकी रानीले विजयपुर र मकवानपुरको संयुक्त शासन चलाएकी थिइन् । उनको नाउँ राजेश्वरी देवी थियो ।

किराती स्रोतका अनुसार मकवानपुरका राजा शुभाङ्ग सेन (शुभ सेन) का पालामा लखनउका इस्फोरिया नवाव राजाले शुभसेन र विधाताइन्द्र सेनलाई पूर्णिया जिल्लाको सीमानाबारे छलफल गर्न भनी बोलाए । उनीहरूगएपछि दुवैलाई पक्राउ गरी मोरङ र मकवानपुर क्षेत्रमा आक्रमण गर्न मुसलमानी सेना पठाइयो । शौभाग्वश विजयपुरका चौतरा श्रीकान्त रायलाई मुसलमानीहरूले कड़ा पहरा नदिएको मौकापारी भाग्दै आफ्नो राज्यमा पुग्ने मौका मिल्यो । त्यसैले मोरङ्गी सेना दश प्रान्तका योद्धाहरू टक्सोगञ्ज (?) मा युद्ध भई किरातको विजय भयो ।किरातहरूले पूर्णिया पुगी शुभाङ्ग सेनलाई मुक्त गराए भने पूर्णियाको आम्दानी दश प्रान्तका रायहरूले बाँडेर खाएको वर्णन पाइन्छ । पछि लखनौका मुगल बादशाह अहमद खानर दिल्लीका सम्राट मुहम्मद अजिमले ठूलो सेना पठाउँदापनि किरातहरूले विजय गरेको वर्णन पाइन्छ ।

मकवानपुरका राजा शुभ सेन र विजयपुरका राजा विधाताइन्द्र सेनलाई मुसलमानहरूले हरण गरेर लगेपछि शुभ सेनका दुई छोरा जेठा महिपति सेनलाई विजयपुरमार कान्छा माणिक्य सेनलाई मकवानपुरको राजा बनाई अपहरित राजा विधाताइन्द्र सेनकी रानी राजेश्वरीले केही वर्षशासन गरेको कुरा माथि उल्लेख गरियो । त्यसै अन्तरालमा १७६३ वि. सं देखि १७७४ सम्म मकवानपुर र विजयपुरकोसंयुक्त शासन चलाएको जानकारी हुन्छ । अपहरित मकवानीराजा शुभसेन तथा विजयपुरे राजा विधाताइन्द्र सेनमुगलहरूको कैदबाट सम्झौता गरी छुट्न समर्थ भएका थिए ।

फ्रान्सिली यात्री टेवरनियरको वर्णन अनुसार शुभसेनले मुगल बादशाहलाई वार्षिक रू. १२०० /- तिर्ने कवुलियत गरी सम्झौता गरी छुट्न गए भन्ने जानकारी हुन्छ । पछि सोही मूल्य बराबरको एउटा हात्ति वर्षेनी मकवानपुरबाट पटना पठाउने बन्दोबस्त भएको थियो । वि.सं १८१९ मा बडामहाराज श्री ५ पृथ्वीनारायण शाहले मकवानपुर विजय गरेपछि तलहट्टी ( तराई ) को समस्या समाधान गर्दा "मालवाजवी” भनी चौध तमसुकको एक हात र १४ हातकै ( पुच्छरदेखि नाप्दा ) लामो हात्ति बुझाउने प्रचलन अनुसार १८२३ देखि १८२७ सम्मको ५ वर्षसम्मको पाँच हात्ति बुझाएको र पछि १२ हात लामो हात्ति पठाउन थाले । पछि १८३७ मा अंग्रेज गभर्नर हेस्टिङसले आफूलाई मद्दत गरेवापत माफी गरिदिएका थिए ।नेपालको इतिहास लेख्ने ह्यामिल्टनले शुभ सेन मुसलमानी पकडबाट फर्केपछि ३१ वर्षसम्म शासन गरेको कुरा उल्लेख गरेका भए पनि प्रमाणित हुन सकेको छैन ।

हामीमा विदेशीको प्रभाव अनावश्यकरूपमा पर्दा यस्तै धोका हुन्छ । किनभने अपहरित राजाहरूको अभावमा रानी पद्मधाताइन्दु राजेश्वरी देवीले किरात प्रान्तका रायहरूलाई सम्बोधन गरी चेम्जोङ राय, पसेनामा राय, इन्दमा राय, सेवाराय, सुक्मी राय, माजिम् राय, मोआजा राय, गामा राय,साहागं रायलाई मुसलमानी सेना विरूद्ध जाई लाग्ने आह्वान गरी विजयको आशिर्वाद दिइएको थियो । अर्कातिर विचित्रचन्द्र राय मोरङको राजा बन्ने दाउमा लागेको पनि बुझिन्छ ।

उनको पत्रानुसार २४, ६, ५ थुमका फाकफोक,मिकलुक थुमका योद्धाले मुसलमानलाई जलालगढबाट धपाए । रानीलाई नायव बनाइयो भने १७६३ देखि १७७४ सम्म उनले सफलतापूर्वक मोरङ र मकवानपुरको संयुक्त शासन संचालन गरेकी थिइन् । यसरी विचार गर्दा मुगलहरूले अपहरण गरेका राजाहरू फर्केपछि राजा भएको प्रमाण पाइएका छैनन् । विराट राज्य जिती लिने मोरङ हाङका भाई शुभ सेनलाई भनिएको र उनको छोरा हरबाहाङ किरातराय राजाहरूलाई देवअंशी भनी मोरेडेश्वरलाई नै शुभसेन मानी बुढासुब्बा र हरवाहाङलाई हर्भङ भनी देवांश मानीमन्दिर स्थापना गरी किरातहरूले पूजा, बलि गरी आएको कुरा किराती इतिहासबाट बुझिन्छ |

मानिक सेन सम्पादन गर्नुहोस्

मकवानपुरका राजाहरूमा विख्यात मानिक सेन मानिन्छन् । उनी शुभ सेनका जेठा छोरा थिएनन् तापनि राजा बन्ने शौभाग्य पाएका थिए । त्यसको कारण विजयपुर राज्यमा शुभ सेनका जेठा छोरा महिपति सेनलाई राजाबनाएकाले कान्छा हुँदा पनि मानिक सेनले मकवानपुरको गद्दी पाएका थिए । वि.सं. १७७४ मा मकवानपुरमाथि बाहयआक्रमण हुन लागेकोमा माघ सुदी चतुर्दशीमा देवानशिवसिंह बानिया क्षेत्रीलाई मकवानपुर गढीबाट पत्र लेखेका थिए र त्यो प्रकाशित छ । मकवानपुरलाई त्यस समयमा खतरा पर्नु पर्ने खास कुरा आफ्ना बाबुकै पालादेखि मुसलमानी अतिक्रमणलाई संकेत गरेको हुनसक्ने कुरामा स्वतः विचार गर्न सकिन्छ । आफ्नो सेनालाई हरिहरपुर जाने सल्लाह पत्रमा दिनुको हेतु अर्को हुन ज्यादै कम सम्भावना छ ।

राजा मानिक सेनको उल्लेख वि.सं. १७७५आश्विनसुदी पूर्णिमा आइतवारको अभिलेखमा परेको छ । सो अभिलेख हाल चण्डनीमाइ राखेको ढुंगामा १०.५x२"उक्त अभिलेख उत्कीर्ण गरिएको छ । मकवानपुर जिल्लाहटिया गा.वि.स. वार्ड नं. २ को गुबावारी गाउँमा हेटौडादेखि ८ किलोमिटर पूर्वी पहाडको फेदीमा छ । पहिले मकवानपुरगढीमा सेन राजाका दरबार नजिक रहेकोमा २०१२ सालमा सेन राजाका पूरेत अर्ज्यालहरूले आफ्ना पूर्खाले स्थापना गरेकी देवी भनी गुवावारीमा लगेर पुनस्थापित गरेका थिए । वि.सं २०३९ सालमा तिलकबहादुर बानियाँले देवीस्थानको सफा सुग्घर गर्दा मूर्तिलाई आड लगाएको तल्लो ढुंगामाअक्षर जस्ता देखेर पढेर जानकारी भएको थियो । देवीको मूर्ति २०४१ साल चैत्रमा चोरी भयो र हाल सो अभिलेखको ढुंगो नाङ्गै छ । देवीको मूर्ति सिंहवाहिनी, ४ हातमा आयुधाश्त्र,मुण्डमाला १६ x १०" लामा चाक्लो थियो र ती देवीलाई चण्डिनी देवी वा बदीका देवीको मूर्ति पनि भनिन्थ्यो र सो अभिलेखको पाठ "स्वस्ति श्री श्री वदीका क मुर्ती श्रीश्रीमानिक सेनक राजे समय महन्ती सकत सिघ बानीयानेथपना कैल श्रीसम्वत् १७७५ साल श्री साके १६४१आसीनसुदी १५ रोज १ कर नीहार श्री नारायेन हमत्रह:अग्याकारी" सम्वत्‌मा १ वर्ष अन्तर देखिन्छ ।

