विजयपुर राज्य
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विजयपुर राज्य नेपालको एकिकरण पूर्व बिजयपुर लिम्बुवान राज्यको राजधानीको रुपमा प्रख्यात थियो। मोरङ जिल्ला कोशी नदीको पूर्व पट्टिको खेबाङ बंशी राजा द्वारा शासित राज्य थियो। हालको सिमाना अनुरूप नेपालको कोशि र मेची अञ्चल यस राज्यमा पर्दथ्यो। लिम्बुवान को राजधानी विजयपुरलाई अहिले सुनसरी जिल्लाको धरानलाई चिनिन्छ। इतिहास हेर्दा यो ठाउँ लिम्बुवान राज्यको राजधानीको रूपमा अवस्थिथ थियो। यो राज्यको अन्तिम लिम्बु राजा बुद्धिकर्ण राय खेवाङ हुन। विजयपुर राज्य प्रख्यात राज्य को नाममा चिनिन्छ किनकि प्राचिन नेपाल एकीकरण युगमा गोर्खाका राजा पृथ्वीनारायण शाहलाई समेत यो राज्यलाई जित्न गारो परेको थियो।