कुश
कुश एक प्रकारको धारिलो घाँसे वनस्पति हो। यसको धार्मिक र आयुर्वेदिक महत्त्व पनि छ । हिन्दू धर्मावलम्बीका लागि कुश विभिन्न धार्मिक संस्कार एवं कर्मकाण्डमा अनिवार्य र पवित्र वस्तु मानिन्छ। बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको दिनलाई मृत पिताप्रति सम्झना प्रकट गर्ने र आ–आफ्नो घरघरमा ब्राह्मणद्वारा कुश ल्याउने महत्त्वपूर्ण पर्वको रूपमा चिनिन्छ।[५] तराईदेखि पहाडसम्म पाइने यस वनस्पतिका पात र जरा विविध उपचारका लागि आयुर्वेदिक औषधि र सौन्दर्य प्रशाधनमा प्रयोग गरिन्छ।[६] कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ।[७] तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नुपर्छ । पहिले-पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) बटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।
कुश | |
---|---|
प्रयोगका लागि तयार पारिएको कुश | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | D. bipinnata
|
वैज्ञानिक नाम | |
Desmostachya bipinnata (L.) Stapf[१] | |
पर्याय[२][३][४] | |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Desmostachya bipinnata was published in W. T. Thiselton-Dyer's Flora Capensis; being a systematic description of the plants of the Cape Colony, Caffraria, & port Natal. London 7(4): 632. 1900 "Plant Name Details for Desmostachya bipinnata", IPNI, अन्तिम पहुँच जुन १५, २०११।
- ↑ GRIN (अगस्ट ३१, २०००), "Desmostachya bipinnata information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच जुन १५, २०११।
- ↑ Uniola bipinnata, the basionym for D. bipinnata, was originally described and published in Species Plantarum ed. 2, 1:104. 1762 GRIN (अगस्ट ३१, २०००), "Uniola bipinnata information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच जुन १५, २०११।
- ↑ "Desmostachya bipinnata", Flora of Pakistan, eFloras, अन्तिम पहुँच ८ फेब्रुअरी २०११।
- ↑ https://annapurnapost.com/news/kush-in-religious-work-211460
- ↑ https://nagariknews.nagariknetwork.com/opinion/198005-1575861240.html?click_from=category
- ↑ https://www.onlinekhabar.com/2019/08/792224