ब्रह्म पुराणहरूसम्पादन

  1. ब्रह्म पुराण
  2. ब्रह्माण्ड पुराण
  3. ब्रह्मवैवर्त पुराण
  4. मार्कण्डेय पुराण
  5. भविष्य पुराण

विष्णु पुराणहरूसम्पादन

  1. विष्णु पुराण
  2. श्रीमद्भागवत् पुराण
  3. नारदेय पुराण
  4. गरुड पुराण
  5. पद्म पुराण
  6. अग्नि पुराण

शिव पुराणहरूसम्पादन

  1. शिव पुराण
  2. लिङ्ग पुराण
  3. स्कन्द पुराण
  4. वायु पुराण

महापुराणहरूसम्पादन

पुराणहरूको नाम श्लोक संख्या टिप्पणी
अग्नि पुराण १५,१२३ श्लोकहरू अग्निलाई मूल प्रतिपाद्य विषय बनाइएको यस पुराणमा शिवस्वरूपको विशेष वर्णन गरिएको पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निका सम्बन्धमा पनि यसमा चर्चा गरिएको पाइन्छ । यसमा रहेको व्यापक दृष्टि र ज्ञान भण्डारका कारण यस पुराणको आफ्नै किसिमको विशेष महत्त्व रहेको छ । यसमा विशेषतः दशावतार, सृष्टि, मन्त्रशास्त्र, वास्तुशास्त्र, भूगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, अलङ्रकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरू अन्तर्वस्तुका रूपमा आएका छन् । यसको पारायण ५/६ दिनमा गर्ने विधान छ । [१]
भागवत् पुराण १८,००० श्लोकहरू यो पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसको प्रमुख वर्ण्य विषय भक्तियोग हो । यो अन्य सबै पुराणको निचोड हो । यसलाई पूर्वीय वाङ्मयको मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक वेदव्यास हुन् । यसका वक्ता बालयोगी शुकदेव स्वामी हुन् भने श्रोता परीक्षित हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथम स्कन्धमा भक्ति, ज्ञान, वैराग्यको वर्णन; द्वितीय स्कन्धमा ब्रह्माण्डको उत्पत्ति; तृतीय स्कन्धमा उद्धवद्वारा श्रीकृष्णका बाल चरित्रको अध्ययन; चतुर्थ स्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चम स्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको स्थिति; षष्ठ स्कन्धमा देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा; सप्तम स्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादको कथा; अष्टम स्कन्धमा गजेन्द्रमोक्ष, मन्वन्तर र वामन अवतारको कथा; नवम स्कन्धमा राजवंश वर्णन र श्रीराम कथा; दशम स्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादश स्कन्धमा यदुवंश संहार वर्णन एवं अध्यात्म दर्शन र द्वादश स्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूको वर्णन गरिएको पाइन्छ ।[१] यसको अनुष्ठान-समय सात दिन हो यसलाई सप्ताह भनिन्छ । [२] भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएको यस पुराणलाईभक्ति आन्दोलनको संज्ञा दिन पनि सकिन्छ ।[३]
भविष्य पुराण १४,५०० श्लोकहरू यसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलाई वातावरणीय पुराण भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । [१]
ब्रह्म पुराण १०,००० श्लोकहरू सृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यस पुराणको मूल विषय हो । यस पुराणमा पृथु राजाको चरित्र, सूर्य एवं चन्द्रवंश वर्णन, श्रीकृष्ण चरित्र, चिरञ्जीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको सुन्दर चित्रण गरिएको छ । यस पुराणमा ब्रह्मलाई सर्वेपरि मानिएको छ । यसको अनुष्ठान ५ या ७ दिनमा गर्ने प्रावधान छ । [४][२]
ब्रह्माण्ड पुराण १२,१०० श्लोकहरू यसको प्रतिपाद्य मूल विषय विश्व ब्रह्माण्डको सृष्टिक्रम वर्णन गर्नु रहेको छ । यसको अनुष्ठान समय ५ या ७ दिन रहेको बताइएको छ ।[१] ललित सहस्रनाम यसमा छ ।
ब्रह्मवैवर्त पुराण १८,००० श्लोकहरू ब्रह्म उत्पत्ति, स्थिति एवं प्रलय प्रतिपादनका साथै ब्रह्मले अवतार लिएका विशेष क्षेत्रहरूको वर्णन र मानव कल्याण यसको मूल प्रतिपाद्य विषय रहेको पाइन्छ । ७ या ९ दिनमा यसको अनुष्ठान गर्ने विधान छ । [१]
गरुड पुराण १९,००० श्लोकहरू यस पुराणमा गरुड श्रोताका रूपमा र नारायण वक्ताका रूपमा रहेका छन् । सर्ग वर्णन, देवार्चन, तीर्थ वर्णन, भुवन वृत्तान्त, मन्वन्तर, वर्णधर्म, मृत्यु वर्णन, स्वास्थ्य विज्ञान, अष्टाङ्ग योग,आयुर्वेद, विविध शास्त्र, वेदाङ्ग आदिका बारेमा विषद व्याख्या गरिएको यस पुराणको अनुष्ठान ७ या ९ दिनमा पूर्ण गर्ने विधान छ ।
हरिवंश पुराण १६,००० श्लोकहरू इतिहासको रूपमा मानिएको यो पुराण १८ महापुराण भित्र पर्दैन । यो १८ आैपपुराणभित्र पर्दछ । सन्तानको इच्छा गर्ने व्यक्तिहरूले यसको अनुष्ठान गर्छन् । यसमा विशेष गरी हरिको वंशवर्णन गरिएको छ ।
कूर्म पुराण १७,००० श्लोकहरू
लिङ्ग पुराण ११,००० श्लोकहरू
मार्कण्डेय पुराण ९,००० श्लोकहरू देवी महात्म्यम्, शक्तिको वर्णन
मत्स्य पुराण १४,००० श्लोकहरू उदाहरण
नारद पुराण २५,००० श्लोकहरू उदाहरण
पद्म पुराण ५५,००० श्लोकहरू उदाहरण
शिव पुराण २४००० श्लोकहरू उदाहरण
स्कन्द पुराण ८१,१०० श्लोकहरू सबैभन्दा लामो
वामन पुराण १०,००० श्लोकहरू सबै पुराण
वराह पुराण १०,००० श्लोकहरू
वायु पुराण २४,००० श्लोकहरू
विष्णु पुराण २३,००० श्लोकहरू

सन्दर्भसम्पादन

  1. १.० १.१ १.२ १.३ गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि.
  2. Script error: The function "harvard_citation_no_bracket" does not exist., column 3, under the entry Bhagavata.
  3. Script error: The function "harvard_citation_no_bracket" does not exist.
  4. गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि.