पर्वत राज्य वा १६००० पर्वत राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा पर्बते मल्ल ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा आनन्द बम/वर्मा (स्थानीय लेखोटमा आनम्म) थिए जो सल्यान राज्यका तेस्रो राजा थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का वंशज थिए । राजा डिबम/डिम्ब बमले वि.सं. १५४५ मा तक्मेली मगरहरूको सहयोगमा थापा क्षत्रीहरूको ताकम राज्य यस राज्यमा गाभेका थिए । इ.स. १७८६ मा नेपाल अधिराज्यमा गाभिएपछि इ.सं. १९२९ सम्म मात्र राजा बनाइयो । वि.सं. २०१७ मा सबै रजौटा उन्मूलन भयो ।

१६००० पर्वत राज्य
पर्वत राज्य
इ.सं. १४३६–इ.सं. १९२९
वस्तु-स्थितिराजतन्त्र
राजधानीबेनी
धोरल थाना
ताकम (पछिल्लो)
आम भाषाहरूनेपालीमगर भाषा
धर्म
सरकार
  • स्वतन्त्र राजतन्त्र
    (इ. सं. १४३६ – इ. सं. १७८६)
  • रजौटा
    (इ. सं. १७८६ – इ.सं. १९२९)
राजा 
• इ. सं. १४३६ - ??
आनम्म (आनन्दबम/वर्मा) (प्रथम)
• ?? -  ??
चन्द्रम (चन्द्रबम) (दोस्रो)
• ??
डिबम/डिम्बबम (तेस्रो)
• ??
कीर्ति बम मल्ल
• - इ.सं.१९२९
पृथ्वी बहादुर मल्ल (अन्तिम)
इतिहास 
• स्थापित
इ.सं. १४३६
• इ.सं. १९२९ पश्चात राजा परिचित नगरिएको
इ.सं. १९२९
पूर्ववर्ती
ताकम राज्य
पुला राज्य
ज्यामरूककोट राज्य
राँखु राज्य
अचेल नेपाल

राजाहरू सम्पादन गर्नुहोस्

पर्वत राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :

  • राजा आनम्म (आनन्द बम/वर्मा) (१४३६ - ??)
  • राजा चन्द्रम (चन्द्र बम/वर्मा)
  • राजा डिबम/डिम्ब बम/ डिम्ब राय (??); फ्रान्सिस बुचानन ह्यामिल्टनले डिम्ब भनी लेखेका थिए
  • राजा नागबममल्ल ( -  ??); सन् १४७४ मा दिल्लीका बादशाहको अगाडि मल्ल (पहलमान) युद्घमा दिल्लीका पहलमानलाई जितेका थिए र मल्ल उपाधि पाएका थिए
  • राजा पार्वती नारायण मल्ल ( ?? - )
  • राजा कीर्ति बम मल्ल ( ??- १७८६); उनको पालामा पर्वत राज्य नेपाल अधिराज्यमा गाभियो; स्वतन्त्र राज्यका अन्तिम राजा
  • राजा विजय बहादुर मल्ल (?? )
  • राजा चक्र कुमार मल्ल (??)
  • राजा पृथ्वी बहादुर मल्ल (?? - १९२९)

अन्य उल्लेखनीय व्यक्तिहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य लिंक सम्पादन गर्नुहोस्