राजा मानिक सेनले मुकुन्द सेनद्वारा निर्मित मकवानपुर गढीको निर्माण गरी मजबुत बनाउनुका साथै हरिहरपुरगढी, सिन्धुली गढी, पौवा गढी, पर्सागढीको समेत निर्माण गरी राज्यलाई सुरक्षित पारेका थिए । उनले महाभारत उत्तरतिरका मगरहरूका बस्तीलाई विकास गराएका र पर्सा गढी निर्माण गरी सकेपछि पारसनाथको मन्दिर निर्माण गर्नुका साथै जनकपुरकी जानकी माईलाई भूमि अर्पण गरी गुठी राखिदिएका थिए । राजा माणिक्यसेनले मकवानपुरलाई मजबुत बनाउन ठूलै प्रयत्न गरेको देखिन्छ । वि.सं १७८४ मा जनकपुरका गोसाईलाई भोगलगाउन र १७८७ मा मकवानपुर गढी भित्र वंशगोपालकोमूर्तिको स्थापना गरेबाट उनी पुरूषार्थी योद्धाका साथै धार्मिक भएको प्रमाणित भएको छ ।[२]

हेमकर्ण सेन सम्पादन गर्नुहोस्

जेठा छोरा भएकाले हेमकर्ण सेन आफ्ना बाबुको मृत्युपछि वि.सं.१७९० मा मकवानपुरको गद्दीमा बसेका थिए । हेमकर्ण सेनले आफ्ना भाइहरूको मद्दत लिएर शासन गर्न थालेकाले माहिला भाइ जगत सेनलाई मकवानपुरको पूर्वी क्षेत्र कमला नदीदेखि कोशीसम्मको समथर भूभाग तलहट्टी र माझकिरात पहाडी भागसमेत रेखदेख गर्न लगाएका थिए । त्यसो गर्दागर्दै माझ किरात क्षेत्रलाई जगत सेनले हात पारेर त्यस ठाउँका स्वतन्त्र राजा भए । त्यसरी नयाँ राज्य स्थापना भई चौदण्डीका नामले प्रख्यात हुन गयो । चौदण्डी गढी राज्य

राजा हेमकर्ण सेनका दिग्बन्धन सेन र रणमर्दन सेन( रणमस्त) नामका दुई छोरा र इन्द्रकुमारी तथा नाम जानकारी नभएकी गरी दुई छोरी थिए । जेठी छोरी इन्द्रकुमारीको विवाह गोरखाका युवराज पृथ्वीनारायण शाहसंग भएको थियो । १३ वर्षकी कन्या १५ वर्षका वरको विवाह वि.सं १७९४ मा सम्पन्न भएको थियो। मकवानी रानीले आफ्नी सानी छोरीले सासु चन्द्रप्रभाको कर्कशबुहार्तन भोग्न सक्षम हुने छैनन् भन्ने ठानेकी थिइन ।

दिग्वन्धन सेन सम्पादन गर्नुहोस्

मकवानपुरको लडाईं (बि.सं. १८१९) सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

व्यापार सम्पादन गर्नुहोस्

वैदेशिक सम्बन्ध सम्पादन गर्नुहोस्

राजा सम्पादन गर्नुहोस्

राजा जन्म शासन मृत्यु
१. लोहाङ सेन १६१०- १६४२ वि.सं.
राघवनरेन्द्र सेन १६४२-१७१८
हरिहरइन्द्र सेन (हरिश्चन्द्र सेन) १७१८-१७४१ वि.सं
शुभ सेन १७४१ - १७६३ वि. सं
मानिक सेन
हेमकर्ण सेन वि.सं. १७९०–१८१६ १८१६
दिग्वन्धन सेन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मकवानपुरका सेन राजाहरुको दुईसय नौ वर्ष", स्याटलाईट खबर, २०७८, आषाढ २३। 
  2. "मकवानपुर राज्य", प्राचीन नेपाल (147): 47, जुन २००१।