ऊर्जा सङ्कट भनेको अर्थतन्त्रमा ऊर्जा स्रोतहरूको आपूर्तिमा कुनै बाधा अड्काउ देखिने अवस्था हो। सन् २००० को दशकमा, नयाँ माग, मध्य पूर्वको तनाव, अमेरिकी डलरको घट्दो मूल्य, घट्दो तेल भण्डार, शिखर तेलको बारेमा चिन्ता र तेलको मूल्य अनुमान सट्टाबाजीले सन् २००० को दशकमा उर्जा सङ्कटलाई निम्त्याएको थियो जस कारण सन् २००८ मा तेलको मूल्य सबै समयको उच्च प्रति ब्यारेल $१४७.३० सम्म पुगेको थियो।

कारणहरू सम्पादन गर्नुहोस्

 
दोस्रो विश्वयुद्धको पेट्रोल अभावले घोडागाडीको पुनरुत्थान भयो।

प्रायः ऊर्जा सङ्कट स्थानीयकृत अभाव, युद्ध र बजार हेरफेरका कारण भएका छन्। कर वृद्धि, उर्जा कम्पनीहरूको राष्ट्रियकरण, र ऊर्जा क्षेत्रको नियमन, जस्ता सरकारी कार्यहरूबाट पनि उर्जा आपूर्ति र उर्जाको मागलाई आफ्नो आर्थिक सन्तुलनबाट टाढा लैजान्छ भन्ने कसै कसैको तर्क छ। यद्यपि, तल सूचीबद्ध गरिएका विगतका ऐतिहासिक ऊर्जा सङ्कट यस्तो कारणले भएको थिएन। सरकारी एकाधिकार, बजारलाई नचाउने काम भएमा बजार असफल हुन सक्छ। उर्जा सङ्कट ट्रेड युनियनद्वारा गरिने बन्द हडताल र सरकारी अवरोधहरू जस्ता औद्योगिक कार्यहरूको कारण पनि हुन सक्छ। उर्जाको अत्यधिक खपत, पुराना संरचना र पूर्वाधार, इन्धनको आपूर्तिलाई प्रभाव पार्ने, चोक पोइन्ट अवरोध वा तेल प्रशोधन र बन्दरगाह सुविधाहरूमा प्रतिबन्ध लाग्नु पनि उर्जा सङ्कटको कारण हो। जाडो याममा ऊर्जाको खपत बढ्नाले समेत आपतकाल देखा पर्न सक्छ।

पाइपलाइन असफल र अन्य दुर्घटनाहरूले ऊर्जा आपूर्तिमा रोकावट निम्त्याउन सक्छ। गम्भीर मौसमबाट पूर्वाधारको क्षतिपछि सङ्कट निम्तिन सक्छ। मध्यपूर्वमा आतङ्कवादी वा ससस्त्र समूहद्वारा महत्त्वपूर्ण पूर्वाधारमा गरिने आक्रमणबाट उर्जाको विश्वव्यापी अभाव हुन सक्छ। राजनीतिक घटनाहरू जस्तै सरकार परिवर्तन, शासन परिवर्तन, राजतन्त्र पतन, सैन्य कब्जा र राज्यविप्लवले तेल र ग्यासको उत्पादन बिथोलिन्छ र अभाव सिर्जना हुन सक्छ। इन्धनको अधिक र बेकार प्रयोगका कारण पनि इन्धनको अभाव हुन सक्छ।

ऐतिहासिक सङ्कट सम्पादन गर्नुहोस्

  • १९७० दशकको उर्जा सङ्कट - प्रमुख औद्योगिक देशहरू (जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानाडा, इत्यादि) मा तेल उत्पादनको शिखरबाट र अन्य उत्पादकहरूको अवरोधबाट उत्पन्न
  • १९९० तेल मूल्यको झट्का - खाडी युद्धले गर्दा
  • २०००-२००१ क्यालिफोर्निया बिजुली सङ्कट
  • संयुक्त अधिराज्यको इन्धन प्रदर्शन - सन् २००० मा सरकारद्वारा इन्धनमा लगाइएको अत्याधिक करको विरोधको कारण भएको थियो।
  • उत्तर अमेरिकी प्राकृतिक ग्यास सङ्कट २०००–२००८
  • २००४ अर्जेन्टिना उर्जा सङ्कट
  • उत्तर कोरियामा धेरै वर्षदेखि ऊर्जाको अभाव रहेको छ।
  • जिम्बावेले गलत वित्तीय व्यवस्थापनको कारण धेरै वर्षदेखि ऊर्जा आपूर्तिको अभाव अनुभव गरिसकेको छ।
  • २००७ बर्माको सरकार विरोधी प्रदर्शनको बेला हुने राजनीतिक दङ्गा बढ्दो उर्जा मूल्यका कारण उत्पन्न भयो।
 
