सुन्दरीजल
सुन्दरीजल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५५२ रहेको थियो जसमध्ये १२५२ पुरुष र १३०० महिला रहेका थिए भने यहाँ ५४७ घरधुरी रहेको थियो।[१][२] यो हाल गोकर्णेश्वर नगरपालिकामा पर्दछ।
सुन्दरीजल | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°४५′०″उ॰ ८५°२५′४८″पू॰ / २७.७५०००°N ८५.४३०००°Eनिर्देशाङ्कहरू: २७°४५′०″उ॰ ८५°२५′४८″पू॰ / २७.७५०००°N ८५.४३०००°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,५५२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रूपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको यस गाविस काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।
विकास संरचना
सम्पादन गर्नुहोस्यस सुन्दरीजल गाविसमा नेपालको दोस्रो जलविद्युत गृह सुन्दरीजल जलविद्युत गृह पनि अवस्थित छ । ६४० किलोवाट क्षेमता भएको यस जलविद्युत गृहको निर्माण वि.सं. १९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले गरेका थिए ।
काठमाण्डौ उपत्यकामा रहेको पिउने पानीको अत्याधिक अभाव र सो अभाव पूर्तीको लागि ल्याउने भनिएको मेलम्ची खानेपानी आयोजनाको प्रमुख द्वार पनि यसै गाविसमा पर्दछ । सुरुङ्गमार्ग द्वारा सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाण्डौको सुन्दरीजलसम्म पानी ल्याउने भनिएको सो आयोजनाको दूरी करिब २७.६ व.कि.मी रहेको छ । जसमध्ये ६ व.कि.मी सुन्दरीजलबाटै निर्माण गरिदै छ भने बाँकी २१.६ व.कि.मी सुरुङ्गमार्ग सिन्धुपाल्चोक लगायत अन्य विभिन्न स्थानबाट निर्माण गरिदै छ ।
धरातलीय, भौगोलिक एवं राजनीतिक अवस्थिति
सम्पादन गर्नुहोस्सुन्दरीजल गाविस राजधानी काठमाण्डौबाट करिब ९+ कि. मि उत्तर तर्फको दुरीमा अवस्थित छ । यस गाविसको पश्चिममा नयाँपाटि र बालुवा गाविसहरू अवस्थित छन् भने पूर्वमा गागलफेदी र आलापोट गाविसहरू अवस्थित छन् । यसका साथ–साथै यस गाविसको उत्तरी सिमानातर्फ शिवपुरी राष्ट्रिय निकुञ्जले नुवाकोट र सिन्धुपाल्चोक जिल्ला समेत छोएको छ । सुन्दरीजल गाविसले सरदर ५.२८ व. कि. मि भु–भाग ओगटेको छ भने स्यालमती र नागमती नदिको संगममा रहेको प्रसिद्ध नदि बागमतीको मूल द्धार समेत यसै स्थानमा रहेको छ ।
आर्थिक पक्ष
सम्पादन गर्नुहोस्विभिन्न प्राकृतिक भू–बनावटका कारण यस सुन्दरीजल गाविसको वडा नं ८ मा मात्र विशेष गरी धान, गहुँ, मकै, कोदो, आलु, केराउ लगाएतका उब्जाउ खेती गरिन्छ भने माथिल्लो भू–भागमा अवस्थित वडाहरूमा मकै, कोदो, मास, भटमास, बेसार, अंरिसो आदिको खेती गरिन्छ । सुन्दरीजल गाविसमा कृषि प्रयोजनका लागि सिमित स्थानमा मात्र आधुनिक स्रोत साधनको प्रयोग गरेको पाईन्छ ।
पर्यटन व्यवसायलाई सुन्दरीजल गाविसको प्रमुख व्यवसायको रूपमा लिईन्छ । विभिन्न प्राकृतिक हराभराको संगम स्थलका साथै सबै धर्म र जातीको परमपरागत कला तथा संस्कृति नै यस सुन्दरीजल गाविसको पर्यटक भित्राउने प्रमुख आर्कषणको पक्ष रहि आएको छ । विशेष गरी यस सुन्दरीजल गाविसको शिवपुरी निकुञ्ज क्षेत्रमा रहेको नदि, नाला, ठूला चट्टान र त्यस चट्टान हुँदै बग्ने छहरा तथा झरनाहरु पनि स्वदेशी तथा विदेशी पर्यटक आर्कषण गर्ने उत्कृष्ट नमुना हुन् । बार्षिक हजारै स्वदेशी तथा विदेशी पर्यटक भित्राउने यस सुन्दरीजल गाविसमा हरेक हप्ताको अन्तिममा घुम्न आउने स्थानीय क्षेत्रका युवा र युवतीको घुईचोले पनि सुन्दरीजल गाविसको पर्या–पर्यटनमा टेवा पु¥याउदै आएको छ । काठमाण्डौको धुला–धुवाँ र कामको व्यस्ततालाई विर्सेर साथिभाई तथा परिवारका साथ केही क्षणको लागि भएपनि गाँउको हावापानी तथा गाउँले परिभेषको अनुभूति गर्नको लागि पनि एक उत्कृष्ट नमुना बन्दै आएको छ यस सुन्दरीजल गाविस । सुन्दरीजलमा रहेको स्वच्छ हावापानी र रमणीय स्थलका साथसाथै यस स्थानमा रहेको ठूला–ठूला चट्टानले पनि यस क्षेत्रको आर्कषण बढाएको छ । रक क्लाईम्बिङ जस्ता सहासीक खेलको अनुभूती प्राप्त गर्न सकिने यहाँका चट्टानले स्वदेशी तथा विदेशी पर्यटकको मन जित्न सफल भएको छ । यसका साथसाथै सुन्दरीजल देखी चिसापानी सम्मको २२ व. कि. मि दुरीको पदयात्रा मार्ग पनि सुन्दरीजललाई चिनाउने मुख्य आर्कषणको विषय बन्दै आएको छ ।
धार्मिक स्थल
सम्पादन गर्नुहोस्सुन्दरीजल प्रवेश गर्ने प्रमुख नाका सुन्दरीजल बसपार्कबाट मात्र केही मिटरको दुरीमा कृष्ण मन्दिर र गणेश मन्दिर अवस्थित छ । यसैगरी यस गाविसको चिनारी बन्दै आएको सुन्दरीमाई मन्दिर सुन्दरीजल बसपार्कबाट निकुञ्जको मार्ग हुदैँ केही कि. मि दुरीमै अवस्थित छ । हिन्दु नेपालीहरूको महान चाड दशैँको ९ दिनसम्म नै यस मन्दिरमा दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्दछ । यसका साथै यस गाविसमा निर्मित स्तुपा, बौद्ध धर्मसम्बन्धि पाठशालाले पनि धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । सुन्दरीजलमा हरेक वर्षको साउन महिनाको प्रत्येक सोमबार बोल–बम मेला मनाईने गर्दछ । हिन्दु धर्मावलम्बीहरूको आस्थाका प्रतिक भगवान शिवको उपासना गरिने यस मेलामा हजारौँ संख्यामा हिन्दु धर्मावलम्बीहरूको सहभागीता हुने गर्दछ । विशेष गरी नेपालको तराई क्षेत्रबाट लाखौँका संख्यामा हिन्दु धर्मावलम्बीहरु सुन्दरीजलमा मेला भर्न आउने गर्दछन् । यस मेलामा सुन्दरीमाई मन्दिर क्षेत्रबाट लोटामा जल भरी नाङ्गो खुट्टा पैदल नै पशुपति मन्दिर परिसर सम्मको यात्रा गरी जल चढाईन्छ । यसका साथै प्रत्येक वर्ष दशहरा पर्वमा दशहरा स्नानका लागि पनि यहाँका नदिमा हिन्दु धर्मावलम्बीहरूको ठूलो घुँईचो लाग्ने गर्दछ ।
वन ,वन्यजन्तु तथा पंक्षी
सम्पादन गर्नुहोस्सुन्दरीजलमा विशेषगरी खोटे/रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदिको रुख लगायत १२५० प्रजातिका वनस्पति पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस गाविसको वनक्षेत्रमा १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छ । यस सुन्दरीजल गाविसमा ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग, बदेल जस्ता वन्यजन्तुको समेत बसोवास रहेको पाईन्छ । यस सुन्दरीजल गाविसमा करिब २५० प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस सुन्दरीजल गाविसमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पनि पाईन्छन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति