तिलेपाटा
तिलेपाटा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५५९४ रहेको थियो जसमध्ये २८५३ पुरुष र २७४१ महिला रहेका थिए भने यहाँ ९७१ घरधुरी रहेको थियो।[१] यो हाल आठबीस नगरपालिकामा पर्दछ।
तिलेपाटा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°Eनिर्देशाङ्कहरू: २८°४४′N ८१°४६′E / २८.७३°N ८१.७६°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | दैलेख जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ५,५९४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
भूगोल
सम्पादन गर्नुहोस्यो गा.वि.स.मा दैलेख जिल्लाको क्षेत्र नं. २ तथा ईलाका नं ११ मा अवस्थित रहेको छ। यो एक पहाडी भू-भाग स्थित गा.वि.स.हो। यहाँको भू-भाग औल, लेक र द्वयम गरी तिन भागमा विभाजित गरीएको छ। यो गा.वि.स.को सिमाना पूर्वमा सिँहासैन गा.वि.स. पश्चिममा सिँगौडी गा.वि.स. दक्षिणमा तोलीजैसी र उत्तरमा राकम कर्णाली गा.वि.स. सँग जोडिएको छ।
इतिहास
सम्पादन गर्नुहोस्यो गा.वि.स.को नामांकन गा.वि.स.कै वार्ड नं. ५ अन्तर्गत पर्ने "तिलेपाटा" भन्ने गाउँको नामबाट राखिएको हो। उक्त गाउँ उहिले देखि नै "चंदम" र "डुङ्स्या"दुई थरिका ठकुरीहरूको बसोवास रहेको छ। यिनिहरू उहिले देखिनै एक आपसमा लड्दै आएको कुरा थाहा हुन आएको छ। यो गा.वि.स. २००७ साल भन्दा पहिले पनि यस क्षत्रको तालुका रहेको थियो। यही गा.वि.स.का चंदम वंशी ठकुरीहरूले यहाँको बाहाली समालेका थिए। २०६० साल भदौ महिनामा ने.क.पा. माओवादी द्वारा मारिनु भएका नेपाली काँग्रसका नेता स्व. भद्र बहादुर शाही यसै चंदम ठकुरी वंशका हुन्। २०५९ सालको चैत्र महिनामा नेपाली शेना द्वारा मारिनु भएका शहिद दिपक बहादु शाही पनि यही वंशका हुन्।
विकाश परियोजना
सम्पादन गर्नुहोस्तिलेपाटा दैलेख जिल्लाको ईलाका नं ११ को सबै भन्दा विकसित गा.वि.स.हो । यहाँ २०३६ सालमा माध्यमिक विद्यालय स्थापना भएको थियो। गा.वि.स.मा खानेपानी, सिचाईँ, घोडेटो बाटो आदी विकाश कार्यहरू समयमा नै सम्पन्न भै सकेका छन्। यसका साथै यो गा.वि.स.लाई पश्चिम दैलेखको श्रोत केन्द्र राखिएको छ। हाल यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबिस नगरपालिका बनाइएको छ । नगर पालिकाको कार्यलय पनि यसै ठाउँमा राखिने योजना रहेको छ ।
संस्थागत पूर्वाधार १. १ क्याम्पस (आठवीस शिक्षा क्याम्पस) १२ वटा विद्यालय २. स्वास्थ्य चौकि ३. प्रहरी चौकि ४. अतिरिक्त हुलाक कार्यालय
सडक : दह तिलेपाटा तथा तिलेपाटा राकम सडक, तिलेपाटा भिउलेकोट-मडासैन सडक
जनसङ्ख्या
सम्पादन गर्नुहोस्यो गा.वि.स.को जनसङ्ख्या ४६५० रहेको छ। यि मध्य महिला ५०% र पुरुष ५०% रहेका छन्।[२]
संस्कृति
सम्पादन गर्नुहोस्यो गा.वि.स.मा बाहुन, ठकुरी, क्षेत्री, र दलित जातीहरूको बसोवास रहेको छ। यहाँको प्रमुख भाषा खष भाषा हो। यहाँको प्रमुख धर्म हिन्दू धर्म नै हो।यहाँ हिन्दूहरूले मनाउने सबै चाड पर्वहरू मनाईन्छन्। यहाँ प्रत्यक वर्ष नयाँ वर्ष (वैसाख १ गते) र असोज १ गते स्थानिय "गाईजात्रा" भन्ने ठाउँमा क्रमश: गल्लौडी र गाईजात्रा नामक स्थानिय मेला लाग्दछ। यि लगायत "बेरु पाटा" गाउँको भुवा पर्व र भैनी जात्रा जात्रा तर्कुको "गल्लौडी" जात्राहरू यहाँका मुख्य जात्राहरू हुन्। यहाँ "बुसाँकोट"को "अधिकारी" र "जगनाथ" देवताहरूको पूजामा पनि भव्य मेला लाग्दछ।
गाउँहरू
सम्पादन गर्नुहोस्तिलेपाटा गा.वि.स.मा निम्न गाउँहरू पर्दछन् :-
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ नेपालको जनगणना २०५८