१९७९ तेल सङ्कट

सन् १९७९ तेल सङ्कट (अर्थात दोश्रो तेल सङ्कट ) इरानी क्रान्ति पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो । वैश्विक तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो । तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेलबाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरु फेरी देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए ।[२]

१९७९ तेल सङ्कट
उच्च तेल उत्पादक राष्ट्र, इरानको घट्दो तेल उत्पादन[१]
अन्य नामहरू:दोश्रो तेल सङ्कट
मिति:१९७९ (1979)–1980 (1980)


US oil field production vs imports and exports

सन् १९८० मा ईरान-इराक युद्ध भएपछी इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियो । संयुक्त राज्य अमेरिका र अन्य देशहरूमा आर्थिक मन्दी सुरु भयो । तेलको मुल्यमा सन् १९८० को दशकसम्म कुनै गिरावट आएन ।

सन् १९८० पछी, खाडी युद्ध (अपरेसन डेजर्ट शिल्ड) को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भयो। जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो । सन् १९७३ तेल सङ्कटमा झैँ , वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखियो । मेक्सिको, नाइजेरिया, र भेनेजुएला जस्ता तेल उत्पादक देशहरूले आफ्नो उत्पादन विस्तार गरे । सोभियत सङ्घ विश्वको सबैभन्दा ठुलो उत्पादक भयो । सन् १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र नर्वेले धेरै रिजर्भ राखेको जस्तो देखियो ।

इरानसम्पादन

इरानको इस्लामिक क्रान्तिको समयमा ठुलो जनप्रदर्शन पछी, सन् १९७९ को पूर्वार्धमा इरानी राजा शाह, मोहमद रेजा पहलवी आफ्नो देश छाडेर भागे र आयोत्योल्ला खमेनी तत्काल इरानको नयाँ नेता बने । यो आन्दोलनले इरानको तेल क्षेत्रमा ठुलो झट्का दियो र तेलको उत्पादन र निर्यात शुन्यमा पुग्यो । १९७८ नोबेम्बर इरानको तेल प्रशोधन उद्योगका ३७,००० कामदारले बन्द गरे र तेल उत्पादन प्रति दिन ६०लाख ब्यारेलबाट १५ लाख ब्यारेलमा पिग्यो । [३] विदेशी कामदारहरु देश छाडेर भागे ।[४]

असरसम्पादन

अन्य ओपेक राष्ट्रसम्पादन

 
Fluctuations of OPEC net oil export revenues since 1972[५][६]

तेलको मुल्यमा वृद्धि अन्य ओपेक सदस्य राष्ट्रहरूलाई फाइदा पुग्यो र कीर्तिमानी नाफा बनाए । जब इरानको नयाँ सरकारले जब आफ्नो उतपादन र निर्यात सुचारु गर्यो तेलको मुल्यमा उतारचढाव आयो । साउदी अरब र अन्य ओपेक राष्ट्रले आफ्नो उत्पादन ४ % ले बढाए ।[७]

अमेरिकासम्पादन

 
पेट्रोल पम्पमा लागेको लाइन मेरिल्याण्ड, अमेरिका, जुन १५ १९७९

तेल सङ्कटले अमेरिकाले दोहोरो असर देखियो । अमेरिकाको कुनै भागमा तेलोको उत्पादन हुन्थ्यो बने कुनै भागमा तेल खपत हुन्थ्यो । रास्ट्रपति रिचार्ड निक्सनले आन्तरिक तेल नियन्त्रणको नीति ल्याए ।

अन्य तेल आयातकर्ता राष्ट्रसम्पादन

१९७० को दशकमा तेल सङ्कट देखा परे पछि , औद्योगिक राष्ट्रले ओपेकको तेलमा निर्भरता कम गर्ने पाइला चाले । विद्युतीय सामग्रीहरु तेलबाट कोइला, प्राकृतिक ग्यास , र परमाणु उर्जातिर सर्यो । [८] ओपेकको बजार हिस्सा १९७९ मा ५० % पुग्यो भने १९८५ मा २९ % मा झर्यो ।[९]


यो पनि हेर्नुहोलासम्पादन


सन्दर्भसम्पादन

  1. "Monthly Energy Review", U.S. Energy Information Administration, नोभेम्बर २०१५। 
  2. "1970s: Education", National Association of Convenience Stores। 
  3. "Another Crisis for the Shah", Time, १९७८-११-१३, अन्तिम पहुँच २००९-१२-०५ 
  4. "1979: Shah of Iran flees into exile", BBC, १९७९-०१-१६, २९ अक्टोबर २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "OPEC Revenues Fact Sheet", US Energy Information Administration, जनवरी १०, २००६, मूलबाट जनवरी ७, २००८-मा सङ्ग्रहित।  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "OPEC Revenues Fact Sheet", U.S. Energy Information Administration, जुन १४, २०१६, अन्तिम पहुँच अगस्ट २५, २०१६ 
  7. "Oil Squeeze", Time, १९७९-०२-०५, ७ मार्च २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8.   |title= रितो (सहायता)|title= অনুপস্থিত বা খালি (सहायता)
  9.   |title= रितो (सहायता)|title= অনুপস্থিত বা খালি (सहायता)