बिरुवा गाउँपालिका
बिरुवा स्याङ्जा जिल्लाको मध्य पूर्वी भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा विरुवा अर्चले, राङभाङका (४,८) वडाहरू, पेल्काचौरका (३,९) वडाहरू, ओरस्टे, चिन्नेबासका (१-६) वडाहरू, किचनासका (१-५,७) वडाहरू र मनकामना गाउँ विकास समितिहरूलाई समेटेर बिरुवा गाउँपालिका घोषणा गरिएको थियो।[३]
बिरुवा | |
---|---|
शीर्ष बायाँ देखि दाँया बिरुवा बजार, बिरुवा गबुडाँडा, गबुडाँडा, एक बस्ती, कार्की डाँडा, पुरातन मन्दिर, वडा नं. ७ मनकामना मन्दिर परिसरबाट देखिएको मनोरम दृष्य र विद्यालय | |
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | स्याङ्जा जिल्ला |
स्थापना | २०७३ साल फाल्गुन २७ गते |
सरकार | |
• प्रकार | स्थानीय तह |
• नगरप्रमुख | सूर्यबहादुर कुँवर नेकपा (एमाले) |
• उपप्रमुख | भगवती शर्मा नेकपा (एमाले) |
क्षेत्रफल | |
• जम्मा | ९५.७९ किमी२ (३६.९८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,००१ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | साविकको विरुवा अर्चले गाविसको कार्यालय |
वेबसाइट | biruwamun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बिरुवा गाउँपालिकाको कुल जनसङ्ख्या १४,००१ रहेको छ भने यहाँ ३,९५४ घरधुरी रहेका छन्।[१]
भू-वनोट
सम्पादन गर्नुहोस्बिरुवा गाउँपालिकामा ८ वडाहरू रहेका छन। बिरुवाको कुल क्षेत्रफल ९५.७९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा हरिनास गाउँपालिका र तनहुँ जिल्ला पर्दछन् भने पश्चिममा वालिङ नगरपालिका र भीरकोट नगरपालिका छ। यसको उत्तरी भागमा पुतलीबजार नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चापाकोट नगरपालिका पर्दछ।[४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति