सूर्यग्रहण

सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वीसूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्दछ ।

पूर्ण सूर्यग्रहण
चन्द्रमाले जब सूर्यलाई पूर्ण रूपले छेकिदिन्छ भने उसलाई खग्रास सूर्यग्रहण (पूर्ण सूर्यग्रहण) भनिन्छ जस्तै १९९९ को सूर्यग्रहणमा देखिएको थियो। यसको अन्तिम छेउ (रातो रंगमा)मा सौर्य ज्वाला अथवा विस्तृत कोरोना तन्तु देख्न सकिन्छ ।
वलयाकार सूर्यग्रहणखण्डग्रास सूर्यग्रहण
खग्रास सूर्यग्रहण (बायाँ) तब देखिन्छ जब चन्द्रमा सूर्यलाई पूरै एक साथ छेक्दछ (जस्तै २० मे २०१२ को सूर्यग्रहणमा) खण्डग्रास सूर्यग्रहण लागेको बेलामा चन्द्रमाले सूर्यको कुनै एक भाग छेकेको हुन्छ (२३ अक्टोबर २०१४ को सूर्यग्रहण)।

पूर्ण ग्रहणसम्पादन

धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम दुई सय पचास (२५०) किलोमीटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्डग्रास-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसबखत केही आकाशमा केही समयको अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै भान हुन्छ ।

ज्योतिष विज्ञानका दृष्टिले सूर्यग्रहणसम्पादन

ग्रहण प्रकृतिको एक सामान्य घटना हो । ज्योतिषका दृष्टिकोणले हेर्ने हो भने अभूतपूर्व, विशिष्ट ज्योतिष ज्ञान, ग्रह र उपग्रहरूको गतिविधि एवं उनीहरूको स्वरूप स्पष्ट गर्दछ । सूर्यग्रहण (सूर्योपराग) सूर्य आंशिक अथवा पूर्ण रूपले चन्द्रमाद्वारा आवृत (व्यवधान / बाधा) भएको बेला पर्दछ । यस प्रकारका ग्रहणको लागि चन्द्रमालाई पृथ्वी र सूर्यको बीचमा आउनु आवश्यक छ । यसमा पृथ्वीमा रहनेहरूलाई सूर्यको आवृत भाग देखिन्न ।

  • सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ ।
  1. अमावस्या तिथी हुनु पर्छ।
  2. चन्दमाको रेखांश राहू या केतुको नजिकै हुनु पर्छ ।
  3. चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।[१]

उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुव जोड्ने रेखाहरूलाई रेखांश भनिन्छ तथा भूमध्य रेखाका चारै तर्फ वृतआाकारमा जाने रेखाहरूलाई अंक्षाशका नामले चिनिन्छ । सूर्यग्रहण सदैव अमावस्यामा नै हुन्छ । जब चन्द्रमा क्षीणतम हुन्छ र सूर्य पूर्ण क्षमता सम्पन्न तथा दीप्त हुन्छ साथै चन्द्र र राहू या केतुको रेखांश निकै निकट हुन्छ, चन्द्रको अक्षांश लगभग शून्य हुन्छ भने तब सूर्यग्रहण पर्दछ । यस्तो त्यसबेला हुन्छ जब चन्द्र रविमार्गमा या रविमार्गको निकट हुन्छ , सूर्यग्रहणका दिन सूर्य र चन्द्रका कोणीय व्यास एक समान हुन्छन् । यस कारण चन्द्र सूर्यलाई केही मिनट मात्रको लागि भए पनि आफ्नो छायाले ढाक्न सक्छ । सूर्यग्रहणका समय जुन क्षेत्र छेकिन्छ त्यसलाई पूर्ण छायाँ क्षेत्र भनिन्छ ।

प्रकारसम्पादन

चन्द्रमाद्वारा सूर्यका किरणहरू पूरै या कम भागलाई छेकिनाले सूर्यग्रहण तीन प्रकारका हुन्छन् जसलाई पूर्ण सूर्यग्रहण, आंशिक सूर्यग्रहण र वलयाकार सूर्यग्रहण भनिन्छ ।

१. पूर्ण सूर्यग्रहण

पूर्ण सूर्यग्रहण त्यो समयमा हुन्छ जब चन्द्रमा पृथ्वीको निकै नजिक भएर पृथ्वी र सूर्यका बीचमा आउँछ र चन्द्रमाले पूर्ण रूपले पृ्थ्वीलाई आफ्नो छायाँ क्षेत्रमा लिन्छ । यसको फलस्वरूप सूर्यको प्रकाश पृ्थ्वी सम्म पुग्न सक्दैन र पृ्थ्वीमा अन्धकार जस्तो स्थिति उत्पन्न हुन जान्छ । पृथ्वीमा पूरा सूर्य देखिन्न । यस प्रकार बन्ने ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ ।

