राई जाति
राई जाति पुर्वी नेपालको मुलबासी धेरै पुरानो एक किराँत समुदाय भित्र पर्ने जाति हो। यिनिहरूको पुर्खालाई परुहाङ र सुम्निमा भनिन्छ। राई जाति नेपाल को एक भुमिपुत्र मुलबासी प्रमुख समुदाय हो। राई जातिलाई "खम्बु","जिमिदार" वा "जिमी" पनि भनिन्छ । राई जाति विभिन्न थर/उपथर र पाछाहरुमा विभाजन छन् राई जातिको मुख्य थरहरुमा आठपहरिया,बान्तवा,बाहिङ,बायुङ, चाम्लिङ,छिलिङ,जेरुङ,कुलुङ,खालिङ,थुलुङ,लोहोरुङ, याम्फु, मेवाहाङ,नेवाहाङ, नाछिरिङ,वाम्बुले,दुमी,साम्पाङ,कोयु,पुमा,तिलुङ,लुङखिम,फाङदुवाली,दुङमाली,देवास,मुगाली आदि हुन्।
जम्मा जनसङ्ख्या | |
---|---|
६,९०,९८९ (वि.सं २०६८)[१][२] | |
३,२७,९५४ | |
पश्चिम बङ्गाल दार्जिलिङ र कालिम्पोङ जिल्ला | २,५०,००० (वि.सं २०६८)[३] |
सिक्किम | ७७,९५४ (वि.सं २०५८)[४] |
भाषाहरू | |
राई भाषा किराँत भाषा र नेपाली भाषा | |
धर्महरू | |
किराँत धर्म हिन्दु धर्म ईसाई धर्म |
बसोबास
सम्पादन गर्नुहोस्खासगरी राईहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, संखुवासभा, धनकुटा जिल्लाहरु इनीहरुको मूलथलो हो भन्न सकिन्छ। [५] यसका साथै खम्बु/राईहरू पाँचथर जिल्ला, सुनसरी, मोरङ जिल्ला, झापा, इलाम जिल्ला, सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी भारतको सिक्किम राज्य र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ,कालिम्पोङ जिल्लामा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।
रहन सहन
सम्पादन गर्नुहोस्पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।
खम्बु/राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। साम्पाङ,बान्तवा र केही थरका खम्बु/राईहरूमा खसी बोका बाख्राको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। यिनीहरूका पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिका मनिसहरू इमानदार र शाहसि पनि मानिन्छ । खम्बु/राई जाती भित्र करिब ३६ भषा छन् तर अहिले बोलचालमा २९ भाषा मात्रै देखिन्छ अन्य भाषा लोप हुदै गएको देखिन्छ ।
खम्बु/राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। विशेष खम्बुराई हरूको महान चाड साकेला हो उधौली उभौलिमा यिनीहरू १०/१५ दिन सम्म सामुहिक साकेला शिली नाच्छ्न साथै ओमाडाक, बिसू तथा धुले पूजाका समयमा खम्बु/ राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँ दाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक खम्बु/राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।
खम्बु/राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। माया प्रेम कै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । खम्बु/राईहरू भूतप्रेतमा विश्वास गर्छन्। खम्बु/राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र खम्बु/राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने खम्बु/राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई खम्बु/राई भाषामा 'टाङ ची' भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। खम्बु/राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन्।
राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू
सम्पादन गर्नुहोस्- सन्त बहादुर राई - पूर्व अध्यक्ष लोक सेवा आयोग
- अगनसिंह राई - १३ भिक्टोरिया क्रस विजेता
- लैनसिंह बाङ्देल - नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति
- इन्द्रबहादुर राई - लेखक र साहित्यिक आलोचक
- प्रदीपकुमार राई ( व्याकुल माइला) - लेखक (नेपालको राष्ट्रिय गान " राष्ट्रिय गान सयौं थुंगा फूलका हामी" का रचनाकार
- गणेश रसिक लेखक तथा कलाकार।
- बलबहादुर राई - नेपाली काङ्ग्रेस पार्टीको वरिष्ठ नेता, वरिष्ठ कैबिनेट मन्त्री, प्रधानमन्त्रीको रूपमा काम गरे -
- नारदमुनि थुलुङ - मन्त्री
- शम्भू राई कलाकार (गायक संगीतकार)
- धीरज राई कलाकार (गायक)
- सबिन राई - कलाकार (गायक)
- राजेश पायल राई कलाकार (गायक) -
- विल्सन बिक्रम राई कलाकार
- दयाहाङ राई अहिलेको (नायक)
- सत्यकला राई कलाकार (गायिका)
- समृद्धी राई मिस नेपाल/गीत रचनाकार/गायिका
- मेलिना राई कलाकार (गायिका )
- बिना राई कलाकार (गायिका)
- चक्र भुषन राई कलाकार (गायकार)
- पार्बती राई कलाकार (गायिका)
- विष्णु मुकारुङ कलाकार (गायक)
- आभा मुकारुङ कलाकार (गयिका)
- उदय सोताङ कलाकार (गायक)
- मनिला सोताङ कलाकार (गायिक)
- दुर्ज कुमार राई -
- गणेश राज राई - DIGP
- सुमन बाङ्देल, सम्पादक, मुन्धुमस्टार डटकम र चलचित्र निर्देशक
- शेरधन राई -सुचना तथा संचारमन्त्री हाल १ न. प्रदेश मुख्यमन्त्री
- मीरा राई - ट्रयाल रेसिङ चेम्पीयन
- प्रमिला राई नेपाल आइडल ५ गायिका
- सरला राई गायिका
- मेनुका राई गायिका
- हर्कराज राई - मेयर धरान उप-महानगरपालिका
- सुदन किराँती-माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
- जीवनजित राई लेखक/डारेक्टर हौवा मिडिया प्रा.लि.
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- किराँत
- यलम्बर किराँत राजवंशको प्रथम राजा -
- नाछिरिङ
- साकेला
- किराँत राई यायोँख्खा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Socio system of Kirat of Nepal an empirical mini study with special reference to Kirat-Limbu"।
- ↑ "Population Monograph of Nepal Volume II"।
- ↑ "An Anthropological Venture into the Rai Community of Darjeeling Hills West Bengal India", अन्तिम पहुँच २४ जुन २०२०।
- ↑ "LINGUISTIC AND RELIGIOUS MINORITIES UNDER SSP LED GOVERNMENT"।
- ↑ "Short Introduction of Rai lingustic group of Nepal"।
बाह्य सूत्र
सम्पादन गर्नुहोस्- Demography Population Nepal Census 2011
- Venture into the Rai Community of Darjeeling Hills West Bengal India
- वाम्बुले राइ समाज वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२७ मिति
- राई समाज वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-०९ मिति
- Related Indigenous nepali people (नेपालको जनजाति सम्बन्धित) = Archive.today अभिलेखिकरण २०११-११-२१ मिति
- Kirat Rai Yayokkha Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२२ मिति
- किरात राई यायोक्खा जापान
- किरात राई यायोक्खा जापान ऐप
- United Kirat Rai Organization of America वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०९ मिति
- Kirat Rai Society of America वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-०२ मिति
- Portal of the Kirati community
- Nepal Federation of Indigenous Nationalities (NEFIN)
- Academic Research Project on Rai Culture by the University of Vienna, Austria वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१२ मिति
- A Study of the Rai Folk Narratives from Sikkim[http://14.139.206.50:8080/jspui/bitstream/1/6144/1/Bonita%20Rai.pdf
- कि रा या जापान ऐप