हमास
हमास (अरबी: حماس Ḥamās, an संक्षिप्त حركة المقاومة الاسلامية Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah ) प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी सङ्घठन हो। योसँग समाज सेवा बिभाग, दवाह र सैन्य बिभाग (इज दिन अल कास्सम ब्रिगेड) रहेको छ। यो गाजा पट्टीलाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकायमा रहेको छ । यो अबधिमा हमासले इजरायलसँग धेरै युद्ध लड्यो ।[१] यो सङ्घठनलाई इजरायल, संयुक्त राज्य अमेरिका, क्यानडा, जापान र युरोपेली सङ्घले आतंकबादी सङ्गठनको दर्जा दिएको छ। अष्ट्रेलिया, न्युजिल्यान्ड, पाराग्वे र संयुक्त अधिराज्यले यसको सैन्य बिभागलाई मात्र आतंकवादी संगठनको मान्यता दिएको छ। ब्राजिल, इजिप्ट, नर्वे, कतार, सिरिया, रूस, चीन र टर्की र बाँकी दुनियाँ ले यसलाई आतंकवादी संङ्गठनको मान्यता दिएको छैन।[२][३][४][५]
हमास حركة المقاومة الاسلامية | |
---|---|
प्रवक्ता | फावजी बर्होयम |
प्रमुख | इस्माइल हनिया |
उप-प्रमुख | मौसा अबु मार्जुकMatthew Levitt, |
स्थापना | १९८७ |
पूर्वकालीन | प्यालेस्टिनी मुस्लिम ब्रदरहुड |
प्रमुख कार्यालय | गाजा पट्टी |
विचारधारा | |
धर्म | सुन्नी इस्लाम |
अन्तर्राष्ट्रिय सम्बद्धता | मुस्लिम ब्रदरहुड |
रङहरू | हरियो |
Legislative Council (2006) | ७४ / १३२ |
राजनीतिक दलको झन्डा | |
वेबसाइट | |
hamas.ps/en |
हमासको स्थापना इजेप्टेली सङ्गठन मुस्लिम ब्रदरहूडको शाखाको रूपमा १९८७ मा भएको थियो। यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण, प्रतिरोधी र प्यालेस्टाइन मुक्ति सङ्गठन (पि.एल.ओ.) विरोधी रहेको थियो। सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट प्यालेस्टाइनको मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।
हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृङ्खला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र, २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।[६] नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ ।
२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।[७] उक्त निर्वाचन पछि , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता सर्तमा वैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछि चौकडीले वैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो । त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । [८] २०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्योबाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।
शब्द-व्युपत्ति
सम्पादन गर्नुहोस्हमास ( अरबी भाषा حركة المقاومة الاسلامية or Harakat al-Muqāwama al-Islāmiyya,) को आर्थ "इस्लामिक प्रतिरोधी आन्दोलन" हुन्छ . अरबिक शब्द "हमास" (حماس) को अर्थ " साहस" हुन्छ । [९][१०][११][१२]
अक्टोबर २०२३ गाजा–इजरायल संघर्ष
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "गाजा सङ्घर्ष: इजरायल र प्यालेस्टिनियनहरू युद्ध केही हप्ताका लागि रोक्न सहमत भएका छन्", द गार्जियन, अन्तिम पहुँच १० नोभेम्बर २०१४।
- ↑ रमानि, सामुएल (२६ जुलाई २०१६), "किन प्यालेस्टाइनले दक्षिण चीन सागरमा चीनलाई समर्थन गर्यो", द डिप्लोम्याट, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८।
- ↑ "युरोपेली सङ्गठनले हमासलमई आतंकवादी सूचीमा राखेको छ", युराएक्टिभ, २७ मार्च २०१५, अन्तिम पहुँच १५ जुन २०१५।
- ↑ "आतंकवादमा देशको प्रतिवेदन", स्टेट डट जिआेभी, अप्रिल २००६।
- ↑ फिसर, म्याक्स (२१ नोभेम्बर २०१२), "इजरायल-गाजाको बारेमा तपाईँहरूले सोध्ने ९ प्रश्न", अन्तिम पहुँच जनवरी ६, २०१८।
- ↑ "गाजाबाट हमासको रकेटहरू, लक्ष्य हाइफा उत्तरी इजरायलमा पुगेका छन्", वासिङ्टन फ्रि बोकन, अन्तिम पहुँच जुलाई १७, २०१५।
- ↑ "हामास को हुन्?", लन्डन: बिबिसी समाचार, २६ जनवरी २००६।
- ↑ "यदि नाकाबन्दी जारी रही रहयो भने गाजाले आर्थिक आपदाको सामना गर्न सक्छ", युएसए टुडे, एसोसिएटेड प्रेस, २९ मार्च २००९, अन्तिम पहुँच ९ अक्टोबर २०१३।
- ↑ मार्था क्रेनस, जोन पिम्लोट. आतङ्कवादको अन्तर्राष्ट्रिय विश्वकोश. २०१५ पृष्ठ ४१५
- ↑ जेनिफर जेफ्रिस. हमास: आतङ्कवाद, प्रशासन, र मध्य पूर्व राजनीतिमा यसको भविष्य. एबिसि-क्लियो. २०१६ पृष्ठ ११९.
- ↑ "इस्लामिक प्रतिरोध आन्दोलनको सम्झौता(हमास)", मिडल इस्ट वेब, १८ अगस्ट १९९८।
- ↑ "صحف إسرائيل: يحيى السنوار لديه "خطة منظمة" لإنهاء العدوان - موقع لوطن الإخباري", Lwatan (अरबीमा), २०२३-१२-२३, अन्तिम पहुँच २०२३-१२-२३।