शेरधन राई

नेपालका राजनीतिज्ञ

शेरधन राई नेपालका राजनीतिज्ञ हुन्। हाल यिनी कोशी प्रदेश को मुख्यमन्त्री छन्। भोजपुर क्षेत्र नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित यिनी २०७४ माघ २ गते १ नं प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका हुन्। [१]

शेरधन राई
कोशी प्रदेशको मुख्यमन्त्री
कार्यकाल
२०७४ फागुन २ – २०७८ भाद्र १०
पूर्वाधिकारीकार्यालय स्थापना
उतराधिकारीभीम आचार्य
संघीय मन्त्री पदहरू
मन्त्री सूचना तथा सञ्चार मन्त्रालय
कार्यकाल
२०७८ भाद्र १० – २०७४ फागुन २
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
पूर्वाधिकारीमिनेन्द्र रिजाल
उतराधिकारीराम कार्की
प्रदेश सभा कार्यालय
कोशी प्रदेश सभाको सदस्य
कार्यकाल
१४ फेब्रुअरी २०१८ – १० भाद्र २०७८
पूर्वाधिकारीकार्यालय स्थापना
उतराधिकारीबिनोद राई
निर्वाचन क्षेत्रभोजपुर जिल्ला प्रदेश सभा १ (ख)
व्यक्तिगत विवरण
जन्म२३ फेब्रुअरी १९७१
पसल भञ्ज्याङ भोजपुर, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
जीवन साथीजङ्मु एन शेर्पा
जीवनवृतिराजनीतिज्ञ
वेबसाइटocmcm.p1.gov.np

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

राईको जन्म वि.सं. २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा भएको हो । पिता जागीरमान राई र माता राम्रीमाया राईको पहिलो सन्तानका रूपमा जन्मिएका राईले समाजशास्त्रमा एम.ए. सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय परिवारमा जन्मिएका राई एक ईमान्दार सालिन व्यक्तित्व मान्छिन् ।[२] समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । राईले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले प्रदेश एक का मुख्यमन्त्री हुनुहुन्छ । २०४४ सालदेखि अनेरास्ववियू मार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो । उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध रूपमा निर्वाचित हुनुभएको थेयो । राईले २०४४ सालमा तीन वर्ष भूमिगत जीवन बिताउनु भएको छ ।[३] २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका थिए । दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने ।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "शेरधन राई प्रदेश नम्बर एकको मुख्यमन्त्री नियुक्त", लोकान्तर, २ फागुन २०७४, अन्तिम पहुँच ७ साउन २०७५ 
  2. "को हुन शेरधन राई", अन्तिम पहुँच २०१९-०२-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०५ मिति
  3. "को हुन् शेरधन राई ?", https://nepalpatra.com, अन्तिम पहुँच २०१९-०२-११ 
  4. "को हुन् शेरधन राई ? जसले मुख्यमन्त्री सजिलै पाए", अन्तिम पहुँच २०१९-०२-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्