कुवेतको अल बुर्गान तेल क्षेत्र, विश्वको दोस्रो ठूलो तेल क्षेत्र
  • २००० दशकको उर्जा सङ्कट - सन् २००३ देखि पेट्रोलियम मागको निरन्तर वैश्विक बृद्धिका साथै उत्पादनको स्थिरता, अमेरिकी डलरको घट्दो मूल्य र अन्य गौण कारणहरूका कारण मूल्यमा वृद्धि।
  • २००८ मध्य एसिया ऊर्जा सङ्कट- जलविद्युत शक्तिमा निर्भर क्षेत्रको अत्त्याधिक चिसो तापक्रम र कम जल स्तरको कारण र सोही समयमा दक्षिण अफ्रिकी राष्ट्रपतिले दक्षिण अफ्रिकामा लामो समयसम्म विद्युत् सङ्कटको डरलाई शान्त गर्दै थिए।
  • फेब्रुअरी २००८ मा पाकिस्तानका राष्ट्रपतिले पर्याप्त मात्रामा हाइड्रोकार्बन हुँदाहुँदै पनि उर्जा सङ्कटलाई समाधान गर्ने योजनाको घोषणा गरेका थिए। [१] सन् २०१० अप्रिलमा, पाकिस्तान सरकारले पाकिस्तानको राष्ट्रिय उर्जा नीति घोषणा गरेको थियो, जसले बढ्दो विद्युत् अभावको प्रतिक्रिया स्वरुप औपचारिक सप्ताहन्त विस्तार गरेको थियो र नियोन बत्तीहरू प्रतिबन्ध लगाएको थियो। [२]
  • दक्षिण अफ्रिकी विद्युत सङ्कट - दक्षिण अफ्रिकी सङ्कटको कारण सन् २००८ फेब्रुअरीमा प्लेटिनमको मूल्यमा ठूलो वृद्धि भयो र सुनको उत्पादन घटेको थियो। [३]
  • चीनमा सन् २००५ को अन्त्यतिर र पुन: सन् २००८ को सुरुतिर गम्भीर उर्जाको अभाव देखियो। पछिल्लो सङ्कटको समयमा उनीहरूले डिजेलकोइलाको अभावको साथसाथै उर्जा सञ्जाल (पावर नेटवर्क)मा गम्भीर क्षति व्यहोर्नु परेको थियो। [४] चीनको निर्माण केन्द्र गुआङ्डोङ प्रान्तमा बिजुलीको आपूर्ति अनुमानित १० गिगावाट घट्ने अनुमान गरिएको छ। [५] सन् २०११ मा चीनको दोस्रो त्रैमासिकमा बिजुली घाटा ४४.८५-४९.८५ गिगावाट हुने अनुमान गरिएको थियो। [६]
  • सन् २०१५ मा (बि.सं २०७२ मा) नेपालले जारी गरेको संबिधान प्रति असन्तुष्टि जनाउँदै भारतले आर्थिक नाकाबन्दी लगाएपछि नेपालले ठूलो ऊर्जा सङ्कटको सामना गरेको थियो। नेपालले पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको अभावको सामना गर्नु परेको छ जसले नेपालको अर्थतन्त्रलाई गम्भीर रूपमा असर गरेको छ।
  • गाजा बिजुली सङ्कट - गाजा पट्टीमा शासन गर्ने हमास र पश्चिमी तटमा शासन गर्ने प्यालेस्टिनी प्राधिकरण/ फतह बीचको भन्सार कर राजस्व , गाजा पट्टीको सहयोग र राजनैतिक अधिकारको तनावको कारण उत्पन्न भएको थियो। बासिन्दाहरूले रोलिङ ब्ल्याकआउट तालिकामा दिनको केही घण्टा मात्र बिजुली प्राप्त गर्थे । [७] [८] [९] [१०]
  • २०१९ क्यालिफोर्निया ऊर्जा सङ्कट
  • २०२१ टेक्सास उर्जा सङ्कट

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Musharraf for emergency measures to overcome energy crisis", Associated Press of Pakistan, मूलबाट २००७-०४-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०२-१० 
  2. "Pakistan's PM announces energy policy to tackle crisis", BBC, अप्रिल २२, २०१०, अन्तिम पहुँच २२ अप्रिल २०१० 
  3. "Energy crisis upsets platinum market", Nature, अन्तिम पहुँच २००८-०२-२१ 
  4. "Coal shortage has China living on the edge", मूलबाट २००९-०१-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०३-०८ 
  5. "China's Guangdong faces severe power shortage", Reuters, २००८-०३-०६, अन्तिम पहुँच २००८-०३-०८ 
  6. "TABLE-China power shortage forecasts by region", Reuters, २०११-०६-०२, मूलबाट २०१२-०२-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०६-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-०६ मिति
  7. Israel cannot shirk its responsibility for Gaza's electricity crisis, B'Tselem, 16 Jan 2017
  8. Palestinian Authority halts payments for Israeli electricity to Gaza: Israel, Reuters, 27th April 2017
  9. Gaza's electricity crisis sheds light on gap between social classes, al-Monitor, March 2016
  10. The humanitarian impact of Gaza's electricity and fuel crisis वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-२२ मिति, UN OCHA, March 2014

बाह्य कडीहरू सम्पादन गर्नुहोस्