मीरा राई

नेपाली ट्रेल रनर र स्काई रनर

मीरा राई (जन्म: ३१ डिसेम्बर १९८८)[१] नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकू[२] हुन्। विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी छिन्।[३] मीराले २०१७ को नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयरमा 'साहसी वर्ष व्यक्ति २०१७' को उपाधि हासिल गरेकी छन्। [४]

मीरा राई
मीरा राई एक कार्यक्रममा
व्यक्तिगत जानकारी
जन्म (1988-12-31) ३१ डिसेम्बर १९८८ (उमेर ३५)
खेल
राष्ट्र नेपाल
क्लबनेपाल राष्ट्रिय एथलेटिक्स टिम
पदक कीर्तिमान
महिला म्याराथन खेलाडी
माउन्ट ब्लान्क अल्ट्रा म्याराथन
सवर्ण पदक – पहिलो स्थान २०१५ फ्रान्स एकल
स्काई रनिङ एसियन च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २०१५ हङकङ एकल
बेन नेभिस अल्ट्रा दौड
सवर्ण पदक – पहिलो स्थान २०१७ बेलायत एकल

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

भोजपुर सानो दुम्माना मा सानो दुम्माकी मीरा राई खान लगाउन पनि मुस्किल पर्ने सामान्य परिवारमा जन्मीएकी पूर्व माओवादी लडाकु हुन् ।[२] भोजपुरको सानो दुम्मा गाउँकी मीराका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दथीन् । एसएलसी सम्म जसोतसो पास गरिन् । गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन । उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन् । सानै उमेरबाट माओवादीमा लागेकी मीरा अयोग्य लडाकुको रूपमा शिविरबाट बाहिरिनु परेको थियो । दुनिया बदल्न भन्दै लडाकु बनेकी मीरालाई अयोग्य घोषित गरिएपछि घर फर्कन समेत मन लागेन् । शिविरमा उनले खेल सिकेकी थिइन् । खेलबाट केही गर्न चाहन्थिन तर आर्थिक अभावका कारण उनका लागि सम्भव थिएन र उनलाई हेरिदिने पनि कोही भएन् । उनको दौडमा रुचि भएकोले १४ वर्षको उमेरमा उनले पढाई छोडेकी थिइन्। यसै क्रममा मजदुरीका लागि मलेसिया जाने तयारी गरिन मीराले तर खेल गुरु धुव्र बिक्रम मल्लले केही समय खेलकुद क्षेत्रमै प्रतिक्षा गर्न उनलाई सुझाव दिए । एकदिन लहैलहैमा अल्ट्रा म्याराथनमा मीराले भाग लिइन र पहिलो खेलमा नै उनी प्रथम भइन् । सानो उमेरमा हण्डर र ठक्करको लम्बेतान यात्रा गरेकी मीराले अल्ट्रा म्याराथनमा विश्व किर्तिमान राख्न् सफल भइन् ।

खेल जीवन सम्पादन गर्नुहोस्

मीरा २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ। खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन।

विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्।मीरा राईले सन् २०१४ को मुस्ताङ ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरिसकेकी छिन् । हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनी विजेता बनेकी थिइन । उनले सो दौड १२ घण्टा ३२ मिनेट ३२ सेकेन्डमा पुरा गरी पदक हात परेकी थिइन् ।त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्। मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो। गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन। पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं।’ यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन्। सेना समायोजन क्रममा अयोग्य भएपछि बल्ल उनको खेल जीवन सुरु भएको थियो।

नेसनल ज्योग्राफिक मनोनयन सम्पादन गर्नुहोस्

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को मनोयनमा परेकी छन्।

नेसनल ज्योग्राफिकले राईसहित मनोनयनमा परेका दस जनाको नाम सार्वजनिक गरेको हो। बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ। छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिन्छ। सर्वाधिक भोट ल्याउनेलाई वर्षको साहसिक व्यक्ति घोषणा गरिएको हो । ।[५]

ब्राण्ड एम्बासडर सम्पादन गर्नुहोस्

नेपालको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा देशको नामलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराएका व्यक्तिहरूलाई बृज सिमेन्टले ब्राण्ड एम्बासडर घोषित गर्दै आएकोमा सन् २०१८ मा अल्ट्रा धाविका मीरा राईलाई समेत छानिएको छ ।[६]

सम्मानहरू सम्पादन गर्नुहोस्

  • नेसनल ज्योग्राफिक महिला वर्ष खेलाडी:२०१६

उपाधिहरू सम्पादन गर्नुहोस्

  • स्काइ रनर वर्ल्ड सिरिज २०१८ :तेस्रो

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mira Rai", fidal.it, अन्तिम पहुँच ८ नोभेम्बर २०१७ 
  2. २.० २.१ "अयोग्य लडाकु, योग्य खेलाडी", हिमाल खबर, अन्तिम पहुँच २५ माघ २०७१ 
  3. "मीरा राईले जितिन् फ्रान्समा आयोजित अल्ट्रा म्याराथन", हिमाल खबर, अन्तिम पहुँच १२ असार २०७२ 
  4. "मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको 'साहसी वर्ष व्यक्ति'", सेतोपाटी अनलाइन, अन्तिम पहुँच १४ माघ २०७३ 
  5. http://setopati.com/khel/56128/
  6. "अल्ट्रा धाविका मिरा राई बृज सिमेन्टको ब्राण्ड एम्बासडर", www.neplays.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०४-०४ [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्