२. आंशिक सूर्यग्रहण

आंशिक सूर्यग्रहणमा जब चन्द्रमा सूर्य र पृथ्वीका बीचमा यस प्रकार आउँछ कि सूर्यको केही भाग मात्र पृथ्वीबाट देखिन्न अर्थात चन्द्रमा, सूर्यको केवल केही भागलाई मात्र आफ्नो छायामा लिन सक्छ । यसबाट सूर्यको केही भाग ग्रहण ग्रासमा तथा केही भाग ग्रहणबाट अप्रभावित रहन्छ भने पृथ्वीको उस भाग विशेषमा लागेको ग्रहणलाई आंशिक सूर्यग्रहण भनिन्छ ।

३. वलयाकार सूर्यग्रहण

वलयाकार सूर्यग्रहणमा जब चन्द्रमा पृथ्वीको धेरै टाढा रहेर पृथ्वी र सूर्यको बीचमा आउँछ अर्थात चन्द्रमाले सूर्यलाई यस प्रकारले छेक्दछ कि सूर्यको मध्य भाग मात्र छाया क्षेत्रमा आउँदछ र पृथ्वीबाट हेर्दा चन्द्रमा द्वारा सूर्य पूरा छेकिएको देखिन्न बरु सूर्यको बाहिरको क्षेत्र प्रकाशित हुनाले कन्गन या वलयको रूपमा चम्किने देखिन्छ । कन्गन आकारमा बनेको सूर्यग्रहणलाई नै वलयाकार सूर्यग्रहण भनिन्छ ।

खगोल शास्त्रीहरूको गणनासम्पादन

खगोल शास्त्रिहरूले गणितबाट के निश्चित गरेका छन् भने १८ वर्ष १८ दिनको समयावधिमा ४१ सूर्यग्रहण र २९ चन्द्रग्रहण हुन्छन् । एक वर्षमा ५ सूर्यग्रहण तथा २ चन्द्रग्रहण सम्म हुन सक्छन् । त तैपनि एक वर्षमा २ सूर्यग्रहण त हुनै पर्छ । यदि कुनै वर्ष २ मात्र ग्रहण भए भने ती दुवै सूर्यग्रहण हुन्छन् । यद्यपि वर्षभरमा ७ ग्रहण सम्म संभाव्य छन्, तथापि ४ भन्दा अधिक ग्रहण धेरै कम मात्रामा देख्न पाइन्छ । प्रत्येक ग्रहण १८ वर्ष ११ दिन बीतेपछी पुन: हुन्छ । तर त्यो आफ्नो पहिलेको स्थानमा हुन्छ भन्ने निश्चित छैन, किनकी सम्पात बिन्दु निरन्तर चलिरहेका छन् ।

साधारणतया सूर्यग्रहणको अपेक्षा चन्द्रग्रहण अधिक देखिन्छन्, तर साँचो कुरा के हो भने चन्द्र ग्रहण भन्दा कैयौँ अधिक सूर्यग्रहण हुन्छन् । ३ चन्द्रग्रहणमा ४ सूर्यग्रहणको अनुपात आउँछ । चन्द्रग्रहणहरू अधिक देखिनाको कारण के हो भने यिनीहरू पृ्थ्वीको आधा भन्दा अधिक भागमा देखिन्छन्, तर सूर्यग्रहण पृ्थ्वीको धेरै ठुलो भागमा प्राय सय माइल भन्दा कम चाक्लो र दुई देखी तीन हजार माइल लामो भूभागमा देखिन्छन् । उदाहरणको लागि यदि भारतको मध्य प्रदेशमा खग्रास (सम्पूर्ण सूर्य बिम्बलाई छेक्ने खालको) ग्रहण छ भने गुजरातमा खण्डग्रास सूर्यग्रहण (सूर्य बिम्बका केही अंशलाई मात्र छेक्ने) मात्र दिखिन्छ भने उत्तर भारतनेपालमा त त्यो देखिंदै दिखिन्न ।

वैज्ञानिक दृष्टिकोणमा सूर्यग्रहणसम्पादन

चाहे ग्रहणको कुनै आध्यात्मिक महत्त्व होस् अथवा न होस् तर विश्व भरीका वैज्ञानिकहरूका लागि यो अवसर कुनै उत्सव भन्दा कम हुँदैन । किन भने ग्रहण नै त्यस्तो समय हुन्छ जब ब्राह्मण्डमा अनेकौँ विलक्षण एवं अद्भुत घटनाहरू घटित हुन्छन् जसबाट वैज्ञानिकहरूलाई नयाँ नयाँ तथ्यहरूमा कार्य गर्ने अवसर मिल्दछ । सन् १९६८ मा लार्कयर नामक वैज्ञानिकले सूर्यग्रहणको अवसरमा गरिएको खोजका सहाराले वायू मण्डलमा हिलियम ग्याँसको उपस्थितिको पत्ता लगाएका थिए । आईन्स्टीनको यो प्रतिपादन पनि सूर्यग्रहणको अवसरमा नै प्रमाणित हुन सक्यो, जसमा उनले अन्य पिण्डहरूको गुरुत्वकर्षणबाट प्रकाश पर्ने कुरा भनेका थिए । चन्द्रग्रहण त आफ्नो सम्पूर्ण तत्कालीन प्रकाश क्षेत्रमा हेर्न सकिन्छ तर सूर्यग्रहण अधिकतम १० हजार किलोमीटर लामो र २५० किलोमीटर चाक्लो क्षेत्रमा मात्र हेर्न सकिन्छ । सम्पूर्ण सूर्यग्रहणको वास्तविक अवधि धेरै भन्दा धेरै ११ मिनट मात्र हुन सक्छ त्यो भन्दा धेरै हुन्न । संसारका समस्त पदार्थहरूको संरचना सूर्य रश्मिको माध्यमबाट नै सम्भव छ । यदि सही प्रकारले सूर्य र उसका रश्मिहरूको प्रभावलाई बुझ्ने हो भने समस्त धरामा आश्चर्यजनक परिणाम ल्याउन सकिन्छ । सूर्यका प्रत्येक रश्मिले विशेष अणुको प्रतिनिधित्व गर्दछन् । स्पष्टै छ, प्रत्येक पदार्थ कुनै विशेष परमाणुबाट नै निर्मित हुन्छ । यदि सूर्यका रश्मिहरूलाई सङ्कलन गरेर एक विशेष बिन्दुमा केन्द्रित गर्ने हो भने पदार्थ परिवर्तनको क्रिया पनि सम्भव हुन सक्छ ।

वैदिक काल र सूर्यग्रहणसम्पादन

वैदिक काल भन्दा पहिले पनि खगोलीय संरचनामा आधारित कलैन्डर बनाउनाको आवश्कता अनुभव गरियो । सूर्यग्रहण चन्द्र ग्रहण तथा उनको पुनरावृत्तिको पूर्व सूचना ईसा भन्दा चार हजार वर्ष पहिले नै उपलब्ध थियो । ऋग्वेदका अनुसार अत्रिमुनिका परिवारसँग यो ज्ञान उपलब्ध थियो । वेदाङ्ग ज्योतिषको महत्त्व हाम्रा वैदिक पूर्वजहरूको यस महान ज्ञानलाई प्रतिविम्बित गर्दछ ।

ग्रह र नक्षत्रहरूका संसारको यो घटना हिन्दू मनीषिहरूलाई अत्यन्त प्राचीन कालबाट नै ज्ञात रहेको छ । चिर प्राचीन कालमा महर्षिहरूले गणना गरेका थिए । यसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थहरूमा हुँदै आएको छ महर्षि अत्रिमुनि ग्रहणका ज्ञान दिने प्रथम आचार्य थिए । ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक कालबाट ग्रहणमा अध्ययन, मनन र परीक्षण हुँदै आएको छ ।

सूर्यग्रहणको सम्बन्धमा ऋषि-मुनियहरूका कथनसम्पादन

ऋषि-मुनिहरूले सूर्यग्रहण लागेको समयमा भोजन गर्न न हुने भनेका छन्, किन भने उनको मान्यता अनुसार ग्रहणको समयमा कीटाणुहरू बहुल्यताले फैलिन्छन् । खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् । यसैले ऋषिहरूले भाँडाहरूमा कुश राख्नु पर्छ भनेका छन्, यसो गर्दा सबै कीटाणुहरू कुशमा एकत्रित हुन्छन् र उनलाई ग्रहण पछि फाल्न सकिन्छ । भाँडहरूमा अग्नि हालेकर पवित्र बनाइन्छ यसो गर्नाले कीटाणु मर्छन् । ग्रहण पछि स्नान गर्नाको विधान बनाइएको छ स्नान गर्नेबेला शरीर भित्र ऊष्माको प्रवाह बढेर, भीत्र-बाहिरका कीटाणुहरू नष्ट हुन्छन् ।


पुराणहरूको मान्यता अनुसार राहु चन्द्रमालाई तथा केतु सूर्यलाई ग्रस्दछ । यि दुवै छायाँका सन्तान हुन् । चन्द्रमा र सूर्यको छाँयाका साथ-साथै जान्छन् । चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्यग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर पर्दछ । गर्भवती स्त्रीलाई सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसका दुष्प्रभावले शिशु अङ्गहीन भएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ । यसको लागि गर्भवतीको उदर भागमा गोबरतुलसीको लेप लगाइन्छ, यसो गर्नाले राहु-केतु उसलाई स्पर्श गर्दैनन् । ग्रहणको समयमा गर्भवती महिलालाई कुनै पनि चिज कैँची या चक्कुले काट्न रोकिन्छ र कुनै वस्त्रादि सिउनबाट पनि रोकिन्छ । किन भने यस्तो गर्नाले शिशुका अङ्गहरू या त काटिन्छन् या सिल एक अर्कोमा जोडिन्छन् भन्ने मान्यता छ ।

ग्रहण लाग्नु भन्दा पहिले नदी वा घरमा उपलब्ध जलले स्नान गरेर भगवानको पूजन, यज्ञ, जप गर्नु पर्छ। भजन-कीर्तन गरेर ग्रहणको समयलाई सदुपयोग गर्नुपर्छ । ग्रहणको समयमा कुनै कार्य न गर्नु । ग्रहणको समयमा मन्त्रको जप गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ । ग्रहणको अवधिमा तेल लगाउनु, भोजन गर्नु, जल पिउनु, मल-मूत्र त्याग गर्नु, कपाल कोर्नु, रति-क्रीडा गर्नु, दाँत माँझ्नु वर्जित गरिएको छ । केही मान्छेहरू ग्रहणको समयमा पनि स्नान गर्दछन् । ग्रहण समाप्त भए पछि स्नान गरेर ब्राह्मणलाई दान दिने विधान छ । कतै-कतै वस्त्र, भाँडा आदी धुने नियम पनि छ । पुरानो पानी, पुरानो अन्न नष्ट गरेर नयाँ भोजन पकाउनु पर्छ । ताजा पानी भरेर पिउनु पर्छ । ग्रहण पछि शुद्रलाई दान दिनाको अधिक माहात्म्य बताइएको छ, किनकी शुद्रलाई राहु-केतुको स्वरूप मानिन्छ ।

सूर्यग्रहणमा ग्रहण भन्दा चार प्रहर पहिले र चन्द्र ग्रहणमा तीन प्रहर पहिले भोजन गर्न हुन्न। वृद्ध बालक र रोगी एक प्रहर पहिले सम्म खान सक्छन् ग्रहण पूरा भए पछि सूर्य वा चन्द्र, जसको ग्रहण होस्, ग्रहणका दिन पात, सिनका, दाउरा और फूल बटुल्न हुन्न । कपाल तथा वस्त्र निचोर्नु हुन्न र दन्त धावन गर्नु हुन्न । ग्रहणको समयमा ताल्चा खोल्न, सुत्न, मल मूत्र त्याग गर्नु, मैथुन गर्न र भोजन गर्न - यि सबै कार्य वर्जित छन् । ग्रहणको समयमा मनमा सत्पात्रलाई उद्देश्य गरेर जलमा जल हाल्नु पर्छ । यस्तो गर्नाले दिनेलाई उसको फल प्राप्त हुन्छ र लिनेलाई उसको दोष पनि लाग्दैन । ग्रहणको समयमा गाईलाई घाँस, पक्षिहरूलाई अन्न, जरुरतमन्दहरूलाई वस्त्र दानले अनेक गुणा पुण्य प्राप्त हुन्छ । देवी भागवतमा भूकम्प एवं ग्रहणको अवसरमा पृथ्वीलाई खनन गर्नु हुन्न भनिएको छ । [२]

यो पनि हेर्नुहोस्सम्पादन

ढाँचा:खगोल विज्ञान

सन्दर्भसम्पादन

  1. "सूर्यग्रहण कब, क्यों और कैसे ?" (ए.एस.पी) (हिन्दीमा), सूर्यग्रहण। 
  2. "ग्रहण विधि निषेध" (एच.टी.एम.एल) (हिन्दीमा), ज्योतिष की सार्थकता। 

बाह्य लिङ्कहरूसम्पादन